डी. विनोद- वैदेशिक रोजगारीका लागि कतार जाने तयारीमा रहेका सुनसरीका काशीराज पौडेल म्यानपावरमार्फत श्रम सम्झौता बुझेरमात्र जाने तरखरमा छन्। कतारमा रहेका साथी र अन्य आफन्तले भिसा पठाउने भन्दा पनि उनले व्यक्तिगत भिसामा जाने रहर गरेनन्। ‘व्यक्तिगत भिसामा जानु जोखिम भएर नै म संस्थागत रूपमा जान लागेको हुँ,’ उनले भने, ‘तर, संस्थागत रूपमा पनि ठगिइने डर भएकाले धेरै कुरा बुझिरहेको छु।’ पत्रपत्रिकामा विभिन्न समाचार पढेपछि उनी यस्तो निष्कर्षमा पुगेका हुन्। Continue reading “सचेत हुँदै छन् परदेश जानेहरू”
Author: admin
दाहालको फर्मुला पारित ‘बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाइने’
हेटौंडा- एकीकृत नेकपा (माओवादी)ले बहालवाला प्रधानन्यायाधीसको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव ल्याएको छ। महाधिवेशनको उद्घाटन सत्रमा बोल्दा अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलले नकार्न मिल्ने गरेर समाधानको फर्मुला ल्याउने घोषणा गरेका थिए। बन्दसत्रको छलफलले यो विकल्प ल्याएको प्रवक्ता अग्नी सापकोटाले बताए। Continue reading “दाहालको फर्मुला पारित ‘बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाइने’”
उपाधि जिते खेलाडीलाई सित्तैमा सेक्स गर्न दिइने
एजेन्सी- नाइजेरियन राष्ट्रिय फुटबल टोलीका लागि त्यहाँका यौनकर्मीहरुले अनौठो प्रस्ताव राखेका छन्। दक्षिण अफ्रिकामा जारी ‘ओरेन्ज अफ्रिकन कप अफ नेशन्स’को उपाधि जितेमा खेलाडीहरुलाई यौनको मजा दिने ती यौनकर्मीहरुले बताएका छन्। ‘द एसोशिएसन आफ नाइजेरियन प्रोस्टिच्यूट्स’ले राष्ट्रिय टोलीका खेलाडीलाई उपाधि जितेपश्चात सित्तैमा यौन सम्बन्ध राख्न दिइने एजेन्सीले बताएको छ। Continue reading “उपाधि जिते खेलाडीलाई सित्तैमा सेक्स गर्न दिइने”
राष्ट्रपति चुप लागेर बस्नु हुँदैन : कोइराला
जनकपुरधाम- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले देशमा अहिले संवैधानिक सङ्कट चुलिएको भन्दै यस्तो अवस्थामा राष्ट्रपति चुप लागेर बस्न नहुने बताएका छन्। नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा सभापति कोइरालाले भने, “राष्ट्रपति संविधानको संरक्षक र पालक भएकाले संविधान उल्लङ्घनका घटनाप्रति राष्ट्रपति गम्भीर हुनुपर्छ।’ सञ्चारकर्मीको जिज्ञासामा सभापति कोइरालाले संविधान उल्लङ्घनका घटनाहरु भइरहेको अवस्थामा राष्ट्रपति चुप लागेर बस्नु हुँदैन भने। Continue reading “राष्ट्रपति चुप लागेर बस्नु हुँदैन : कोइराला”
एमाओवादी सङ्घीयताविरोधी हो : लेखी
