Author: admin
कीर्तिपुरमा थारु कविको भेला
काठमाडौं- थारु कविहरुले कीर्तिपुरमा कविता वाचन गरेका छन्। बर्दियाली थारु विकास मञ्चले आयोजन गरेको ‘थारु भाषा साहित्यिक, शृंखला २ नाम दिइएको कार्यक्रममा थारु कविहरुले कविता वाचन गरेका हुन्। लेखिका शान्ति चौधरीको विशेष अतिथि र साहित्यकार कृष्ण सर्वहारीको सभापतित्वमा भएको कार्यक्रममा सुशील चौधरी, शत्रुधन चौधरीले कविता वाचन गरेका थिए। Continue reading “कीर्तिपुरमा थारु कविको भेला”
दाङमा चार कमलरीको उद्धार
सन्तोष दहित, देउखुरी- बिहीबार बेलुका लमही र आसपासका गाउँबाट चार जना कमलहरी बालिकालाई उद्धार गरिएको छ। १० वर्षदेखि १२ वर्ष उमेर समूहका चार जना बालिकालाई अर्काका घरमा काम गर्दै गरेको अवस्थामा छापामारी उद्धार गरिएको हो। जिल्ला बाल कल्याण समन्वय समितिको अगुवाइमा लमहीको रातो डाँडास्थित लालबहादुर केसीको घरबाट बेला–१ मटेरिया घर भएकी १० वर्षीया आरती चौधरी, लमही बजारका साइवा श्रेष्ठको घरवाट चैलाही–१ शान्तिनगरकी ११ वर्षीया मञ्जु कुमाल, चैलाही–३ देउपुरका यादव चौधरीको घरबाट गोवरडिहा–८ की १० वर्षीया आरती चौधरी र सोही गाउँका रञ्जित चौधरीको घरबाट कञ्चनपुरकी १० वर्षीया सम्झना चौधरीलाई उद्धार गरिएको स्वानका अध्यक्ष कृष्ण कुमार चौधरीले जानकारी दिए। Continue reading “दाङमा चार कमलरीको उद्धार”
काष्ठकलाबाट आत्मनिर्भर बन्दै लालप्रसाद
सन्तोष दहित, दाङ- न मागेर पाइन्छ, न खोजेर पाइन्छ
स्वरोजगार बन्न सिप नै चाहिन्छ
माथिको पङतिलाई आत्मसाथ गरेका घोराही नगरपालिका १ झंगह्वाका लालप्रसाद चौधरी काष्ठकलाबाट आत्मनिर्भर बन्दैछन्। उनी काष्ठको विभिन्न डिजाइनका चित्र तथा मन्दिर बनाउँदै आएका छन्। थारु समुदायको परम्परागत देवी देवतालाई पनि काठको नमूनामा उतार्ने गरेका छन्। थारु समुदायका पुर्खाले लगाउँदै आएको भेषभुषमा समेत काठको चित्रलाई मानवजस्तै उतारेका छन्। Continue reading “काष्ठकलाबाट आत्मनिर्भर बन्दै लालप्रसाद”
कालीगण्डकी मर्मतका लागि बन्द, लोडसेडिङ नबढ्ने
काठमाडौं- कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना आज रातिदेखि १० दिनका लागि बन्द हुने भए पनि त्यसले लोडसेडिङ नबढ्ने विद्युत् प्राधिकरणले जनाएको छ। ‘उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द हुने भए पनि विद्यमान विद्युत् भार कटौतीमा कुनै फेरबदल हुँदैन’ प्राधिकरण प्रवक्ता शेरसिंह भाटले भने। उनले विद्युत् भार कटौती १२ घण्टा बढी नहुने बताए। Continue reading “कालीगण्डकी मर्मतका लागि बन्द, लोडसेडिङ नबढ्ने”
एएफसीमा शनिबार नेपाल नर्दन मारियानासँग भिड्ने
