मन्त्रिपरिषद् बैठकले के-के निर्णय गर्‍यो?

Singh Durbarकाठमाडौं- सरकारले बहराइन र ओमानमा दूतावास खोल्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा धेरै नेपाली जाने ती दुई देशमा दूतावास खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए। यस्तै, सरकारले चीनको ग्वाङजाउ र साउदी अरबको जेद्दामा कन्सुलर कार्यालय खोल्ने पनि निर्णय गरेको छ। यस्तै, सरकारले उज्वेकिस्तान र सामोआसँग कूटनीतिक सम्बन्ध कायम गर्ने निर्णय गरेको छ। Continue reading “मन्त्रिपरिषद् बैठकले के-के निर्णय गर्‍यो?”

मनै लोभ्याउने थारु परिकार

सन्तोष दहित, दाङ- दाङ, बाँके, बर्दियाका थारु महिलाहरुले बनाएका थारु परिकारहरु अहिले घोराही महोत्वसमा आर्कषणको केन्द्र बनेको छ। महोत्वसवको उद्घाटनको दिनमा त्यति व्यापार नभए पनि हिजआज महोत्वसवमा भने मेला हेर्न गएका दर्शकहरुले थारु खानाप्रति रुचि बढाउन थालेकाछन। महोत्वसवको आठौदिन पनि परम्परागत थारु परिकार खानको लागि घुइचो लागेको थियो। सस्तो मुल्यमा र असर पनि नगर्ने भएकोले थारु परिकार मध्य ढिक्री खान मानिसहरुको घुइचो लागेको थियो। Continue reading “मनै लोभ्याउने थारु परिकार”

तपसीको सौन्दर्य ताप

Tapasi Manuबलिउड नगरी मुम्बईमा हालै फिल्म ‘चश्मे बद्दुर’को म्युजिक लन्च गरियो। कार्यक्रममा फिल्मकी हिरोइन तपसी मनु र हिरो अली जाफर पनि उपस्थित थिए। दक्षिण भारतीय फिल्ममा नाम कमाएकी हिरोइन तपसी यो फिल्मबाट बलिउडमा डेव्यु गर्दैछिन्। मनमोहक सौन्दर्यकी खानी कार्यक्रममा निकै सेक्सी र हट अन्दाजमा प्रस्तुत भएको बताइन्छ। अप्रिलमा रिलिज गरिने कमेडी फिल्म सन् १९८१ मा प्रदर्शित ‘चश्मे बद्दुर’को रिमेक हो। विख्यात निर्देशिका सई परान्जपेले लेखेको कथा र स्त्रि्कप्टमा निर्माण भइरहेको फिल्मको म्युजिक लन्चमा भने तपसीले आफ्नो सौन्दर्यको तापले कार्यक्रमको तापक्रम निकै बढाएको बताइन्छ। Continue reading “तपसीको सौन्दर्य ताप”

यसरी चलाऔं आइफोन

Iphone 5sआइफोनलगायत स्मार्टफोन चलाउन स्मार्ट हुनुपर्छ। क्यामेरामात्रै चलाउने हो भने त स्मार्टफोन आवश्यकै पर्दैन। राम्रा क्यामेरा भएका जति पनि मोबाइल पाइन्छन्। स्मार्टफोनका विशेषता संसारभरका स्वतन्त्र डेभलपरहरूले बनाएका विभिन्न एप्लिकेसनहरू हुन्। यसलाई छोटकरीमा एप्स भनिन्छ। लोडसेडिङ कतिबेला हुँदो रहेछ भनेर हेर्न होस् कि टेम्पल रन टूदेखि एंग्री बर्ड्ससम्मका गेम खेल्न होस्, आइफोनलाई टर्चका रूपमा प्रयोग गर्न होस् कि मौसमको जानकारी लिन, काठमाडौँमा बसेर इलामको एफएम सुन्न होस् कि न्युरोडमा बसेर न्युयोर्कको रेडियो सुन्न, यस्ता लाखौँ एप्लिकेसन्स छन्, जसले दैनिक जीवनलाई सहज बनाउँछन्, रमाइलो बनाउँछन् र तपाईंलाई एक्लो हुन दिँदैनन्। एप्स चलाउन थालेपछि तपाईंलाई थाहा हुन्छ, एप्सबिना त स्मार्टफोन केही पनि हैन। Continue reading “यसरी चलाऔं आइफोन”

