ट्याब्लेट बजारमा पछिल्लो खेलाडी बनेको आइप्याड मिनीमा कमजोर फिचर होला भन्ने धेरैको अनुमान थियो किनभने यसको मूल्य केही सस्तो थियो। तर, यो डिभाइस कमजोर रहेन। ग्याजेट्सका धेरै समीक्षकले यसलाई हरियो झन्डा देखाए। ७.९ इन्चको स्त्रि्कनमा समीक्षकको विचार आउनुअघि धेरैका औँला दगुरिसकेका थिए। लोकप्रियताको शिखर चढिछाड्यो मिनीले। यसबाट तस्बिर लिने , इन्टरनेट प्रयोग गर्ने, भिडियो हेर्ने, किताब पढ्ने र गीत सुन्नेहरू तारिफ नगरी बस्न सकेनन्। र, यसको साउन्डलाई तारिफ नगर्नेहरू कमै छन्। Continue reading “‘भाइ आइप्याड’को लोकप्रियता”
Author: admin
फेसबुकका खतरा
तपाईंको घरमा साना बालबालिकाले फेसबुक चलाइरहेका त छैनन्? छन् भने उनीहरूमा त्यसको कस्तो असर परिरहेको छ, विचार गर्नुहोला। कम उमेरमा सामाजिक सञ्जालमा अलमलिने बानी पर्यो भने उनीहरूमा धेरैखाले समस्या देखिन सक्छन्। फेसबुक चलाउने स्कुले बालबालिकाले सामाजिक सञ्जालमा धेरैजसो अश्लील म्यासेज पाउने गर्छन्। Continue reading “फेसबुकका खतरा”
पारसको रक्तश्राव रोकियो, स्थिति चिन्ताजनकै
काठमाडौं- हृदयघात पछि पाँच दिनदेखि बैंककमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको पेटको रक्तश्राव रोक्न चिकित्सकहरु सफल भएका छन्। थाइल्यान्डको राजधानी बैंककस्थित समितिभेज सुखुम्भित अस्पतालका चिकित्सक सायन चिपुडोमवितले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्। ‘शाहको रक्तचाप सन्तुलनमा ल्याउनुपर्ने औषधिको मात्रा पनि आज घटाइएको छ’, विज्ञप्तिमा भनिएको छ। आन्तरिक रक्तश्राव रोकिए पनि उनको स्वास्थ्य स्थिति चिन्ताजनक तर स्थिर नै रहेको अस्पतालले उल्लेख गरेको छ। Continue reading “पारसको रक्तश्राव रोकियो, स्थिति चिन्ताजनकै”
नयाँ कीर्तिमान राख्दै तिलकराम थारु। तस्बिर : विकास कार्की
एपिएफकी सविता चौधरी दशरथ रंगशालामा दौडिँदै। तस्बिर : विकास कार्की
तिलकराम थारुको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं– ओलम्पियन तिलकराम थारुले २ सय मिटर दौडमा १८ बर्ष पूरानो राष्ट्रिय कीर्तिमान तोडेका छन्। दशरथ रंगशालाको ट्रयाकमा आइतबार सम्पन्न दोस्रो गोल्डेन स्पि्रन्ट मिटमा स्वर्ण पदक जित्ने क्रममा तिलकरामले रामकृष्ण चौधरीको नाममा रहेको कीर्तिमान भंग गरेका हुन्। तिलकरामले २१.७१ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए। रामकृष्णले सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न सातौं दक्षिण एसियाली खेलकुद (साफ) मा २९.९२ सेकेन्डको टाइमिङका साथ कीर्तिमान राखेका थिए। गतबर्ष छैटौं राष्ट्रिय खेलकुदमा चार स्वर्ण जितेका तिलकरामले १ सय मिटरमा पनि स्वर्ण पदक जिते। राष्ट्रिय कीर्तिमान बनाएवापत उनले ५ हजार रुपैंयाँ पाए। Continue reading “तिलकराम थारुको नयाँ राष्ट्रिय कीर्तिमान”
५८ प्रहरी निरीक्षकको बढुवा
काठमाडौं– प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले चार प्राविधिकसहित ५८ प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा गरेको छ। चार महिनाअगाडि नै बढुवा सूची बने पनि गृहमन्त्री विजयकुमार गच्छदार, गृह सचिव नवीन घिमिरे र प्रहरी महानिरीक्षक कुवेरसिंह रानाबीच सूचीमा सहमति हुन नसक्दा निर्णय प्रक्रिया रोकिएको थियो। तयारी सकिए पनि डिआइजी बढुवा अदालत पुगेपछि अन्य पदको बढुवासमेत अन्योलमा परेको थियो। Continue reading “५८ प्रहरी निरीक्षकको बढुवा”
नेवार बस्तीमा थारु कला
उपेन्द्र लामिछाने, ललितपुर- नेवार समुदायको बाहुल्य रहेको ऐतिहासिक पाटन सहरमा रौतहट कनकपुरबाट आएका थारु युवाको एकल चित्रकला प्रदर्शनी शनिबार सुरु भएको छ। कनकपुर–२ का २५ वर्षीय बालकिशोर चौधरीको थारु रहन सहन, भेषभुषा, र कला संस्कृतिको झल्को दिने ‘बोल्ड एन्ड ब्युटिफुल’ शीर्षकको ३२ चित्र प्रदर्शनीमा छन्। Continue reading “नेवार बस्तीमा थारु कला”
बालकिशोर चौधरीको ‘बोल्ड एन्ड ब्युटी’ नामक चित्रकला प्रदर्शनी
ललितपुर- रौतहटका कलाकार बालकिशोर चौधरीको एकल चित्रकला शनिबारदेखि सुरु भएको छ। योङ् पिकासोको ‘गाउँ गाउँमा कलाको विकास’ अभियानअन्तर्गत उत्कृष्ट प्रदर्शनी गर्न सफल चौधरीको एकल चित्रकला प्रदर्शनी पाटन सङ्ग्रहालयमा आजदेखि सुरु भएको हो। प्रदर्शनीको उद्घाटन गर्दै ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अजरमान जोशीले कलाकारको हौसला बढाउने कार्य गरी कलाकारितालाई अगाडि बढाउन सहयोग सबै नागरिकको कर्त्तव्य भएको बताए। Continue reading “बालकिशोर चौधरीको ‘बोल्ड एन्ड ब्युटी’ नामक चित्रकला प्रदर्शनी”
शान्ति चौधरीद्वारा लिखित पुस्तकको उपराष्ट्रपतिद्वारा लोकार्पण
काठमाडौं- उपराष्ट्रपति परमानन्द झाले लेखक तथा कवयित्री शान्ति चौधरीद्वारा लिखित दुई कृति ‘बागमती नदी र टौदह’ तथा ‘टौदह, शिवकाली, चम्पादेवीमा बागमती पुल’ को आज यहाँ लोकार्पण गरे। सिर्जना विकास केन्द्रद्वारा प्रकाशित ती कृतिमा बागमती नदीको ऐतिहासिक एवम् धार्मिक महत्वबारे चर्चा गरिएको छ। Continue reading “शान्ति चौधरीद्वारा लिखित पुस्तकको उपराष्ट्रपतिद्वारा लोकार्पण”