कैलाली- नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले एमाओवादी सङ्घीयताविरोधी भएको आरोप लगाएका छन्। बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा लेखीले एमाओवादीले बाहिर सङ्घीयता भनेर आमजनतालाई ढाँटिरहेको र उसले आन्तरिकरुपमा सङ्घीयता नचाहेको बताए। एमाओवादी नेताहरूले दिनमा दशथरी कुरा गरेर जनताका आँखामा छारो हाल्ने काम मात्रै गरेको बताउँदै उनले एमाओवादीका नेताहरूले नै देशमा सबैभन्दा बढी गद्दारी गरिरहेको बताए। Continue reading “एमाओवादी सङ्घीयताविरोधी हो : लेखी”
प्रियंकाले पनि विहे गर्ने
एजेन्सी- बलिउड अभिनेत्रीहरु धमाधम बिहे बन्धनमा बाँधिने क्रम बढ्दो छ। यसै क्रममा पूर्व मिस वर्ल्ड प्रियङ्का चोपडाको पनि यसै वर्ष बिहे हुन लागेको ‘बलिउड मन्त्र’ले जनाएको छ। रिपोर्टका अनुसार उनको जोडीका लागि उनका आफन्तले ‘महादेव’ लाई रोजेका छन्। महादेव अर्थात् टेलिभिजनमा भगवान शिवको अभिनय गर्ने कलाकार मोहित रैना। मोहितको नाम उनकी काकीले रोजेकी हुन्। बलिउड मन्त्रका अनुसार प्रियङ्कालाई पनि मोहितको नामले मोहित बनाएको जस्तो देखिएको छ। Continue reading “प्रियंकाले पनि विहे गर्ने”
भट्टराईले बन्द सत्रमा भने- प्रचण्डकै नेतृत्वमा जाऔं
हेटौंडा- एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतसँग विप्पा सम्झौता गर्नु आवश्यकता र बाध्यता दुवै भएको बताएका छन्। बुधबार हेटौंडा कपडा कारखानाको हलमा भएको बन्दसत्रमा पार्टी नेता तथा कार्यकर्ताले उठाएको प्रश्नको जवाफ दिँदै उनले लगानी भित्र्याउनका लागि विप्पा सम्झौता गरिएको स्पष्ट पारे। उनले भने, ‘विप्पा सम्झौता गर्दा कुनै राष्ट्रघात गरिएको छैन, यो केबल आर्थिक उन्नतिका लागि मात्रै गरिएको हो।’ पछिल्लो दिनमा यस खालको सम्झौताले आर्थिक उन्नतिमा सहयोग पुर्याएकाले यसलाई राष्ट्रघाती भन्नु आवश्यक नभएको उनले बताए। Continue reading “भट्टराईले बन्द सत्रमा भने- प्रचण्डकै नेतृत्वमा जाऔं”
नेपाल पाकिस्तानसँग पराजित
काठमाडौं- पाँच वर्षपछि नेपालसँग मैत्रीपूर्ण खेल खेल्न आएका पाकिस्तानले पहिलो खेलमा विजयी भएको छ। बुधबार दरशथ रंगशालामा भएको खेलमा ९१औं मिनेटमा पाकिस्तानका हसन बासिरले निर्णायक गोल गरेका थिए। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्कीलेको छनौटमा उतारिका नेपाली खेलाडीले औसतरुपमा राम्रो खेलेपछि अन्तिम समयमा पराजय बेहोर्नुपर्यो। Continue reading “नेपाल पाकिस्तानसँग पराजित”
सङ्गठित अपराध नियन्त्रण अध्यादेश आउने : गच्छदार
विराटनगर- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले देशमा अपहरणका गतिविधिसम्बन्धी अपराध नियन्त्रण गर्न चाँडै अध्यादेशमार्फत् ‘सङ्गठित अपराध नियन्त्रण ऐन’ ल्याउने तयारी भएको जानकारी दिएका छन्। उनले राजनीतिक दलहरुको सहमतिपछि राष्ट्रपति समक्ष पठाएको उक्त अध्यादेश चाँडै घोषणा हुने विश्वाससमेत व्यक्त गरे। Continue reading “सङ्गठित अपराध नियन्त्रण अध्यादेश आउने : गच्छदार”