काठमाडौं- एएफसी च्यालेन्ज कप २०१४ अन्तर्गतको समूह डीको छनोट चरणको खेल भोलिदेखि सुरु हुने भएको छ। एसियाली फुटबलको दोस्रो श्रेणीको पाँचौँ संस्करणअन्तर्गतको समूह डी मा नेपाल, नर्थर्न मारियाना आइल्यान्ड, प्यालेस्टाइन र बङ्गलादेश छन्। यसअन्तर्गत भोलि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपालले नर्थर्न मारियानासगँ प्रतिस्पर्धा गर्नेछ। Continue reading “एएफसीमा शनिबार नेपाल नर्दन मारियानासँग भिड्ने”
‘कुकुर कन्डम लगाउँदैनन्’
बलिउडमा मोडल/एक्ट्रेस शर्लिन चोपडा र विवादको सम्बन्ध नङ र मासुजस्तै मानिने गरेको छ। अनेकौँ निहुँ बनाएर सोसल साइटमा न्युड, सेमीन्युड तस्बिर अपलोड गरेकै भरमा चर्चाको चुलीमा चढेकी शर्लिनले अर्को हट अभियानमा सहभागिता जनाएकी छिन्। जनावरमाथि हुने अत्याचारविरुद्ध आवाज उठाउने संस्था पेटा (पिपुल्स फर दी इथिकल टि्रटमेन्ट अफ एनिमल्स) ले भारतमा जनचेतना जगाउन गरेको एक कार्यक्रममा उनी सहभागी भएकी हुन्। Continue reading “‘कुकुर कन्डम लगाउँदैनन्’”
ग्ल्यामरस ज्यानका लागि डान्स
फिल्म ‘जन्नत–२’बाट बलिउड पदार्पण गरेकी षोडशी ईशा गुप्ताको कर्भी बडी निकै ग्ल्यामरस छ। सात वर्षअघि मिस इन्डिया कन्टेस्टमा आफ्ना कर्भ राम्रैसँग देखाएकी उनका जम्माजम्मी तीन फिल्म प्रदर्शनमा आएका छन्। महेश भट्ट क्याम्पसँग तीन फिल्मका लागि अनुबन्ध गरेकी उनी आफ्ना ग्ल्यामरस कर्भ चुस्त–दुरुस्त राख्न शारीरिक व्यायाम गर्न वा जिममा भारी ड्रमबेल उचाल्न मन पराउँदिनन्। Continue reading “ग्ल्यामरस ज्यानका लागि डान्स”
एएफसी च्यालेन्ज कपको कठिन यात्रा
प्रकाश तिमल्सिना- शनिवारबाट दशरथ रंगशालामा एएफसी च्यालेन्ज कपको छनोट चरण सुरु हुँदैछ। स्वाभाविक छ, घरेलु समर्थकको ध्यान नेपाली टोलीको प्रदर्शन, नतिजा र अघिल्लो चरणको जोड घटाउमा हुनेछ। दुई वर्षअघि घरेलु मैदानमै गरेको प्रदर्शन यो पटक हेर्न पाइन्छ वा त्योभन्दा पनि राम्रो हुन्छ वा निराश हुनुपर्छ यी सबै कुराको छिनोफानो आउने एकसातामा भइसक्नेछ। एक सातापछि पुनः राष्ट्रिय टोलीको चर्चा त्यति प्रदर्शनको सेरोफेरोमा रहेर हुने पक्का छ। Continue reading “एएफसी च्यालेन्ज कपको कठिन यात्रा”
धनगढीमा क्रिकेट मेला
विनोद पाण्डे- दुई दशकअघि फर्केर हेर्ने हो भने राजधानीमा लिग क्रिकेट भएको तथ्य फेला पारिन्छ। यसमा संलग्नहरू काठमाडौँ क्रिकेट लिगको ‘फ्ल्यास ब्याक’ मा निकै रमाउँछन्। मोरङमा क्रिकेट लिग सञ्चालन भएको पछिल्लो पुस्तालाई पनि थाहा छ। यी सबै नेपाली क्रिकेटमा दन्त्यकथा बनिसकेका छन्। Continue reading “धनगढीमा क्रिकेट मेला”
