स्याङ्जा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले मुलुकमा निर्वाचन सुनिश्चितताका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक भएको बताएका छन्। नेता थापाले मुलुकमा निर्वाचन गराउनका लागि काँग्रेस नेतृत्व मात्रै सफल भएको दाबीसमेत गरे। नेपाल प्रेस युनियन स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले यदि कुनै दलले निर्वाचनको सुनिश्चितता गर्न सक्छ भने काँग्रेस सत्तामा नजाने पनि स्पष्ट पारे। Continue reading “निर्वाचन सुनिश्चितताका लागि कांग्रेस नेतृत्वको सरकार : गगन थापा”
Author: admin
बालिका बलात्कार गर्ने जेल चलान
सोलुखुम्बु- सल्लेरी २ फाप्लु सोलुखुम्बुकी छ वर्षीया बालिकालाई बलात्कार गर्ने दुई जनालाई कारागार चलान गरिएको छ। बालिका बलात्कार गर्ने फाप्लुकै १३ वर्षीय मिलन तामाङ र निजकै भाइ १२ वर्षीय पेम्बालाई जिल्ला अदालत सोलुखुम्बुले २०६९ साल वैशाख २८ गते पाँच महिना १८ दिन कैद सजाय सुनाएको थियो। उनीहरूको उमेर कम भएका कारण अभिभावकको जिम्मा लगाइएकामा जिल्ला प्रहरी कार्यालयले पुनःपक्राउ गरी अदालतमा बुझाएको हो। Continue reading “बालिका बलात्कार गर्ने जेल चलान”
एमाओवादी विश्वास गर्न नसकिने पार्टी : देउवा
इटहरी- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत नेकपा (माओवादी) पार्टीले आफ्नो महाधिवेशनका क्रममा ल्याएको राजनीतिक सहमतिको प्रस्ताव झुटको पुलिन्दामात्र भएको टिप्पणी गरेका छन्। नेता देउवाले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा माओवादीले बारम्बार अन्य पार्टीसँग सहमतिका लागि सर्तहरु राख्दै आएको तर कहिल्यै ती सर्तहरु इमान्दार भएर पालना नगर्ने पार्टी भएकाले उसका कुनै पनि प्रस्ताव झुटमात्र साबित हुँदै आएको दाबी गरे। Continue reading “एमाओवादी विश्वास गर्न नसकिने पार्टी : देउवा”
अपहरणकारी-प्रहरी भिडन्तमा दुई अपहरणकारीको मृत्यु
वीरगञ्ज- एक साताअघि अपहरणमा परेका एक आठ वर्षीय बालकलाई प्रहरीले आज बिहान सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई भेडियारी गाविस– ९ बाट उद्धार गरेको हो। स्थानीय रामनाथ गिरीको घरमा बन्धक बनाइराखिएको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक मनोहर भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज बिहान ४ बजे ती बालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। Continue reading “अपहरणकारी-प्रहरी भिडन्तमा दुई अपहरणकारीको मृत्यु”
एमाओवादीले निर्वाचन चाहेन : नेपाल
स्याङ्जा- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीले निर्वाचन नचाहेका कारण मुलुकमा निर्वाचन हुन नसकेको बताएका छन्। प्रेस चौतारी नेपालले आज स्याङ्जाको वालिङमा आयोजना गरेको पत्रकारसम्मेलनमा नेता नेपालले भन्नुभयो, “पटकपटक निर्वाचन गराउनका लागि मिति तय गर्ने नाटक गर्ने तर नगर्ने एमाओवादीको चरित्रका कारण निर्वाचन हुन नसकेको हो।” Continue reading “एमाओवादीले निर्वाचन चाहेन : नेपाल”
चीनमा गङ्नम स्टाइल
जीनत ६१ मा बिहे गर्दै
मुम्बई– आफ्नो जमानामा ‘सेक्स सिम्बोल’ रहेकी अभिनेत्री जीनत अमानले दोस्रोपटक बिहे गर्ने भएकी छन्। ‘हरे राम हरे कृष्ण (१९७२)’, ‘यादों की बारात (१९७३)’, ‘डन (१९७८)’ जस्ता फिल्मबाट तहल्का मच्चाएकी जीनत अहिले ६१ वर्ष पुगिन्। उनले सन् १९८५ मा मजार खानसँग बिहे गरेका थिए, जोसँगको सम्बन्धबाट उनका दुई छोरा अजान (२६) र जहान (२३) छन्। पति मजारको सन् १९९८ मा निधन भएपछि जीनत छोराहरुसँगै बस्दै आएकी छन्। सन् १९८० देखि एक वर्ष जीनतको नाम फिल्म निर्माता, अभिनेता सञ्जय खानसँग जोडिएको थियो। Continue reading “जीनत ६१ मा बिहे गर्दै”
५०० रुपैयाँमा डाइनोसोरको अन्डा किनबेच
एजेन्सी– करोडौं वर्षअघि पृथ्वीबाट लुप्त डाइनोसरका अन्डा पाँच सय भारतीय रुपैयाँमा किनबेच भइरहेको कसले पत्याउला र! तर छिमेकी देश भारतको मध्य प्रदेशको जीवावशेष क्षेत्र पाडल्यामा पाँच सय भारुमा डाइनोसोरका जीवावशेष अन्डा धमाधम बिक्री भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मध्य प्रदेशको धार मन्डला जिल्लाको पाडल्यामा ८९ हेक्टर क्षेत्रलाई भारतको पुरातत्व विभागले जीवावशेष क्षेत्र घोषणा गरेको थियो। Continue reading “५०० रुपैयाँमा डाइनोसोरको अन्डा किनबेच”
थारू छोक्रा गीतके भाव
सुशील चौधरी– लोक संगीत लोकसंस्कृतिक डह्रार हो। जस्टक डह्रार बेगर कौनो प्राणी जीव जिनवार न्याग डुल निसेक्ठ, ओस्टक लोकसंगीत बेगर लोकसंस्कृति चल ढ्वाल निस्याकठ। कौनो जाति ओ समुदायके लोकसंस्कृति कट्रा चोट्गर ओ चुम्मर बा कैक पटा पाइकलाग उ भाषाके लोकसंगीत क्रत्रा हिर्गर बा कैक जन्ना जरुरट रहठ। थारू भाषा लोकसंगीत ओ गीतके असिक ज्वाजा हुइलक भाषा हो, ज्याकर अनुसिलन ओ परशिलन अम्ही हुइ निसेक्लहो। डु दर्जनसे फे ढेउरनक लोकगीत प्रचलनम रहल बा। अस्टक छोक्रागीत फे थारू लोकसाहित्यके डर्गर खुँटा हो। Continue reading “थारू छोक्रा गीतके भाव”
वर्कीमार सब थारून्के घरेम रना चाही
पेशाले शिक्षक लोकसंस्कृतिवीद अशोक थारूक् वर्कीमारहे अन्तर्राष्ट्रिय करैनामे बरा हाँठ बटिन। थारू लोकसाहित्य, इतिहास, कला र दर्शन उहाँक् गहन पोष्टा हो। उहाँसे हाले कृष्णराज सर्वहारीक् करल उक्वार भेट। Continue reading “वर्कीमार सब थारून्के घरेम रना चाही”
