काठमाडौं- अन्तरिम चुनावी मन्त्रिपरिषद्को पहिलो बैठकले स्वच्छ र निष्पक्ष निर्वाचन गराउन कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको बैठकले निर्वाचनबाटै सबै समस्याको समाधान हुने हुँदा सम्पूर्ण राजनीतिक दललाई त्यसतर्फ उन्मुख हुन आग्रह गरेको छ। बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै गृहमन्त्री तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले शक्ति पृथकीकरण तथा सन्तुलनको सिद्धान्त अङ्गीकार गर्दै मानवअधिकारको संरक्षण र शान्तिसुरक्षा कायम गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको बताए। उनले आर्थिक सहायताको मापदण्डविपरीत चन्दा, दान, आर्थिक सहायता, पुरस्कार नदिने व्यवस्था बैठकले गरेको जानकारी पनि दिए। Continue reading “सबै राजनीतिक दललाई निर्वाचनतर्फ उन्मुख हुन मन्त्रिपरिषद्को आग्रह”
Author: admin
माओवादी सहितका २२ दलद्वारा विरोध प्रदर्शन
काठमाडौं- प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको सहमति तथा प्रधानन्यायाधीशको नेतृत्वमा गरिएको सरकार गठनको विरोधमा नेकपा–माओवादी लगायतका साना दलहरूले आज प्रदर्शन गरेका छन्। नेकपा–माओवादी सहितका २२ दलले आज बिहानै राष्ट्रपति भवन बाहिरको सडक क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए। उनीहरूले लाजिम्पाट, पानीपोखरी, लैनचौरलगायतका क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन्। Continue reading “माओवादी सहितका २२ दलद्वारा विरोध प्रदर्शन”
खिलराज रेग्मी चुनाबी मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्त
काठमाडौं- राष्ट्रपति डा रामवरण यादवले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षको पद तथा गोपनीयताको शपथ गराए। राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान आयोजित विशेष समारोहबीच मन्त्रिपरिषद्का नवनियुक्त अध्यक्ष रेग्मीलाई राष्ट्रपतिले शपथ गराएका हुन्। सो समारोहमा राष्ट्रपति डा यादवको उपस्थितिमा मन्त्रिपरिषद्का अध्यक्षले नवनियुक्त मन्त्रीद्वय माधवप्रसाद घिमिरे र हरिप्रसाद न्यौपानेलाई पद तथा गोपनीयताको शपथ गराए। मन्त्री घिमिरेलाई गृह तथा परराष्ट्र र मन्त्री न्यौपानेलाई कानुन, न्याय, सङ्घीय मामिला र श्रम तथा रोजगार मन्त्रालय तोकिएको छ। Continue reading “खिलराज रेग्मी चुनाबी मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्त”
राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी
काठमाडौं- राष्ट्रपति डा रामवरण यादवले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम बाधा अड्काउ फुकाउ आदेश जारी गर्नुभएको छ। नयाँ संविधान निर्माणको कार्य सम्पन्न नहुँदै २०६९ साल जेठ १४ गतेपछि संविधानसभा स्वतः विघटन भई व्यवस्थापिका–संसदसमेत कायम नरहेकालेे राज्य सञ्चालनमा गम्भीर राजनीतिक एवम् संवैधानिक गतिरोध उत्पन्न भई संवैधानिक प्रक्रिया सुचारु गर्न विभिन्न प्रयासका बाबजुद अन्य विकल्पमा राजनीतिक सहमति जुट्न नसकेको विषम परिस्थितिमा आवश्यकताको सिद्धान्तसमेतलाई विचार गरी संविधानसभाको निर्वाचन सुनिश्चित गर्दै राजनीतिक गतिरोध अन्त्य गर्न राष्ट्रपतिले उक्त आदेश जारी गर्नुभएको हो। Continue reading “राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी”
चुनावी सरकारबारे प्रमुख दलले के भने ?
काठमाडौं- प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन भएपछि प्रमुख राजनीतिक दलका नेताहरूले यसलाई सकारात्मक रूपमा लिँदै अब मुलुकमा चुनाव हुने र देशले समाधान पाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले अहिलको अवस्था चुनौतीपूर्ण रहेपनि यो अवसरलाई उपयोग गरी राजनीतिक निकासका लागि चुनावमा एकसाथ जानुपर्ने र चुनावलाई राजनीतिक दल तथा नागरिक समाज सबै मिलेर सफल पार्नुपर्ने धारणा व्यक्त गरेका छन्। Continue reading “चुनावी सरकारबारे प्रमुख दलले के भने ?”
