इटहरी- एमाओवादीको महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौटका लागि सुनसरीको इटहरीमा आयोजित गोप्य जिल्ला भेलामा आपसमै कुर्सी हानाहान भएको छ। दुई दिनसम्म अति गोप्य ढङ्गले भएको जिल्ला भेलाको दोस्रो दिन प्रतिनिधि छनौटका क्रममा आपसमा हात हालाहालको स्थिति पैदा भएपछि प्रहरी नै बोलाउनु परेको थियो। Continue reading “एमाओवादीको जिल्ला प्रतिनिधि छनौटमा कुर्सी हानाहान”
Author: admin
सहिद दुर्गानन्दको सम्मान
हिमांशु चौधरी, जनकपुरधाम- नेपालका प्रथम गणतन्त्रवादी सहिद दुर्गानन्द झाको ५० औँ बलिदान दिवस आज विविध कार्यक्रमसहित मनाइँदैछ। विसं २०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित संसद र संसदीय सरकार विघटन गरी लोकतन्त्रको हत्या गरिएको भन्दै विसं २०१८ माघ ९ गते झाले राजामाथि बम प्रहार गरेका थिए। Continue reading “सहिद दुर्गानन्दको सम्मान”
क्रान्तिकारी विद्यार्थी सङ्गठनको अध्यक्षमा राना
बुटवल- नेकपा-माओवादी निकट विद्यार्थी सङ्गठन क्रान्तिकारी विद्यार्थी सङ्गठन नेपाल रूपन्देही जिल्ला कमिटीले पूर्णता पाएको छ। विक्रम रानाको अध्यक्षतामा गठित जिल्ला कमिटीका उपाध्यक्षमा प्रेमबहादुर लामिछाने, सचिवमा शिवराज पौडेल, सहसचिवमा पूर्णचन्द्र भट्टराई र कोषाध्यक्षमा मोहन कुँवर रहेका छन्। Continue reading “क्रान्तिकारी विद्यार्थी सङ्गठनको अध्यक्षमा राना”
भ्रष्टाचारविरुद्ध भोकहडताल
सप्तरी- भ्रष्टाचारविरुद्ध आन्दोलनरत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)ले भोकहडताल सहितका नयाँ चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। भ्रष्टाचारीलाई कारबाही गर्न सम्बन्धित निकायले आलटाल गरेको र भ्रष्टाचार बढ्दै गएका कारण उक्त पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। जिविस सप्तरीमा भएको अनयमितता छानबिन भए पनि राम्रोसँग नगरिएको तथा भ्रष्टाचारीलाई उन्मुक्ति दिँदै पेस्की रकम असुल गर्न कुनै किसिमको प्रक्रिया नचालिएका कारण पुनः आन्दोलनमा उत्रनुपरेको सो पार्टीका केन्द्रीय अध्यक्ष विकास तिवारीले जानकारी दिए। Continue reading “भ्रष्टाचारविरुद्ध भोकहडताल”
तीन मिनेटमा खरानी भयो नाइट कल्ब
एजेन्सी– ब्राजिलको दक्षिणी शहर सान्ता मारियास्थित एउटा नाइट क्लबमा आइतबार भएको आगलागीमा दुई सय ४५ मारिएका छन्। उद्धारकार्य जारी भएकाले मृतक संख्या बढ्न सक्ने प्रहरीले बताएको छ। स्थानीय प्रहरी अधिकारीले त्यहाँको किस नाइट क्लबमा आइतबार सवेरै स्थानीय समय अनुसार करिब दुई बजे आगो लागेको थियो। आगलागी भएपछि एउटै मात्र निकास–द्वार भएका कारण भागदौड मच्चिँदा ठूलो संख्यामा घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। अधिकांश मृतक विश्वविद्यालयका छात्र भएको अनुमान स्थानीय प्रहरीले गरेको छ। Continue reading “तीन मिनेटमा खरानी भयो नाइट कल्ब”
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
