सहमतीय सरकारको विकल्प छैन : नेपाल

नेपालगन्ज- नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा निर्वाचनका लागि राष्ट्रिय सहमतीय सरकारको विकल्प नभएको बताएका छन्। प्रेस चौतारी, बाँकेले आज नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने— ‘वर्तमान सरकार असंवैधानिक भएकाले यो सरकारले निर्वाचन गराउनै सक्दैन।’ Continue reading “सहमतीय सरकारको विकल्प छैन : नेपाल”

भैरहवा कारागारमा सुरक्षा पर्खाल नै छैन

भैरहवा- भैरहवास्थित जिल्ला कारागारमा सुरक्षा पर्खाल नहुँदा र क्षमताभन्दा बढी बन्दी राख्नु पर्दा असुरिक्षत र असुविधाजनक बनेको छ। विक्रम सम्वत् १९९० मा स्थापना भएको उक्त कारागारको चारैतिर खुला रहेकाले कारागार असुरिक्षत बनेको हो। सुरक्षा पर्खात नहुँदा कारागारमा सबै क्षेत्रबाट जो कोहीभित्र सहजै रुपमा भित्र प्रवेश गर्ने गरेका छन्। जिल्ला कारागारका प्रमुख सूर्यबहादुर यादवले कारागारजस्तो संवेदनशील क्षेत्रमा सुरक्षा पर्खाल नहुँदा स्थानीय बासिन्दाका हाँस, कुखुरा, गाई, गोरु, कुकुर र बाख्रासमेत कारागार क्षेत्रमा सहजै प्रवेश गर्ने गरेको बताए। Continue reading “भैरहवा कारागारमा सुरक्षा पर्खाल नै छैन”

यौन रोग र समस्याबारे खुल्न थाले बाँकेका महिला

बाँके- चेतनाको विकाससँगै बाँके जिल्लाका मधेसी महिला आफ्नो पाठेघर तथा यौनसम्बन्धी रोग र समस्याबारे खुल्न थालेका छन्। गाउँगाउँमा छलफल र जनचेतनाका कार्यक्रम सुरु भएपछि उनीहरु पनि सचेतीकरणको पाटोमा लागेका हुन्। पाठेघर खस्ने, यौन तथा शारीरिक समस्या भन्न लज्जाउने मधेसी महिला हिजोआज आफ्नो समस्या स्वास्थ्य चौकीमा पुगेर खुलेर राख्न थालेका छन्।  Continue reading “यौन रोग र समस्याबारे खुल्न थाले बाँकेका महिला”

श्रीमतीको जिउँदै जलाएर हत्या गरेको भन्दै विरोध

जुम्ला- श्रीमतीलाई मट्टितेल खन्याएर जिउँदै जलायर हत्या गरेको भन्दै महिला अधिकारकर्मीले बिहीबार जुम्लामा विरोध र्‍यालीसहित प्रेस विज्ञप्ति निकालेका छन्। पढाइको सिलसिलामा सुर्खेत गएका जुम्ला चन्दनाथ–३ भण्डारीवाडाका कमल भण्डारी र उनकी श्रीमती कमला बुडथापा (भण्डारी) करिब एक हप्तादेखिसँगै बस्दै आएको र परिवारभित्र नै आन्तरिक झगडापछि माघ १२ गते राति सुतेको अवस्थामा मट्टितेल खन्याई आगो लगाएपछि सख्त घाइते भएकी कमलालाई नजिकको आफन्तले नेपालगन्ज भेरी अञ्चल अस्पतालमा ल्याएपछि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ। Continue reading “श्रीमतीको जिउँदै जलाएर हत्या गरेको भन्दै विरोध”

ऋण काढेर परिचयपत्र लिँदै मुक्त हलिया

कञ्चनपुर- ऋण काढेर कञ्चनपुरका मुक्त हलिया परिचयपत्र लिन भूमिसुधार कार्यालय महेन्द्रनगर पुगेका छन्। दक्षिणी क्षेत्र रैकवारविचवा–४ कलुवापुरका मुक्त हलियाले तीन महिनासम्म कार्यालय धाउँदा पनि परिचयपत्र पाएका छैनन्। कलुवापुरकी धनु दमाईले ऋण निकालेर परिचयपत्र लिन कार्यालय आएको बताइन्। घरायसी कमजोर अवस्था भएकाले गाडी भाडाका लागि ऋण निकालेको उनले बताइन्। Continue reading “ऋण काढेर परिचयपत्र लिँदै मुक्त हलिया”