एसएलसी परीक्षा सुरु
भक्तपुर- यो वर्षको प्रवेशिका परीक्षा देशभर एकैसाथ सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार पाँच लाख ४७ हजार १६५ जना परीक्षामा सहभागी भएका छन्। देशभरका एक हजार ७८६ परीक्षा केन्द्रमा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ। नियमिततर्फ चार लाख ३० हजार ९७ जना र एक्जाम्टेडतर्फ एक लाख १७ हजार ६८ परीक्षार्थी रहेको परीक्षा नियन्त्रक खगराज बरालले बताए। Continue reading “एसएलसी परीक्षा सुरु”
सामूहिक बलात्कारका मुख्य अभियुक्तद्वारा जेलमै आत्महत्या
नयाँ दिल्ली-भारतमा गत डिसेम्बर महिनामा भएको एक युवतीमाथिको सामुहिक बलात्कारको घटनाका एकजना मुख्य अभियुक्तले सोमबार जेलमै आत्महत्या गरेका छन्। गत वर्ष डिसेम्बर महिनाको १६ तारिख राति आफ्ना केटासाथीसँग घर फर्किरहेकी २३ वर्षीया युवतीलाई उनी रहेको बसका चालकसहितका छ जनाले सामुहिक बलात्कार गरेका थिए। उनको उपचारकै क्रममा सिंगापुरमा मृत्यु भएको थियो। उनलाई बलात्कार गर्ने ती व्यक्तिलाई प्रहरीले थुनामा राखेको छ र उनीहरुमाथिको कारबाहीका लागि अदालतको सुनुवाई जारी नै राखेको छ। Continue reading “सामूहिक बलात्कारका मुख्य अभियुक्तद्वारा जेलमै आत्महत्या”
अनुष्का–आमिरको लामो किस
बलिउडका ‘मिस्टर पर्फेक्ट’ आमिर खानले सिरियल किसरका रूपमा चर्चित इमरान हासमीलाई समेत मात ख्वाउने भएका छन्। फिल्म ‘दिल’मा त्यसबेलाकी हिट हिरोइन माधुरी दीक्षितलाई किस गरेका आमिरले छिट्टै रिलिज हुन लागेको फिल्म ‘पीके’मा निकै लामो किसिङ सिन दिएको बताइन्छ। हासमी सिरियल किसरका रूपमा चर्चित छन् भने आमिरले चाहिँ सबैभन्दा लामो किसको रेकर्ड नै आफ्नो नाउँमा लेखाउन सक्ने बताइन्छ। अ Continue reading “अनुष्का–आमिरको लामो किस”
पाक सुन्दरी के कम?
पाकिस्तानबाट भित्रिने बालाहरूले बलिउडमा तहल्का मच्चाउँदै आएका छन्। त्यहाँको बन्द समाजमा खुला विचार र व्यक्तिगत स्वतन्त्रता नपाए पनि बलिउडमा पसेपछि भने उनीहरू ‘बाबा बिन्दास’ हुँदै आएका छन्। यसरी बलिउडमा आएर विचारमात्र नभएर पहिरनसमेत खुला गर्नेमा विना मलिक, सोफिया हयात, लैला खानलगायत अभिनेत्रीको लामो सूची नै बन्छ। Continue reading “पाक सुन्दरी के कम?”
यस्तो हुनेछ ग्यालेक्सी एस ४
एजेन्सी- एप्पलले आइफोन फाइभ बजारमा ल्याएलगत्तै सबैको ध्यान प्रतिस्पर्धी सामसुङले अब ल्याउने नयाँ संस्करणको स्मार्टफोनतिर तानिएको थियो। मार्च १४ मा सामसुङले आफ्नो नयाँ ग्यालेक्सी एस ४ सार्वजनिक गर्दै छ। तर, प्रविधिको यो जमानामा सबै कुरा कम्पनीले लुकाउन चाहे पनि लुक्न सक्दैन। आधिकारिक रूपमा सार्वजनिक नहुँदै ग्यालेक्सी एस ४ का केही विवरण टि्वटरमा देखिएका छन्। Continue reading “यस्तो हुनेछ ग्यालेक्सी एस ४”