माओवादीको सातौं महाधिवेशन। तस्बिर : प्रदिपराज वन्त

एकीकृत माओवादीको सातौं महाधिवेशनको केन्द्रीय सम्पर्क कार्यालय हेटौंडाको औद्योगिक क्षेत्र भित्रबाट निस्किएको र्‍याली। तस्बिर : प्रदिपराज वन्त/रासस

भादा घुम्ने साइत

अमृत भादगाउँले- दाङ देउकुलीका गुरुबा भागवत दासले ‘थारू’ मात्र बस्न बसालेको कैलालीको एउटा बस्तीमा अचेल अरू जातिका मात्र होइन, विदेशीसमेत रात बिताउँछन्। उर्मा गाविस–८ को भादागाउँ थारु संस्कृति बुझ्ने खुला विद्यालय बन्दैछ। गाउँमा १६८ थारु परिवार बस्छ। ०६७ पुसदेखि गाउँमा होमस्टे पर्यटन सुरु गरिएको छ। हजारौं स्वदेसी र सयौं विदेसी भादाको संस्कृतीमा लठ्ठ परिसकेका छन्। थारू खाना, संस्कृति र जीवनशैली बुझ्न चाहनेका लागि गाउँका १८ घरमा होमस्टे सुविधा छ। Continue reading “भादा घुम्ने साइत”

साहुनीको पसलमा माइलाको व्यापार

चियापसल अर्थात् मजदुरको तिर्खाएको आँतदेखि सत्तामा नभएको पार्टीका नेताजीका मनसम्म शान्त पार्ने चौतारी। जहाँ यसै पनि भिन्न सोच, विचार र उमेर समूहका मान्छे हुन्छन्। त्यो चिया दोकानमा उम्लिरहेको दूध र बैँसले भरिएको साहुनीको जवानीमा ती सबैले आँखा पुर्‍याउँछन्। तर, साुहनी र ग्राहकलाई जोड्ने मुख्य पात्रलाई कसैले ख्यालै गर्दैन। यही अस्तित्वविहीन एउटा मान्छेको कथा हो, ‘माइला डटकम’।  Continue reading “साहुनीको पसलमा माइलाको व्यापार”

पश्चिमाञ्चलका उच्च प्रशासक सम्मानित

काठमाडौं- प्रधानन्यायाधीश खिलराज रेग्मीले पश्चिमाञ्चल विकास मञ्चको वार्षिक साधारणसभाका अवसरमा सरकारी निकायको उपल्लो तहमा हालै नियुक्त पाएका तथा बढुवा भएका सो विकास क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरे। सम्मानित हुनेहरुमा गरिबी निवारण कोषका उपाध्यक्ष युवराज पाण्डे, निर्वाचन आयोगका सचिव नारायणगोपाल मलेगु, सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक आत्माराम पाण्डे, स्थानीय विकास मन्त्रालयका शन्तबहादुर श्रेष्ठ र सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक ऋषवदेव भट्टराई छन्। Continue reading “पश्चिमाञ्चलका उच्च प्रशासक सम्मानित”

गौतमबुद्ध विमानस्थल चार वर्षभित्र अन्तर्राष्ट्रियस्तरको बन्ने

शरच्चन्द्र भण्डारी, काठमाडौं- भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थलमा स्तरोन्नति गर्ने सरकारी योजना अन्ततः सन् २०१६ को अन्त्यसम्ममा पूरा हुने भएको छ। राष्ट्रिय गौरवको उक्त आयोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई थप सहायता रकम उपलब्ध गराउन एसियाली विकास बैंक (एडिबी)ले सैद्धान्तिक सहमति जनाएपछि गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रियस्तरको विमानस्थलमा रुपान्तरण हुने पक्का भएको हो।  Continue reading “गौतमबुद्ध विमानस्थल चार वर्षभित्र अन्तर्राष्ट्रियस्तरको बन्ने”

चितवनका ३२ विद्यालय कारबाहीमा

चितवन- अनुमति प्राप्त गरेभन्दा बढी कक्षा सञ्चालन गरेका, अनुमति लिए पनि सञ्चालनमा नआएका र अनुमतिनै नलिई सञ्चालनमा आएका चितवनका ३२ वटा विद्यालयमाथि जिल्ला शिक्षा कार्यालयले कारबाही सुरु गरेको छ। कारबाही हुनेहरुमा यहाँका सुगमदेखि दुर्गमसम्मका निजी विद्यालय रहेका छन्। केही विद्यालयलाई जरिवाना र केहीलाई खारेजी गर्ने गरी कारबाही थालिएको शिक्षा कार्यालयले जनाएको छ। सो अनुसार १७ विद्यालयलाई जरिवाना र १५ विद्यालय खारेज गर्ने कार्य सुरु भएको हो। Continue reading “चितवनका ३२ विद्यालय कारबाहीमा”

भ्रष्टाचार, अपराधविरुद्धको अभियान टोली पर्सामा

पर्सा- मुलकमा बढ्दै गएको भ्रष्टाचार, अपराध र हिंसाविरुद्ध जनतालाई जागरुक गरी पारदर्शी र विधिको शासनसहितको नयाँ नेपाल निर्माण गर्न म्याक्ट नेपालले कञ्चनपुरबाट सुरु गरेको मेची–महाकाली अभियान आज वीरगन्जबाट बाराका लागि प्रस्थान गरेको छ। कञ्चनपुरको टनकपुरबाट माघ ७ गते सुरु भएको चेतना अभियान कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन, मकवानपुरहुँदै शुक्रबार पर्साको वीरगन्ज आएको हो। Continue reading “भ्रष्टाचार, अपराधविरुद्धको अभियान टोली पर्सामा”

महोत्सवका लागि ४० लाख सङ्कलन

दाङ- बहुउद्देश्यीय सामुदायिक सभागृह निर्माण गर्ने उद्देश्यले दाङको घोराहीमा सञ्चालन हुन गइरहेको दाङ व्यापारिक तथा पर्यटन महोत्सवको प्रायोजन र विभिन्न निकायको सहयोग महोत्सव अगावै अहिलेसम्म करिब रु ४० लाख सङ्कलन भएको छ। दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा यही माघ २८ देखि फागुन ८ गतेसम्म हुने महोत्सवका लागि मुख्य प्रायोजक, विशेष प्रायोजक, प्रायोजक, विशेष सहयोगी एवं अन्य विभिन्न निकायबाट अहिलेसम्म रु ४० लाख सङ्कलन भएको महोत्सव मूल आयोजक समितिका संयोजक मधुसुधन वैद्यले जानकारी दिए। Continue reading “महोत्सवका लागि ४० लाख सङ्कलन”