हेटौंडा- एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको अन्तर्राष्ट्रिय सिमानाका विषयमा जनमत सङ्ग्रहमा जाने भन्ने कुरा आफूलाई स्वीकार्य नभएको बताएका छन्। मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर उनले राष्ट्रियताको विषयमा कोही कसैसँग पनि सम्झौता नगर्ने बताए। उनले सन् १९५० को नेपाल भारतबीचको मैत्री सन्धिलगायतका असमान सन्धिहरु खारेज गरेर अगाडि जानुपर्ने र पार्टीले त्यसका विषयमा प्रस्ट धारणा तयार पार्ने बताए। Continue reading “राष्ट्रियताका विषयमा सम्झौता हुँदैन : उपाध्यक्ष श्रेष्ठ”
Author: admin
माया गरेजस्तो गरी कक्षा कोठामै शिक्षकबाट यौन दुर्व्यवहार
बाँके- बाँके जिल्लाको महादेवपुरी गाविसका किशोरीहरु विद्यालय शिक्षकहरुबाट कक्षा कोठामै यौन दुर्व्यवहार सहन बाध्य रहेको पाइएको छ। शिक्षकले गृहकार्य नगरेको वा सोधेको प्रश्नको उत्तर दिन नसकेको निहुँमा उनीहरुमाथि यौन दुर्व्यवहारसमेत गर्ने गरेको छात्राहरुको गुनासो छ। शिक्षकबाट पीडित महादेवपुरी गाविस–५ ढकेरीकी कक्षा–८ की १७ वर्षीया एक छात्राले शिक्षा हासिल गर्न विद्यालय पुगेका कक्षा ६ देखि १० सम्मका किशोरी विद्यार्थीहरु सबैभन्दा बढी यौन दुर्व्यवहारमा पर्ने गरेको बताउँदै शिक्षकले माया गरेको जस्तो गरेर शरीर सुम्सुम्याउने, अश्लील शब्दहरु प्रयोग गर्ने, भित्रl कपडाहरु तान्न खोज्ने प्रवृत्तिले कतिपय किशोरीले बीचमै पढाइ छाड्ने गरेको जनाइन्। Continue reading “माया गरेजस्तो गरी कक्षा कोठामै शिक्षकबाट यौन दुर्व्यवहार”
गुरुङको राष्ट्रिय परिषद्को अध्यक्षमा रेशम
भद्रपुर- तमू ह्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को झापाको विर्तामोडमा आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनले रेशम गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको छ। उनले ३ सय ७५ मत प्राप्त गरेर विजयी भएको हो भने अर्का प्रत्यासी विनोद गुरुङले ८९ मत प्राप्त गरेको थियो। निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा भद्रमान गुरुङ, महासचिवमा धनमान गुरुङ, उपमहासचिव (निर्विरोध)मा नरबहादुर गुरुङ, सङ्गठन सचिवमा डम्बर गुरुङ, प्रचार सचिवमा मनोज गुरुङ र कोषाध्यक्षमा हरिमाया गुरुङ चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ। Continue reading “गुरुङको राष्ट्रिय परिषद्को अध्यक्षमा रेशम”
आन्दोलनबाटै सरकार ढाल्छौं: कोइराला
जनकपुरधाम- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले वर्तमान सरकारलाई आन्दोलनबाटै ढाल्ने चेतावनी दिएका छन्। जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै सभापति कोइरालाले यो आन्दोलन भनेको राजनीतिक सहमतिको सरकार गठनका लागि भएको बताए। Continue reading “आन्दोलनबाटै सरकार ढाल्छौं: कोइराला”
‘मर्डर–३’ मा कपि पेस्ट
बलिउडका कतिपय निर्माता निर्देशक विदेशी फिल्म ‘कपि पेस्ट’ गर्न खप्पिस भएकोमा दुई मत नहोला। बलिउडका नामूद निर्माता निर्देशक महेश भट्टको क्याम्प यस्ता मामिलामा पहिलेदेखि नै निकै अघि रहेको छ। भट्ट क्याम्पले पहिले आफ्ना निकै फिल्ममा विदेशी फिल्मको अनअफिसियल कपि गरेको छ। हालै मात्र भट्ट क्याम्पले आफ्नो नयाँ फिल्म ‘मर्डर–३’ का लागि स्पेनिस फिल्म ‘ला कारा ओकल्टा’को कपिराइट किनेको छ। Continue reading “‘मर्डर–३’ मा कपि पेस्ट”