‘सर्किट’को ‘सर्ट सर्किट’

sarkitशुक्रबार रिलिज हुने फिल्म ‘जिला गाजियाबाद’ अहिले बलिउडमा निकै चर्चामा छ। चर्चाको कारण फिल्मको एउटा सिन हो। त्यो सिनको स्टिल तस्बिर सार्वजनिक हुनासाथ चारैतिर फिल्मको चर्चा छाएको बताइन्छ। तस्बिरमा ‘सर्किट’ अर्थात अर्सद वारसी र सुन्दरी मिनिषा लाम्बा देखिन्छन्। सिनको यतिमै ‘द एन्ड’ हुँदैन। अर्थात अर्सद र मिनिषा देखिँदैमा चर्चित हुनुपर्ने कुनै कारण छैन। Continue reading “‘सर्किट’को ‘सर्ट सर्किट’”

मैदानमा बुढ्यौलीको जोश

ritu shakyaकमल खत्री- हल्चोक एपीएफ मैदानमा शहीद स्मारक बी डिभिजन खेलिरहेका अधिकांश क्लबमा खेलाडीको उमेर मिल्दो छ। प्रायः सबै क्लबमा युवा खेलाडी नै छन्। अरू क्लबका खेलाडीको उमेरमा समानता पाइए पनि वीरगञ्जको क्लबमा भने रोचक भिन्नता छ। मोफसलबाट आएको एकमात्र क्लब हो वीरगञ्ज युथ एकेडेमी। बाबुछोराले सँगै खेलिरहेको वीरगञ्ज क्लब अहिले भेट्रान खेलाडीको प्रेरणाबाट बी डिभिजन च्याम्पियन बन्ने लक्ष्य लिएर अगाडि बढिरहेको छ। Continue reading “मैदानमा बुढ्यौलीको जोश”

थारु किशोरी तथा बालिका अहिले पनि कमलरी

बाँके- मध्य र सुदूरपश्चिमाञ्चलका विभिन्न जिल्लामा हाल पनि ७३१ जना थारु किशोरी तथा बालिकालाई कमलरीको रुपमा राखिएको पाइएको छ। बालश्रमिक मुक्त जिल्ला घोषणा गरिएका जिल्लामा समेत कमलरी राखिएको पाइएको हो। मुक्त कमलरी विकास मञ्चका अनुसार मध्य र सुदूरपश्चिमाञ्चलका बा“के, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा कमलरीको उद्धार हुन बाँकी छ। मुक्त कमलरी विकास मञ्च बाँकेका अध्यक्ष दिलकुमारी चौधरीका अनुसार कमलरी मुक्ति अभियान सुरु भएपछि पश्चिम तराईका पाँच जिल्लाबाट १२ हजार ४५ जना कमलरीको उद्धार गरिएको छ। Continue reading “थारु किशोरी तथा बालिका अहिले पनि कमलरी”

प्रवेशिका परीक्षा तयारी अन्तिम चरणमा

काठमाडौं- परीक्षा नियन्त्रण कार्यालयले विसं २०६९ को प्रवेशिका परीक्षा (एसएलसी)को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रवेशिका परीक्षा आगामी चैत १ देखि ९ गतेसम्म हुँदैछ। परीक्षामा नियममिततर्फ चार लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ एक लाख १७ हजार ६८ गरी कूल पाँचलाख ४७ हजार १६५ परीक्षार्थी सामेल हुँदैछन्।  Continue reading “प्रवेशिका परीक्षा तयारी अन्तिम चरणमा”

शिक्षकले पढाएको सुन्न नसक्दा…

कञ्चनपुर- शिक्षकले पढाएको सुन्न नसकेपछि एक छात्राले विद्यालय छाडेकी छन्। झलारीस्थित धर्म जनता उच्चमाध्यमिक विद्यालयमा अध्ययनरत नौखुरीकी मीना चौधरीले पढाइ छाडेकी हुन्। कान नसुन्ने चौधरी कक्षा ९ मा अध्ययनरत थिइन्। “कान कमजोर भएकाले कक्षामा पढाएको सुन्न सकिएन” उनले भनिन्, “त्यसपछि पढ्न छाडेर घरमा बसेकी छु।” Continue reading “शिक्षकले पढाएको सुन्न नसक्दा…”