तलब नपाएको झोकमा शिक्षकले स्कुल बन्द गरे

चितवन- लामो समयदेखि आफूहरुले तलब नपाएको भन्दै चितवनको विकटमा रहेको माडी बाँदरझुला निमाविका शिक्षकले विद्यालय बन्द गराएका छन्। शिक्षकहरुको आन्दोलनका कारण माडी अयोध्यापुरी– ९ मा रहेको बाँदरझुला निमावि विगत पाँच दिनदेखि बन्द हुन पुगेको छ। दस महिनादेखि तलब नपाएकाले आफूहरु गत शुक्रबारदेखि विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रनु परेको शिक्षक माधव पौडेलले बताए।  Continue reading “तलब नपाएको झोकमा शिक्षकले स्कुल बन्द गरे”

उद्योगमा आगलागी हुँदा लाखौंको क्षति

वीरगन्ज- वीरगन्ज पथलैया औद्योगिक क्षेत्रस्थित बाराको छातापिप्रा– ३ स्थित नेपाल लुब्रिकेन्टस प्रालिमा गएराति आगलागी भएको छ। अचानक बिजुलीको तार सर्ट भई भएको आगलागीबाट लाखौँको सामान जलेर नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा वीरगन्जबाट गएको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । Continue reading “उद्योगमा आगलागी हुँदा लाखौंको क्षति”

टोयोटा फेरि नम्बर एक

टोकियो, बिबिसी- जापानी मोटर उत्पादक कम्पनी टोयोटाले बिक्री संख्याका आधारमा फेरि पहिलो स्थान ओगट्न सफल भएको छ। टोयोटाले सन् २०१२ मा ९७ लाख ५० हजार गाडी बिक्री गरेको छ। यो अघिल्लो वर्षको दाँजोमा २२ प्रतिशत बढी हो। २०११ मा सबैभन्दा धेरै गाडी बिक्री गरेको अमेरिकी कम्पनी जनरल मोटर्सले २०१२ मा ९२ लाख ९० हजार बेचेको थियो। जापानमा गत वर्ष आएको सुनामी र थाइल्यान्डको बाढीका कारण २०११ मा टोयोटाको उत्पादन तथा बिक्री घटेको थियो। प्राकृतिक प्रकोपछि टोयोटालगायत जापानी कम्पनीको उत्पादन क्रमिक रूपमा बढेको छ।  Continue reading “टोयोटा फेरि नम्बर एक”

कांग्रेस निर्वाचन गर्न तम्तयार छ : पौडेल

बागलुङ- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाको नयाँ निर्वाचन गर्न काँग्रेस तयार रहेको बताएका छन्। एमाओवादीले निर्वाचनको सुनिश्चितता भए सत्ता त्याग गर्ने बताइरहेका बेला पौडेलको यस्तो भनाइ बाहिर आएको हो। प्रेस युनियन बागलुङले आज बिहान आयोजना गरेको पत्रकार भेटघाटमा श्री पौडेलले जेठभित्रै संविधानसभा निर्वाचन गर्ने सुनिश्चिततासहित सरकारको नेतृत्व गर्न आफूहरु तयार रहेको बताए।
संविधान सभा निर्वाचन नै कांग्रेसको पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो। Continue reading “कांग्रेस निर्वाचन गर्न तम्तयार छ : पौडेल”

जिविस सप्तरीद्वारा तीन गाविस सचिव निलम्बन

सप्तरी५- जिल्ला विकास समिति सप्तरीले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै तीनजना गाविस सचिवलाई दुई महिनाका लागि निलम्बन गरेको छ। जिविसले सप्तरीको टिकुलिया गाविसका सचिव रामदत्त यादव, सिस्वाबेल्ही गाविसका सचिव हरिनारायण यादव र औरही गाविसका सचिव महिनारायण चौधरीलाई निलम्बन गरिएको जिविसले जनाएको छ। Continue reading “जिविस सप्तरीद्वारा तीन गाविस सचिव निलम्बन”

