चाँदनी हमाल, चितवन- पश्चिम चितवनमा पर्ने दिव्यगरको भगडी बस्ती। वर्षायाममा नजिकैको नारायणी सुसाएर गाउँ पस्ने भए पनि हिउँदमा बालीनाली लगाइन्छ। त्यहाँका बासिन्दाको दैनिकी त्यति सहज छैन। मध्याह्नको चर्को घाममा सेतो फरिया, कालो चोली अनि थारु गहनाले झकिझकाउ थरुनीहरू बस्तीको बीचमा रहेको आगनीमा नाच्दै थिए। तातो हावाको वेगमा थारु संस्कृतिको अनुपम नमुना फगुवा रंग चम्किँदै थियो। एक अर्कामा सद्भाव बाँड्दै मायाको रंग दलादल गरेर फागु मनाउँदै छन्। Continue reading “थारु गाउँमा फगुवाको रंग (फोटो फिचर)”
Author: admin
प्रियंका कार्कीको नृत्य
मिस नेपाल २०१३
इशानी बनिन् मिस नेपाल २०१३ (फोटो फिचर)
काठमाडौं- इशानी श्रेष्ठ यस वर्षको मिस नेपाल घोषित भएकी छन्। प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रमा उनले मिस नेपालको उपाधि जितेकी हुन्। ‘मिस नेपालको उपाधि आफैंमा ठूलो कुरा हो,’ उनले भनिन्, ‘खुसीसँगै समाजप्रति जिम्मेवारी थपिदिएको छ।’ थापाथलीस्थित सानीआमाको घरमा बस्दै आएकी २१ वर्षीया इशानीले १७ प्रतियोगिलाई जितेकी हुन्। Continue reading “इशानी बनिन् मिस नेपाल २०१३ (फोटो फिचर)”
ठाकुरद्वारामा स्वागत। तस्बिर : अमृत भादगाउँले
घुम्न जाऔं ठाकुरद्वारा (फोटो फिचर)
अमृत भादगाउँले (शब्द/तस्बिर)- बिहान जंगल सफारीमा जानुपर्छ। मोबाइल फोनमा अर्लाम सेट गर्नै पर्छ। तर, त्यसले निन्द्रा बिथोलिदिन्छ। निन्द्रा पुगेकै हुन्न, उठ्न हतार भइहाल्छ। त्यहाँको शान्त वातावरणमा मुड फ्रेस हुन्छ। मिठो निन्द्रा पर्छ। त्यसैले व्यस्त दैनिकी पन्छाएर हयाङ आउट हुन बर्दियाको ठाकुरद्वारा प्रकृतिको उपहारै हो। मलाई विश्वास छ, ओच्छ्यान फेरिएपछि निन्द्रा लाग्दैन भन्नेहरु पनि ठाकुरद्वारा पुगे भने मज्जाले निदाउनेछन्! ०६६ मंसिर यता म ५ पटक त्यहाँ पुगें, ४ पटक रात बिताएँ। चारै पटक भुसुक्कै निदाएँ। बिहान उठ्न गाह्रो भयो। Continue reading “घुम्न जाऔं ठाकुरद्वारा (फोटो फिचर)”
नयाँ रूपमा फेसबुक
ट्याब्लेट वा मोबाइलमा एप्स प्रयोग गरी फेसबुक चलाउनुभएको छ भने डेस्कटप वा ल्यापटपमा चलाउँदाभन्दा फरक खालको अनुभूति गर्नुभएको होला। सफा लेआउट, ठूल्ठूला तस्बिर र रुचिकर न्युजफिड! धन्दा मान्नुपर्दैन, मोबाइलबाटै प्रभावित भई फेसबुकले नयाँ लेआउट बनाइसकेको छ र केही दिनमा नै तपाईंहरू सबैले नयाँ लेआउट हेर्न पाउनुहुनेछ। गएको साता नै फेसबुकले यो नयाँ लेआउट सार्वजनिक गरिसकेको हो। तर, सबैले यो हेर्न सकिने बनाउन भने अलि समय लाग्नेछ। Continue reading “नयाँ रूपमा फेसबुक”
हात्ती आयो…फुस्सा
डी. विनोद- मलेसियाको शाहलमस्थित एक मेटल कम्पनीमा कार्यरत सुनसरीका पदम अधिकारी कम्पनीले न्यूनतम तलब बढाउने कुराले दंग थिए। नौ सय रिंगिट न्यूनतम तलब हुने भएपछि उनी फुर्किए र साथीहरूसँग आफ्ना अनुभव पनि साटे। त्यतिमात्र होइन, फोन गरेर घरपरिवारलाई पनि यो शुभ खबर सुनाए। तर, कम्पनीले तलब बढाएर अन्य सुविधा कटाएपछि अधिकारी र उनका साथीहरू हिस्स भए। ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मातजस्तो भयो,’ अधिकारीले टेलिफोनमा भने, ‘कम्पनीले सरकारलाई तिर्ने लभी चाहिँ कामदारले तिर्नुपर्ने भएपछि हामी समस्यामा परेका छौं। यो नयाँ कुरा होइन।’ Continue reading “हात्ती आयो…फुस्सा”
एन्जेला मोडलिङमै खुसी
भारतीय मोडल एन्जेला जोनसनले आफूले अझै मोडलिङमै रमाउन चाहेको बताएकी छिन्। जोनसनले सलमान खानको जोडीका रूपमा नयाँ फिल्म ‘शेर खान’बाट बलिउडमा पदार्पण गर्न लागेको चर्चा चलिरहेको बेला उनले आफू मोडलिङमै खुसी रहेको प्रतिक्रिया दिएकी हुन्। ‘अहिले म मोडलिङमै व्यस्त छु। फिल्म ‘शेर खान’बारे केही भन्न सक्दिनँ,’ उनले भनिन्, ‘अहिले त त्यो फिल्ममा काम गर्नेबारे कुराकानीमात्र सुरु भएको छ।’ कुरा मिल्यो भने ‘शेर खान’मा आफूले अभिनय गर्ने संकेत उनले गरिन्। फिल्ममा आफूले काम गर्ने पक्का भएको दिन आफैँले मिडियालाई जानकारी गराउने पनि उनले बताइन्। Continue reading “एन्जेला मोडलिङमै खुसी”
दुई खानको नाम भजाउँदै प्रियंका
बलिउडका दुई अभिनेता शाहरूख र सलमान खानले आफ्ना आउँदा फिल्ममा प्रियंका चोपडालाई लिनेछैनन्। तै पनि आफू अझै पनि यी दुई खानसँग नजिक छु भन्ने देखाउन प्रियंकाले भने हरेक पटक शाहरूख र सलमानको नाम लिने गरेकी छिन्। प्रियंकाले सुटिङका क्रममा नयाँ कलाकारले गलत काम गरेमा शाहरूख खानलाई भन्दिन्छु भनेर धम्क्याउने गरेकी छिन्। Continue reading “दुई खानको नाम भजाउँदै प्रियंका”