अमेरिकाले साइबर क्राइम गर्नसक्ने
वासिङटन, एएफपी– अमेरिकाले आफूमाथि ठूलो डिजिटल आक्रमण हुने विश्वसनीय प्रमाण फेला पारेमा यस्तोलाई निस्तेज पार्न आफैँले आक्रमण गर्नसक्ने र यस्तो आक्रमणको आदेश दिने अधिकार अमेरिकी राष्ट्रपतिलाई भएको निष्कर्ष निकालेको छ। साइबर आक्रमणको विषयमा गोप्य रुपमा कानूनी पुनरावलोकन गरिरहेको समूहले अमेरिकासँग पूर्व आक्रमण गर्ने पूर्व अधिकार भएको निष्कर्ण निकालेको समाचार न्युयोर्क टाइम्सले सोमबार दिएको छ। Continue reading “अमेरिकाले साइबर क्राइम गर्नसक्ने”
महिलालाई ट्राउजर प्रतिबन्ध हट्यो
पेरिस– फ्रान्सेको राजधानी पेरिसका महिलाले ट्राउजर लगाउन पाउने भएका छन्। सरकारले ट्राउजर लगाउने महिलाविरुद्ध आपराधिक मुद्दा चलाउन सक्ने दुई सय वर्ष भन्दा पुरानो नियम समाप्त भएको जनाएको छ। फ्रान्सेली महिला अधिकारमन्त्री नाजात भालैद बेल्कासेमले सन् १८०० नोभेम्बर १७ देखि लागू रहेको सो नियम फ्रान्सको आधुनिक मूल्य मान्यता तथा कानुनसँग अमिल्दो भएको बताएकी छिन्। ट्राउजर सहित ‘पुरुषको जस्तै पोशाक’ लगाउन महिलाले स्थानीय प्रहरीबाट अनुमति लिनुपर्ने महानगरको नियम रहेको थियो। त्यस्तो नगर्ने महिलाविरुद्ध आपराधिक मुद्दा चल्ने कानुनी व्यवस्था थियो। Continue reading “महिलालाई ट्राउजर प्रतिबन्ध हट्यो”
विश्वको सबैभन्दा ठूलो मेलामा हराउँदा
इलाहावाद, एएफपी– विश्वको सबैभन्दा ठूलो धार्मिक मेला ‘महा कुम्भ मेला’ को अर्थ आध्यात्मिक उत्थान हो। तर मानवको विशाल भीडबीच हराउने हजारौँ तीर्थयात्रीका लागि भने यो मेला निकै डरलाग्दो अवस्था बन्नसक्छ। यो मेला भारतको उत्तरी भागमा बग्ने गङ्गा नदीको व्यापक किनारमा लाग्ने गर्छ जहाँ फेब्रुअरी १० का दिन यस मेलाको सबैभन्दा महत्वपूर्ण दिन आफ्नो पाप पखाल्न दुई करोड मानिस भेला हुने अनुमान गरिएको छ। यो धुलैधुलोले ढाकेको तथा पालहरू लगाइएको अस्थायी नगर हो जहाँ भगवानका अवतार मानिएका साधु तथा गुरुहरूका लागि निश्चित स्थान छुट्याइएको छ। Continue reading “विश्वको सबैभन्दा ठूलो मेलामा हराउँदा”
राष्ट्रिय फुटबल टोली छनोट, १० खेलाडी नयाँ
काठमाडौं- फागुनमा हुने एएफसी च्यालेन्ज कपको समूह चरणलाई राष्ट्रिय फुटबल टोलीको पहिलो चरण छनोटमा १० नयाँसहित ३१ खेलाडी परेका छन्। पाकिस्तानसँगको मैत्रीपूर्ण खेलको दुई दिन अघि सोमबार सार्वजनिक गरिएको प्रारम्भिक छनोटमा पछिल्लो पटक राष्ट्रिय टोलीमा रहेका रुपेश केसी, सुजल श्रेष्ठ र विकाससिंह क्षेत्रीसहित १७ खेलाडी अटेनन्। Continue reading “राष्ट्रिय फुटबल टोली छनोट, १० खेलाडी नयाँ”
वार्षिकोत्सवको अवसरमा टेलिकमका विभिन्न सेवामा छुट
काठमाडौं- नेपाल टेलिकमले आफ्नो नवौँ वार्षिकोत्सवका अवसरमा आफूले प्रदान गरेको विभिन्न सेवाको महसुल दरमा केही छुट प्रदान गरेको छ। नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहका अनुसार पिएसटिएन सेवाका ग्राहकहरुलाई फागुन १ गतेदेखि २०७० साल वैशाख ३१ गतेसम्म लागू हुने गरी न्यूनतम मासिक महसुल रु २०० मा २२५ लोकल कल गर्न पाउने व्यवस्था गरिएको छ भने जिएसएम तथा सिडिएमए सेवा कम्पनीकै नेटवर्कभित्र हुने जिएमएस सेवाको विद्यमान महसुल दरमा आजदेखि फागुन ३० गतेसम्म ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। Continue reading “वार्षिकोत्सवको अवसरमा टेलिकमका विभिन्न सेवामा छुट”