रुपन्देहीमा थारु महिला सभा गठन

Tharu Mahila Sava, Rupndehiबुटवल- थारु कल्याणकारिणी सभाको भातृसंगठन थारु महिला सभा रुपन्देहीको भलवारीमा गठन भएको छ। चम्पा थारुको सभापतित्वमा थारु महिला सभा गठन भएको हो। जसको उपसभापति रमा चौधरी, सचिवमा सरिता चौधरी थारु, सहसचिवमा रिमा चौधरी, कोषाध्यक्ष धनमन्त्री चौधरी र सदस्यहरुमा अनुकुमा चौधरी, कमला चौधरी, राधा चौधरीलगायत छन्। थारु कल्याणकारिणी सभा रुपन्देहीका उपसभापति रामवली चौधरीको अध्यक्षतामा भएको भेलाले समिति गठन भएको हो।  Continue reading “रुपन्देहीमा थारु महिला सभा गठन”

सगरमाथामा गुगलको निम्तो

Mt Everestसर्च इन्जिनबाट अनलाइनमा विश्वकै पहिलो स्थानमा रहेको गुगलले तपाईंलाई सगरमाथा घुम्न निम्त्याएको छ। पछिल्ला समयमा गुगलम्यापबाट स्ट्रिट भ्यूको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै गुगलले आफ्नो म्यापलाई सगरमाथाको उचाइसम्मै पुर्‍याएको छ। अर्थात्, सगरमाथाको भर्चुअल यात्रामा तपाईंलाई स्वागत छ। गुगलको यो सफलताले उसलाई साँच्चै सगरमाथाको उचाइमा पुर्‍याउला त? भर्चुअल रूपमा पुगे पनि यसको लोकप्रियता भने के होला, हेर्न बाँकी छ।  Continue reading “सगरमाथामा गुगलको निम्तो”

ग्यालेक्सी एस ४ को धमाका

JK Shinसामसुङको नयाँ र्स्माटफोन ग्यालेक्सी एस ४ अहिले चर्चामा रहेको छ। गएको साता न्युयोर्कमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यो मोबाइल बजारमा आइसकेको भने छैन। त्यसैले यसको मूल्य तोकिएको छैन। विश्वका एक सय ५५ देशमा यो मोबाइल आउँदो अप्रिल महिनादेखि बजारमा किन्न पाइनेछ।  Continue reading “ग्यालेक्सी एस ४ को धमाका”

याकुबलाई मृत्युदन्ड, २७ लाई जन्म कैद

Sanjay Duttमुम्बई, (एजेन्सी)– भारतको सुप्रिम कोर्टले सन् १९९३ मा मुम्बईमा भएका सृंखलाबद्ध बम विस्फोट मुद्दाको बिहीबार फैसला सुनाएको छ। कोर्टले विस्फोटका मुख्य योजनाकार याकुब मेननको मृत्युदन्डको सजायलाई सदर गरेको छ। याकुबले मृत्युदन्ड खारेजीको माग गरेको अपिल अदालतले खारेज गरेको छ। Continue reading “याकुबलाई मृत्युदन्ड, २७ लाई जन्म कैद”

अख्तियार प्रमुखमा कार्कीको नियुक्ति रोक्न सर्वोच्चको अन्तरिम आदेश

Supreme-court-of-nepalकाठमाडौं- उच्चस्तरीय राजनीतिक समितिले अख्तियार प्रमुखमा लोकमान कार्कीलाई गरेको सिफारिस रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश सुशीला कार्कीको एकल इजलाशले प्रारम्भिक सुनुवाई गर्दै सो प्रक्रियालाई यथास्थितिमा राख्‍न आदेश दिएको हो। सर्वोच्चले चैत २५ गतेसम्मका लागि नियुक्तिका सबै प्रक्रिया रोक्न आदेश दिँदै २६ गते दुवै पक्षलाई बोलाएको छ। उच्चस्तरीय राजनीतिक समितिले कार्कीलाई अख्तियार प्रमुखखको रुपमा सरकारलाई सिफारिस गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो। Continue reading “अख्तियार प्रमुखमा कार्कीको नियुक्ति रोक्न सर्वोच्चको अन्तरिम आदेश”

थारु आन्दोलन र नेतृत्वको प्रश्‍न

Santosh tharuसन्तोष थारु– थारु जाति तराईको मूल आदिवासी हो भन्ने कुरमा दुई मत छैन। थारुहरु भूमिपुत्र हुन् भन्ने कुरामा पनि दुईमत छैन। तर प्रश्न उठ्छ आदिम काल देखी तराईको भूभागमा बस्दै आएका थारु जातिको भूगोल, भाषा, संस्कृती, भेषभुषा माथी कुनै एउटा अभिजात वर्गले हमला बोल्छ त्यति बेला स्वभाविक छ कि उसले प्रतिरोध गर्छ। कसैको अस्तित्व समाप्त गर्न खोज्छ भने आफ्नो बलिदान गर्न तयार हुन्छ , साच्चिकै थारु जातिको भाषा, संस्कृती, भूगोल, भेषभूषा, राजनीतिक र आर्थिक अधिकार धरापमा छ? यसको जवाफ हामी विगतको इतिहास र वर्तमानमा खोज्न जरुरी छ। Continue reading “थारु आन्दोलन र नेतृत्वको प्रश्‍न”

आदिवासी अधिवेशनको शरगर्मी, थारू, मगर र रानाथारू नेतृत्व लिने दौडमा

मुकेश टेंर्रा, धनगढी- नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को तेस्रो अधिवेशन नजिकिएसंगै कैलालीका आदिवासीहरुमा चुनावी शरगर्मी बढेको छ। आदिवासी जनजातिका विभिन्न जातीय संगठनहरुमा चैत १७ गते धनगढीमा हुने तेस्रो जिल्ला अधिवेशनमा भाग लिने विषयमा गृहकार्य तिब्र भएको हो। जातीय संगठनका नेताहरुले अधिवेशनका लागि आ–आफ्ना संगठनमा गृहकार्य तिब्र बनाउँदै प्रतिनिधि चयन र उम्मेद्वार छनौट गरिरहेका छन्। Continue reading “आदिवासी अधिवेशनको शरगर्मी, थारू, मगर र रानाथारू नेतृत्व लिने दौडमा”

बन्दैछ चुनावी माहौल

सप्तरी- प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन भएसँगै सप्तरीमा दलका नेताहरु अर्को संविधान सभाको निर्वाचनको माहौल बनाउन जुटेका छन्। नयाँ चुनावी सरकारको गठनसँगै अर्को संविधानसभाको निर्वाचन हुने निश्चित भइसकेको भन्दै विभिन्न दलका नेताहरु जनमत आफ्नो पक्षमा पार्न जुटेका हुन्। चुनावी मन्त्रिपरिषद् गठन भएसँगै सप्तरीमा ठूला तथा साना दलका सम्भावित उम्मेदवारहरु जनताको घरदैलो पुग्न थालेका छन्। Continue reading “बन्दैछ चुनावी माहौल”