एसिसी महिला क्रिकेट च्याम्पियनसिप अन्तर्गत हङकङले दिएको ५४ रन पछ्याउने क्रममा नेपालका तीन विकेट सुरुमै झरे पनि सरिता मगर र नेरी थापाले सम्हालिएर ब्याटिङ गरेपछि नेपालले प्रतियोगितामा लगातार चौथो विजय हात पारेको छ। यो जितसँगै नेपाल समूह विजेता भएर सेमिफाइनलमा पुगेको छ। सरिता १४ रन बनाएर आउट हुँदा नेपाललाई विजयका लागि नौ ओभरमा थप १४ रनमात्रै आवश्यक थियो जसलाई नेरी थापा र रुबिना क्षेत्रीले १८ औँ ओभरमा पूरा गरिन्। नेरीले अविजित २३ रन बनाइन् भने रुबिनाले सात। Continue reading “नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा”
जोकोभिचको ह्याट्रिक
मेलबर्न, एएफपी– नोभाक जोकोभिचले आईतबार एण्डी मरेलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपनमा व्यावसायिक युगको उपाधि ह्याटि्रक पूरा गरेका छन्। जोकोभिचले उपाधि रक्षाका लागि चार सेटसम्म संघर्ष गर्नुपरेको थियो। ३ घण्टा ४० मिनेट चलेको भिडन्तको पहिलो सेट विश्व नम्बर एक खेलाडीले ६–७ (२/७) को नतिजामा हारेपछि बाँकी तीन सेटमा पुनरागमन जनाएका थिए। दोस्रो सेट टाई ब्रेकरमा ७–६ (७/३) ले आफ्नो पक्षमा पारेका जोकोभिचले त्यसपछि तेस्रो सेटमा ६–३ तथा चौथोमा ६–२ को नतिजा निकालेका थिए। Continue reading “जोकोभिचको ह्याट्रिक”
ऐसको सेक्सी लुक
बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चन परिवारकी बुहारी भएपछि आधुनिकभन्दा परम्परागत पहिरनमा बढी देखिन्छिन्। तर, कुनै समय यस्तो थियो, जतिबेला उनीसमेत निकै रिभिलिङ पोशाकमा देखिन्थिन्। फिल्म र मोडलिङ दुवैतिर जमेकी ऐस अभिषेक बच्चनसँग बिहे हुनुपूर्व खासगरी क्लिभेज मजाले देखिने खालका पहिरनमा ठाँटिन्थिन्। Continue reading “ऐसको सेक्सी लुक”
समाचार कक्षमै महिला पत्रकारमाथि बलात्कार प्रयास
विराटनगर- विराटनगरस्थित बी एफएममा कार्यरत एक महिला पत्रकारमाथि यौन दुर्व्यवहारको प्रयास भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सो एफएमका समाचार प्रमुख भक्त राईले एफएमको समाचार कक्षमा २२ वर्षीया पत्रकार महिलामाथि दुर्व्यवहारको प्रयास गरेको किटानी उजुरी परेको जनाएको छ। Continue reading “समाचार कक्षमै महिला पत्रकारमाथि बलात्कार प्रयास”
वर्तमान सरकारको बहिर्गमन नै राजनीतिक समस्याको निकास
वीरगन्ज- नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले अहिलेको राजनीतिक समस्या निकासको प्रारम्भबिन्दु नै वर्तमान सरकारको बहिर्गमन भएको बताएकी छन्। वर्तमान सरकारले सबै दलहरुको विश्वास गुमाएको तथा राजनीतिक संस्कार र चरित्रसमेत अङ्गाल्न नसकेका कारण मुलुकमा राजनीतिक सहमति हुन सकेको छैन्, प्रेस चौतारी नेपाल पर्साद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्– ‘राजनीतिक, संवैधानिक र नैतिक हिसाबले पनि वर्तमान सरकारको बहिर्गमन हुनुपर्छ।’ Continue reading “वर्तमान सरकारको बहिर्गमन नै राजनीतिक समस्याको निकास”