कुन संगीतकारको दैलो कुरिएन?

विकास चौधरी, संगीतकार

संगीतबाहेक कतै करिअर सोच्ने मौकै पाइएन। तोतेबोलीमै गीत गाउन थालेपछि परिवारले हौसला थप्दै गयो, मैले गला तिखार्दै गएँ। स्कुलमा पनि गीत गाउन सक्ने भएकै कारण गुरु/गुरुआमाको प्यारो चेलो थिएँ। एसएलसी सकेपछि के विषय पढेर के बन्ने भन्नेबारे साथीहरू खुब सल्लाह गर्थे। मलाई पनि ‘के पढ्छस् ओई’ भनेर सोध्थे। म त ढुक्कै भनिदिन्थेँ, ‘गायक र संगीतकार बन्छु।’ कतिलाई विश्वास लाग्थ्यो, कतिलाई लाग्थेन।  Continue reading “कुन संगीतकारको दैलो कुरिएन?”

कञ्चनपुरका कमैया समूह। तस्बिर : राजेन्द्रप्रसाद पनेरु


कञ्चनपुरको देखतभूली जाँईका मुक्त कमैंया समुहको बचत परिचालन गर्नेबारे छलफल गर्दै। समुहमा बचत गरी मुक्त कमैंयाहरुले आयआर्जनका कार्यक्रम सञ्चालन गरेका छन। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

दस हजार मान्छे ल्याउन सक्दिन : गच्छदार

प्रकाश तिमल्सिना, काठमाडौं- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफ्नो पार्टीले प्रतिबद्धता गरेअनुसार १० हजार सर्वसाधारण सभामा ल्याउन नसक्ने जानकारी दिएका छन्। सत्तापक्ष संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको नाममा बुधबार हुने आमसभामा गच्छदारले १० हजार सर्वसाधारण ल्याउन नसक्ने भन्दै पन्छिएको सहभागी स्रोतले बतायो। Continue reading “दस हजार मान्छे ल्याउन सक्दिन : गच्छदार”

एकाध मान्छेले ढुङ्गा हानेकै भरमा सरकार छाड्दैनौं : दाहाल

ललितपुर- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एकाध मान्छेले ढुङ्गा हानेकै भरमा जनताले चाहेको परिवर्तन नरोकिने बताएका छन्। उनले ढुङ्गा हानेकै भरमा एमाओवादीले समेत सरकार नछाड्ने बताए। ललितपुरको मङ्गलबजारमा एमाओवादी ललितपुरको सातौं जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले आफ्नो पार्टीको महाधिवेशन भाँड्न विपक्षी दलले एक दर्जनको हाराहारीमा मान्छे पठाएर फासीवादी चरित्र प्रदर्शन गरेको र यस्तो व्यवहारले एमाओवादीलाई नभई उनीहरूलाई घाटा हुने बताए। Continue reading “एकाध मान्छेले ढुङ्गा हानेकै भरमा सरकार छाड्दैनौं : दाहाल”

एमाओवादी पर्सा अधिवेशनमा कुर्सी हानाहान

वीरगञ्ज- एमाओवादीको पर्सा जिल्ला सम्मेलनमा प्रतिनिधि छनौटको विषयलाई लिएर विवाद हुँदा ११ कुर्सी भाँचिएका छन्। वीरगञ्जस्थित नगरसभागृहको मञ्चबाट संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिमा छनौट हुनेको नाम भने लगत्तै त्यसमा असन्तुष्ट पक्षले मञ्चमा चढेर कुर्सी भाँच्दै तोडफोडमा उत्रिएका छन्। जिल्ला इन्चार्ज छत्रबहादुर श्रेष्ठ अनिलले आफ्ना आसेपासेलाई प्रतिनिधमा छनौट गरी त्यागी नेतालाई पछि पारेको भन्दै उनीहरु विरोधमा उत्रिएका थिए। असन्तुष्ट पक्षले विरोध जनाएपछि मञ्चमा बसिरहेका जिल्ला इन्चार्ज श्रेष्ठ, सहइन्चार्ज बाबुराम कौशिक सहितका नेताहरु भागेका थिए। Continue reading “एमाओवादी पर्सा अधिवेशनमा कुर्सी हानाहान”

