सूचना तथा सञ्चारमन्त्री यादवको सम्पत्ति कति?

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण प्रस्तुत गरेका छन्। सो विवरणअनुसार सिराहा चन्द्र अयोध्यापुरमा आमा नेपुरदेवी यादवको नाममा तीन बिघा जग्गामा रहेको दुई तले पक्की घर एक र अन्य चारवटा घर छन्। दाजु वेचन यादवको नाममा लहान नगरपालिकामा तीन तले घर तथा काठमाडौं कलङ्कीमा ६ आना र लहान नगरपालिकामा १० धुर जग्गा रहेको छ।
त्यस्तै, सिराहा चन्द्र अयोध्यापुरमा बाबु गङ्गाराम यादव र आमा नेपुरदेवी यादवको नाममा २५ बिघा जग्गा रहेको छ। Continue reading “सूचना तथा सञ्चारमन्त्री यादवको सम्पत्ति कति?”

नेतृत्व छनौटका लागि १५ सदस्यीय अध्यक्ष मण्डल गठन

हेटौंडा- एनेकपा (माओवादी)ले महाधिवेशनमार्फत् नेतृत्व छनौटका लागि १५ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ। महाधिवेशनस्थल हेटौंडा औद्योगिक क्षेत्रमा रहेको सूचना केन्द्रमा पत्रकार सम्मलेन गर्दै पार्टी प्रवक्ता अग्नि सापकोटाले तीन हजार प्रतिनिधि पर्यवेक्षक छनौट गरेको जानकारी दिए। आइतबार अपराह्न २ बजेदेखि सुरु हुने बन्दसत्रलाई दुई चरणमा विभाजन गरिएको छ। पहिलो चरण बिहान ७ देखि १२ बजेसम्म र दोस्रो चरण दिनको २ देखि बेलुकी ७ बजेसम्म चल्ने जानकारी प्रवक्ता सापकोटाले दिए।  Continue reading “नेतृत्व छनौटका लागि १५ सदस्यीय अध्यक्ष मण्डल गठन”

सङ्घीयतासहितको संविधानका लागि मोर्चा अडिग : गच्छदार

भद्रपुर- उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारले सङ्घीयतासहितको संविधान निर्माणका लागि मधेसी मोर्चा अडिग रहेको बताएका छन्। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्षसमेत रहनुभएका उनले आइतबार पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै मुलुकमा शान्ति स्थापना गर्न र सङ्घीयतासहितको संविधान निर्माण गराउन संविधान सभाको निर्वाचनै एकमात्र विकल्प रहेको स्पष्ट गरे। उनले मधेसी, आदिवासी, जनजाति, दलित र महिलाको अधिकारका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे। पार्टीको सङ्गठनलाई ग्रामीण क्षेत्रमा अझ बलियो बनाउनका लागि कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले जनताको मनोभावलाई बुझेर कार्य गर्न आग्रह गरे। Continue reading “सङ्घीयतासहितको संविधानका लागि मोर्चा अडिग : गच्छदार”

मलेसियामा खाइपाई आएको सुविधा कटौती हुने

मलेसियाली सरकारले आप्रवासी कामदार स्वयंले लेबी बुझाउनुपर्ने निर्णय गरेपछि त्यहाँ कार्यरत नेपाली कामदारले खाइपाई आएको सुविधा मासिक साढे ४ हजार रुपैयाँसम्म कटौती हुने भएको छ। मलेसियाले बुधबार गरेको नयाँ निर्णयसँगै वार्षिक प्रतिनेपाली कामदारको बढीमा ५२ हजार रुपैयाँ काटिनेछ। मलेसियामा ४ लाखभन्दा बढी नेपाली कामदार छन्। यही आँकडालाई आधार मान्दा रेमिटेन्सका रुपमा नेपाल भित्रँदै आएको वार्षिक २० अर्ब ८३ करोड २० लाख रुपैयाँ अब मलेसियाली सरकारलाई लेबीस्वरुप कामदारले बुझाउनुपर्नेछ।  Continue reading “मलेसियामा खाइपाई आएको सुविधा कटौती हुने”

अपहरित व्यापारीको हत्याले बजार बन्द

विराटनगर- विराटनगरका प्रतिष्ठित उद्योगी एवम् समाजसेवी गङ्गाविसन राठीको हत्या भएको विरोधमा आज विराटनगर बजार, उद्योग र तथा कलकारखाना बन्द गरिएको छ। मोरङ व्यापार सङ्घको आह्वानमा सो बन्द भएको हो। उक्त घटनाबाट विराटनगरका उद्योगी व्यावसायी त्रसित एवम् दुःखी भएका छन्। Continue reading “अपहरित व्यापारीको हत्याले बजार बन्द”

