काठमाडौं- प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले २६ डिएसपीको बढुवा गरेको छ। डिआइजीमा बढुवा विवादित भएपछि अन्तिम तयारीमा रहेको डिएसपी बढुवा रोकिएको थियो। बिहीबार अजय भट्टराई, प्रकाश अधिकारी, उत्तम सुवेदी, धीरजप्रताप सिंह र वसन्त लामा लगायत २६ जना बढुवामा परे। डिएसपीको बढुवा गर्दा उनीहरुको वरिष्ठताक्रममा व्यापक हेरफेरसमेत गरिएको छ। एसपीको बढुवा तयारी अन्तिम प्रकृयामा रहेको गृह स्रोतले जानकारी दियो। अहिले १ सय २९ एसपीको दरवन्दी रहेकोमा २६ रिक्त थियो। Continue reading “२६ डिएसपी एसपी भए (नामावलीसहित)”
Author: admin
थारू समुदायमा देखिएका पहिचानका सबाल
सुरेश चौधरी- पृष्ठभूमि : थरूहट, लिम्बुवान लगायत आफ्नो पहिचानका लागि राज्यसँग लडिरहेका वेला नेपाल र राज्य सञ्चालनमा वसिरहेका शासक वर्गका लागि चुनौती र टाउको दुखाइको विषय वनेको छ। २०६२/६३ सालको १९ दिने जनआन्दोलन, १० वर्षसम्म सञ्चालन भएको माओवादी युद्धलगायत विभिन्न समयमा भएका जातीय आन्दोलनवाट केन्द्रिकृत निरंकुश राजतन्त्र फाल्दै आज नेपाली समाज राज्य पुनर्संरचनामार्फत् पहिचान र समावेशीकरणको मुद्धातर्फ उन्मुख हुन खोज्दैछ। राज्यका हरेक जातजाति, भाषाभाषी, लैंगिक समुदाय, सीमान्तीकृत र अल्पसंख्यकहरू आफ्नो हक अधिकार र पहिचानको आवाज वुलन्द गरेका छन्। Continue reading “थारू समुदायमा देखिएका पहिचानका सबाल”
विपक्षी कार्यकर्ताद्वारा दुबै माओवादीको कार्यालयमा तोडफोड र आगजनी
दैलेख- बिहानैदेखि तनावग्रस्त रहेको दैलेखमा विपक्षी दलका नेता-कार्यकर्ताले एकीकृत नेकपा माओवादी र नेकपा-माओवादीको यहाँ स्थित दलको कार्यालय तोडफोड गर्दै आगजनी गरेका छन्। यहाँ आएका माओवादीका शीर्ष नेताहरु काडमाडौं फर्किएका छन् भने प्रशासनले कर्फ्यु लगाउने सम्भावना बढेको छ। यसअघि सरकार विरोधी दलहरुको सभा गर्दै माओवादी सभालाई ओझेलमा पार्दिएका थिए।
…
एकीकृत नेकपा माओवादीको सभा सकिएको छ। सभा सकिएपनि ठूलो समूहमा आन्दोलनमा उत्रिएका जनसमूहको कारण नेताहरु बाहिर निस्कनसमेत कठिन भएको थियो। सभाकै क्रममा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठमाथि ढुगा प्रहार भएको थियो। उनलाई कालो झन्डा देखाएपछि भिड तितरवितर पार्न प्रहरी परिचालन गरिएको थियो। झडपमा कति घाइते भए यकिन हुन सकेको छैन।
…
माओवादी कार्यकर्ताले दैलेखको ‘हाम्रो तेस्रो आँखा’ दैनिक र जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा माओवादी कार्यकर्ताले गरेको आक्रमणबाट दुई कर्मचारी सहित २४ जना घाइते भएका छन्। कार्यालयभित्रै पसेर उनीहरुले लठ्ठी र ढुंगाले आक्रमण गरेको छ।
सरदमुकामस्थित एमाओवादी कार्यालय नजिकका घर-घरमा छिरेर प्रहरीले निर्दोष सर्वसाधारणलाई कुटपिट गरेको छ। डिएसपीको कमाण्डमा खटिएको प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गर्दा १२-१३ जना घाइते भएका छन्। घरै बसिरहेका वृद्ध वृद्धा समेत घाइते भएको प्रत्यक्षदर्शीले जनाएका छन्।
एनेकपा माओवादीका उपाध्यक्ष तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आमसभालाई सम्बोधन गरिरहेको बेला विपक्षी दलका विद्यार्थी संगठनहरुले कालो झण्डा देखाएका छन्। कालो झण्डा देखाउनेहरुलाई माओवादी कार्यकर्ताले आक्रमणमा उत्रँदा आमसभास्थलमा झडप भइरहेको छ। यसैअघि प्रधानमन्त्री बाबुराम भट्टराईसहित एमाओवादीका शीर्ष नेता चढेको हेलिकोप्टर दैलेखमा ल्याण्ड गरेका थिए।
ट्युसन पढन गएकी छात्रालाई यौन दुर्व्यवहार