विस्थापित पत्रकार दैलेख फर्किए

सुर्खेत- असुरक्षाका कारण सुर्खेतमा बस्दै आएका दैलेखका २२ जना पत्रकार मङ्गलबार बिहान दैलेख फर्किएका छन्। एमाओवादीका कार्यकर्ताले ज्यान मार्ने धम्की दिएपछि उनीहरु विस्थापित भएका थिए। पत्रकार डेकेन्द्रराज थापाका हत्या आरोपीहरु पक्राउ गरिएपछि अनुसन्धान अघि बढाउन दबाब दिएकै कारण पत्रकारले ज्यान मार्ने धम्की खानुपरेको थियो।  Continue reading “विस्थापित पत्रकार दैलेख फर्किए”

स्वास्थ्य र शिक्षाको दायित्व राज्यको : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले स्वास्थ्य सेवा र शिक्षाजस्तो मानिसको आधारभूत अधिकारको दायित्व राज्यले लिनुपर्ने भए पनि स्रोत साधनको अभावको कारण त्यसो गर्न नसकिएको बताउनुभएको छ। स्वास्थ्य सेवा नागरिकका सबैभन्दा ठूलो अधिकार हो र यसलाई प्रत्येक मान्छेले निःशुल्क तथा अनिवार्यरुपमा प्राप्त गर्नुपर्ने भए पनि दुर्भाग्यवश यो सेवामा पनि धनी र गरिबबीचमा रहेको विभेद् अन्त्य गरी समाज रुपान्तरण गर्न समय लाग्ने प्रधानमन्त्री भट्टराईले बताए।  Continue reading “स्वास्थ्य र शिक्षाको दायित्व राज्यको : प्रधानमन्त्री”

बस दुर्घटना हुँदा २१ यात्रु घाइते

इटहरी- सुनसरी जिल्लाको इटहरी–५ बालग्राम चोकस्थित राजमार्गमा दुई यात्रुवाहक बस जुध्दा ती दुवै बसमा यात्रारत २१ यात्रु घाइते भएका छन्। सो घटनामा परी एकजना यात्रु गम्भीर घाइते भएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। दुर्घटनामा परी गम्भीर घाइते हुने झापाको मेचीनगर–१० निवासी २८ वर्षीय उपेन्द्रकुमार कार्की रहेको प्रहरीले जनाएको छ। उनीसँगै गम्भीर अवस्थाका नौ जना घाइतेको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ। Continue reading “बस दुर्घटना हुँदा २१ यात्रु घाइते”

दलीय स्वार्थका कारण मुलुकले निकास पाएन : यादव

विराटनगर- सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले राजनीतिक दलहरुको स्वार्थका कारण मुलुकले वर्तमान सङ्कटबाट निकास पाउन नसकेको तथा संविधानसभा निर्वाचन गराउनसमेत समस्या भएको बताएका छन्। मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले मुलुकलाई निकास दिन र नयाँ संविधान निर्माण गर्न संविधान सभा निर्वाचनको विकल्प नरहेको स्पष्ट गरे। Continue reading “दलीय स्वार्थका कारण मुलुकले निकास पाएन : यादव”

दुई महिनादेखिको तालाबन्दीले पठनपाठन प्रभावित

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा रहेको शारदा विद्यापीठमा कर्मचारी र प्राचार्यबीचको विवादले तालाबन्दी हुँदा दुई महिनादेखि पठनपाठनको कार्य प्रभावित भएको छ। विद्यापीठका कर्मचारीहरुले प्राचार्यको राजीनामासहित सेवासुविधा बढाउनुपर्ने माग अघि सार्दै मङि्सर १३ गतेदेखि तालाबन्दी गरेका हुन्। संस्कृत पढाइ हुने यहाँको एक मात्रै क्याम्पसमा लामो समयदेखि तालबन्दी हुँदा यहाँ अध्ययनरत विद्यार्थीको पठनपाठनको कार्य पूर्णरुपमा प्रभावित हुँदै आएको छ। Continue reading “दुई महिनादेखिको तालाबन्दीले पठनपाठन प्रभावित”