सिरहाका उत्तरी गाविसमा खानेपानीको हाहाकार

लहान- सिरहाको उत्तरी क्षेत्रमा पर्ने करिब आधादर्जन गाविसमा खानेपानीको हाहाकार भएपछि स्थानीयबासिन्दाले सकस झेल्नु परेको छ। गर्मीयाम सुरु हुनुअगावै चुरेक्षेत्रसँगै जोडिएका जमदह, धनगढी, अयोध्यानगर, चन्द्रलालपुर, चन्द्रोदयपुर, विष्णुपुरकट्टीलगायतका गाविसका विभिन्न गाउँमा इनार, कलजस्ता पानीका स्रोत सुक्न थालेपछि पानीको हाहाकार भएको हो। पानीका स्रोत सुक्न थालेपछि चिन्ताले पिरोलिन थालेका छन्, स्थानीय गाउँलेहरु। विष्णुपुरकट्टी गाविसको वडा नं. २ र ७ नं. वडाका गाउँमा पानीको मुख्य स्रोतको रुपमा रहेको इनार सुक्न थालेपछि पानीको अभाव भएको स्थानीय गाउँलेहरु बताउँछन्। Continue reading “सिरहाका उत्तरी गाविसमा खानेपानीको हाहाकार”

हेटौंडामा एमाओवादीको महाधिवेशन उद्‍‍‍घाटन

रमेश लम्साल, हेटौंडा- मकवानपुरको हेटौंडामा भोलि (शनिबार)देखि सुरु हुने एकीकृत नेकपा (माओवादी)को सातौं महाधिवेशनको तयारी पूरा भएको छ। पार्टी जीवनको २२ वर्षपछि हुन लागेको महाधिवेशनलाई सफल पार्न सो पार्टीले गरेको तयारी र अन्य कामकारबाही हेर्दा लाग्छ एउटा क्रान्तिकारी उत्सवको तयारी गरिँदैछ। चार हजारभन्दा बढी मानिसको छ दिनसम्म हुने जमघटले हेटौंडामा उत्साहको लहर छाएको अनुभूति भइरहेको छ। दस वर्षे जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेश गरेपछि पटक पटक महाधिवेशनको चर्चा चलेपनि यस पटक भने त्यसले साकार रुप पाउन लागेको छ। Continue reading “हेटौंडामा एमाओवादीको महाधिवेशन उद्‍‍‍घाटन”

निर्वाचन गराउने हैसियत यो सरकारको छैन : देउवा

इटहरी- नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाबुराम भट्टराई नेतृत्वको सरकारसँग नयाँ जनादेशका लागि हुने संविधानसभाको निर्वाचन गराउने कुनै हैसियत नै नभएको बताएका छन्। उनले प्रश्न गरे – संवैधानिक निकायहरु खाली बनेको अवस्थामा यो सरकारले कसरी संविधानसभाको निर्वाचन गर्न सक्छ? Continue reading “निर्वाचन गराउने हैसियत यो सरकारको छैन : देउवा”

उच्चबाँध अध्ययन गर्न दिन्नौं : मोर्चा

इटहरी- भारत नेपाल उच्चस्तरीय जलस्रोत बैठकले सुनसरीको बराहक्षेत्रमा रहेको सप्तकोसी उच्चबाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी स्टोरेज, डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि दुई वर्ष म्याद थपेकोमा विरोध जनाउँदै नेकपा–माओवादीसम्बद्ध किराँत राष्ट्रिय मुक्ति मोर्चाले त्यसविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। मोर्चाले सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी सप्तकोसी उच्चबाँधसँग सम्बन्धित बाँकी कार्यहरु कुनै पनि हालतमा सम्पन्न हुन नदिने अडान सार्वजनिक गरेको हो। Continue reading “उच्चबाँध अध्ययन गर्न दिन्नौं : मोर्चा”

झाँडीमा नवजात शिशुको शव

गोलबजार- सिरहाको दक्षिणवर्ती गाविस मझौरामा एक नवजात शिशुको शव फेला परेको छ। मझौरा गाविस– ३ स्थित पोखरीको झाँडीमा नवजात शिशुको शव फेला परेको हो। वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाका अनुसार नवजात शिशुको शव हिजो साँझ नै फेला परे पनि कसको हो भनी खुल्न सकेका छैन। शिशु फाल्ने महिलाको खोजी भइरहेको प्रहरी निरीक्षक खतिवडाले बताए। Continue reading “झाँडीमा नवजात शिशुको शव”