सर्लाही- महोत्तरीको बर्दिबास स्थित देउराली माविका शिक्षकले पढाउने बेला विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विरोधमा पूर्व-पश्चिम राजमार्ग चक्का जाम गरिएको छ। विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने २८ वर्षीय शिक्षक राकेश चौधरीलाई कारबाहीको माग गर्दै स्थानीयहरुले बर्दिबासमा दुई घण्टा राजमार्ग अवरुद्ध पारेका हुन्। अंग्रेजी विषयका निमावि शिक्षकले कक्षा ६ मा पढने बालिकालाई दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ। Continue reading “ट्युसन पढन गएकी छात्रालाई यौन दुर्व्यवहार”
साकिराले छोरा जन्माइन्
एजेन्सी – कोलम्बियन गायिका साकिराले पहिलो सन्तान जन्माएकी छिन्। गए राति स्पेनको बार्सिलोनामा जन्मेको उनको छोराको नाम मिलान राखिएको छ। उनको सिजरिङ गरी बच्चा निकालिएको थियो। बहुचर्चित गायिका र उनको छोरा दुबैको स्वास्थ्य राम्रो रहेको बताइएको छ। साकिरा र उनका पति वार्सिलोनाका फुटबलर गेरार्ड पेक्युले पहिलो सन्तान जन्माएको स्वीकार गरेका छन्। आफ्नै वेवसाइटमा उनीहरुले सन्तानको नामसमेत सार्वजनिक गरे। Continue reading “साकिराले छोरा जन्माइन्”
आइएमई सञ्चालकमाथि गोली प्रहार, छ लाख लुटियो
दाङ- लुटेराको एक समूहले अपराह्न चलाएको गोलीबाट सल्यान कपुरकोटमा ‘आइएमइ’ सञ्चालन गरिरहेका काठमाडौँ चाबहिल–७का ३२ वर्षीय मनोहर सापकोटा गम्भीर घाइते भएका छन्। लुटेराले उनीसँग भएको रु छ लाख ४७ हजार पनि लगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक गणेशविक्रम शाहले जानकारी दिनुभयो। सञ्चालक सापकोटाले तुलसीपुरमा रहेको इन्भेस्टमेन्ट बैंकबाट सो रकम झिकेका थिए। Continue reading “आइएमई सञ्चालकमाथि गोली प्रहार, छ लाख लुटियो”
दोदा नदीको भत्केको पुल चार वर्षसम्म बन्न सकेन
कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्र दोदा नदीमा चार वर्षअघि बाढीले भत्काएको पुल अझै बन्न सकेको छैन। नदीमा पुल बन्न नसक्दा सर्वसाधारणलाई नदी तर्न निकै सास्ती व्यहोर्नु पर्ने भएको छ। शङ्करपुर कन्जस्थित नदीको पुललाई विसं २०६५ मा बाढीले भत्काएको थियो।
जिल्ला विकास समितिले भत्केका पुलका सामग्री खोलेर दुई लाख रुपैयाँ खर्च गरेर ढुवानी गरी कार्यालयमा थन्क्याएको छ। स्थानीयवासीले पाँच वर्षदेखि पुल बनाउन पटकपटक माग गर्दै आएका छन्। Continue reading “दोदा नदीको भत्केको पुल चार वर्षसम्म बन्न सकेन”
बिराटनगरमा शिक्षामन्त्रीको पुत्ला दहन
विराटनगर- राहत दरबन्दीमा कार्यरत शिक्षकहरूले उमेरको हद खारेज गर्नुपर्ने माग गर्दै जनआन्दोलन चोक विराटनगरमा शिक्षामन्त्री दीनानाथ शर्माको पुत्ला दहन गरेका छन्। शिक्षा आयोगले भर्खरै निकालेको विज्ञापनमा विद्यालयमा कार्यरत अधिकांश राहत, पिसिएफ दरबन्दीका शिक्षकहरूले आफ्नो उमेरको हद नाघेको भन्दै विरोधमा उत्रिएका छन्। Continue reading “बिराटनगरमा शिक्षामन्त्रीको पुत्ला दहन”
महाधिवेशनले नेतालाई भ्याक्सिन ल्याउने दाहालको दाबी
ताप्लेजुङ- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आउँदो महाधिवेशनले पार्टी र नेता दुवैलाई भ्याक्सिन लगाएर नयाँपन दिने बताएका छन्। उनले शान्ति प्रक्रियामा आउँदा विभिन्न विचार भएका शक्तिसँग साइनो गासेकोले आफूहरुको व्यवहार पनि यदाकदा बिग्रिको भन्दै महाधिबेशनले यि सबै व्यवहार सच्याउने बताए। Continue reading “महाधिवेशनले नेतालाई भ्याक्सिन ल्याउने दाहालको दाबी”
बलात्कार गर्ने हङकङका नेपालीलाई पाँच वर्ष जेल
हङकङ- अङ्ग्रेजी नयाँ वर्षको दिन अष्ट्रेलियन-चिनियाँ युवतीलाई बलत्कार गर्ने हङकङका सञ्जीव गुरुङ चार वर्ष नौ महिनाका लागि जेल गएका छन्। हङकङको प्रसिद्ध रात्रिकालीन सेन्टर लनक्वाइफोङमा २० वर्षकी युवतीलाई बलत्कार गरेको दोषमा उच्च न्यायालयले २८ वर्षीय गुरुङलाई जेल चलान गरेको हो। Continue reading “बलात्कार गर्ने हङकङका नेपालीलाई पाँच वर्ष जेल”