एमाओवादीको बन्दसत्र सुरु हुँदै

हेटौंडा- हेटौंडामा शनिबारदेखि सुरु भएको एकीकृत नेकपा (माओवादी) को सातौँ महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदैछ। मध्याह्न १२ बजेदेखि सुरु बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दस्तावेजसँगै, विभिन्न साङ्गठनिक प्रतिवेदन प्रस्तुत हुने बताइएको छ। त्यस्तै, दस्तावेजमा छलफल गर्नका लागि सहभागीलाई विभिन्न समूहमा विभाजन गरिने एमाओवादीले जनाएको छ। Continue reading “एमाओवादीको बन्दसत्र सुरु हुँदै”

एसएलसीमा चिट चोरे सबै परीक्षा रद्द

काठमाडौं- एसएलसी परीक्षामा चिट चोर्ने विद्यार्थीको सम्बन्धित विषयको मात्र नभई सबै परीक्षा रद्द हुने भएको छ। परीक्षालाई थप व्यपस्थित र मार्यादित बनाउन परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले यो निर्णय गरेको उपनियन्त्रक प्रह्लाद अर्यालले जनाए। ‘ऐन नियम फितलो भएकैले गत वर्षसम्म पनि परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निकै धौधौ पर्यो ,’ उनले भने, ‘त्यसैले यो वर्ष परीक्षा बोर्डको बैठकबाटै माध्यामिक शिक्षा परीक्षा सञ्चालन निर्देशिकामा संशोधन गरी चिट चोर्ने विद्यार्थीको सबै परीक्षा रद्द गर्ने निर्णय गरेको हो। अमर्यादित कार्य गर्ने विद्यार्थी पूरक परीक्षामा समेत सामेल हुन नपाउने व्यवस्था निर्देशिकामा छ। Continue reading “एसएलसीमा चिट चोरे सबै परीक्षा रद्द”

अबको प्रस्ताव विपक्षीले नमाने ठीक हुँदैन : दाहाल

तस्बिर : चन्द्रशेखर कार्की

हेटौंडा- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अब अगाडि सार्ने प्रस्ताव विपक्षीहरुले नमाने ठीक नहुने चेतावनी दिएका छन्। हेटौंडामा आजबाट सुरु पार्टीको सातौं महाधिवेशनमा बोल्दै अध्यक्ष दाहालले त्यस्तालाई जनताले ठीक पार्ने पनि दोहोर्‍याए। उनले दस वर्षको जनयुद्धपछि पार्टीले प्राप्त गरेको उपलव्धिलाई संस्थागत गर्दै दृढतापूर्वक अघि बढ्ने कुरामा जोड दिए। ‘हाम्रो पार्टी पक्कै १० वर्षको जनयुद्ध र त्यसपछिका क्रान्तिको मूल्य प्राप्त गरेको छ,’ उनले भने, यसलाई संस्थागत गर्दै दृढतापूर्वक अघि बढ्ने कुरामा हाम्रो पार्टीमा कुनै भ्रम छैन।’ Continue reading “अबको प्रस्ताव विपक्षीले नमाने ठीक हुँदैन : दाहाल”

बिराटनगरका ब्यापारी राठी र शिव सेना नेपालका अध्यक्षको शव फेला

विराटनगर०- अहपरणमा परेको २३ दिनपछि विराटनगरका उद्योगी गंगाविशन राठी र शिव सेना नेपालका अध्यक्ष चन्द्र चुडालको शव भारतको पश्चिम बंगाल राज्यस्थित टिस्टा खोलामा फेला परेको छ। अपहरणमा संलग्नको बयानका आधारमा अनुसन्धान गर्दा राठी र चुडालको शव भेटिएको उच्च प्रहरी स्रोतले जनाएको छ। अपहरित राठीलाई छुटाउन उनको परिवारले ५० लाख रुपियाँ फिरौतिसमेत बुझाइसकेका थिए। Continue reading “बिराटनगरका ब्यापारी राठी र शिव सेना नेपालका अध्यक्षको शव फेला”

सहारालाई हराउँदै थ्रीस्टारद्वारा उपाधि कब्जा

पोखरा- आयोजक सहारा क्लबलाई पराजित गर्दै थ्रीस्टारले ११ औं आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा थ्रीस्टारले घरेलु टोलीलाई १-० ले पराजित गर्दै उपाधीसँगै ३ लाख ५१ हजार हात पारेको छ। आहा गोल्डकपमा थ्रीस्टारको यो तेस्रो उपाधि हो भने प्रशिक्षक प्रदीप हुमागाईले क्लब सम्हालेपछिको पहिलो उपाधि हो। Continue reading “सहारालाई हराउँदै थ्रीस्टारद्वारा उपाधि कब्जा”