कुष्ठरोग निवारण अझै चुनौतीपूर्ण

वीरगन्ज- शरीर छुँदा वा घोच्दा थाहा नहुने लाटो, फुस्रो वा रातो रङ्गको दाग छ, वा हातखुट्टा झमझमाउँछन् भन्ने होस पुर्‍याउनु होला। यो कुष्ठ रोगको लक्षण पनि हुन सक्दछ। त्यसैले यस्तो लक्षण थाहा पाउने बित्तिकै नजिकको स्वास्थ्य संस्था वा छाला रोग विशेषज्ञ कहाँ गएर जाँच गराउन नबिर्सनु होला।  Continue reading “कुष्ठरोग निवारण अझै चुनौतीपूर्ण”

अदालत अवहेलनाको मनसाय नभएको प्रधानमन्त्रीको स्पष्टोक्ति

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान र विस्तृत शान्तिसम्झौताको व्यवस्थाबमोजिम व्यक्त धारणालाई लिएर परेको अदालतको आदेशको अपहेलनासम्बन्धी रिट जारी हुन सक्ने आधार र कारण नभएकाले खारेज गर्न माग गरेका छन्। सर्वोच्च अदालतमा आज आफैँ उपस्थित भएर लिखित जवाफ बुझाउनुभएका प्रधानमन्त्री डा भट्टराईले अन्तर्राष्ट्रिय मान्यता र द्वन्द्वकालिन घटनाको विशिष्ट प्रकृति तथा स्पष्ट संवैधानिक प्रावधानलाई विचार नगरी पत्रकार डेकेन्द्र थापाको हत्यासम्बन्धी घटना नियमित फौजदारी प्रक्रियाबाटै हेरिने विषय नभएको भनी आफूले दिएको अभिव्यक्तिबाट अदालतको अपहेलना हुन नसक्ने उल्लेख गरे।  Continue reading “अदालत अवहेलनाको मनसाय नभएको प्रधानमन्त्रीको स्पष्टोक्ति”

बजेट निकासा नहुँदा अन्तरजातीय जोडीले प्रोत्साहन रकम पाएनन्

मोरङ- अन्तरजातीय विवाह गर्ने जोडीहरु रकम निकास नहुँदा सरकारले घोषणा गरेको प्रोत्साहन रकम पाउनबाट वञ्चित भएका छन्। जिल्ला प्रशासन कार्यालय मोरङमा प्रोत्साहन रकम लिन दिनहुँ धाउँदा पनि रकम निकास नभएको भन्ने जवाफ पाएर रित्तो हात फर्कन बाध्य भइरहेका छन्। तीन वर्षअघि सरकारले दलित र गैरदलित जोडीलाई जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ता गरेपछि हरेक जोडीलाई रु एकलाख प्रोत्साहन रकम दिने घोषणा गरेको थियो। तर रकम पाउन रित पुर्‍याएर निवेदन दिएको वर्ष बित्न लाग्दा पनि रकम पाउन नसकेपछि जोडीहरु निरास हुन थालेका छन्। Continue reading “बजेट निकासा नहुँदा अन्तरजातीय जोडीले प्रोत्साहन रकम पाएनन्”

उखु किसान र प्रहरीबीच झडप

परासी- नवलपरासी सदरमुकाम परासीमा उखुको मूल्य निर्धारण गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिन आएका उखु उत्पादक किसानलाई प्रहरीले सोमबार हस्तक्षेप गरी नियन्त्रणमा लिएको छ। नवलपरासीको दक्षिणीभेगबाट हातहातमा उखु लिएर सदरमुकाम जाँदै गर्दा बुद्धचोकबाटै प्रहरीले लाठीचार्ज गरेर उनीहरुलाई पक्राउ गरेको हो।  Continue reading “उखु किसान र प्रहरीबीच झडप”