‘महिलाले पर्समा लिपस्टिक हैन, चक्कु राख्नुपर्छ’

एजेन्सी- भारतीय राज्य महाराष्ट्रको एक राजनीतिक पार्टीले महिलालाई इज्जत बचाउन मुम्बईमा बिहीबार चक्कु बाँडेको छ। राजनीतिमा ‘बाहुबल’ प्रयोग गर्ने भनेर चिनिएको पार्टी शिव सेनाले महिला समर्थकलाई आफ्नो इज्जत आफैंले बचाउनु पर्छ भन्दै चक्कु बाँडेको हो। गत वर्षको अन्त्यमा निधन भएका पार्टीका संस्थापक नेता बाल ठाकरेको जन्मदिन परेको बिहीबार शिव सेनाले चक्कु बाँडेको हो। Continue reading “‘महिलाले पर्समा लिपस्टिक हैन, चक्कु राख्नुपर्छ’”

राजेश खन्नालाई पद्मभुषण

एजेन्सी- भारतीय फिल्मका पहिलो सुपरस्टार राजेश खन्नालाई मृत्युपछि पद्मभुषण प्रदान गरिने भएको छ। भारतीय स्वतन्त्रता दिवशमा प्रदान गरिने यो भारतको तेस्रो ठूलो नागरिक पदक हो। फिल्मी क्षेत्रमा काका नामबाट चर्चित राजेश खन्नाले १९६६ मा आखिरी खतबाट फिल्मी करिअर सुरु गरेका थिए। यो क्षेत्रमा उनी अनवरतरुपमा ५० वर्ष टिके। आराधना, दो रास्ते, सफर र आनन्द जस्ता फिल्मले उनलाई सुपरस्टार बनायो। Continue reading “राजेश खन्नालाई पद्मभुषण”

जो परे परिबन्दमा

डी. विनोद- पैसा कमाएर परिवारलाई सुख दिने सपनाले संयुक्त अरब इमिरेट्स (युएई) पुगेका दार्चुलाका अमरबहादुर बम झन्डै १० वर्षदेखि दुबई जेलमा छन्। भारतीय नागरिकको हत्यामा संलग्न भएको अभियोगमा उनले मृत्युदण्डको सजाय पाएका थिए। उनको ज्यान जोगाउने अभियानका लागि परिवार अहिले पनि हारगुहार गरिरहेको छ। Continue reading “जो परे परिबन्दमा”

उपचारका लागि डाक्टर गुगल

एजेन्सी- सामाखुशीका युवा राजीव शाक्य गुगल सर्चमा सक्रिय छन्। छाती दुखेको उनको समस्याको कारण पहिचानका लागि उनी सर्च इन्जिनमा छिरेका छन्। चेस्ट पेनदेखि आफ्नो दुखाइलाई गुगलसामु पस्किँदै उनले समस्याको कारण पहिचान गरिरहेका छन्। ‘उपचार गर्ने आधार फेला पर्नसक्छ,’ उनले मुस्काउँदै सुनाए, ‘यहीँबाट जानकारी पाउने हो भने किन अस्पताल धाइरहने? आफँैबाट सल्टने हो भने हेरौँ भनेर हो।’ Continue reading “उपचारका लागि डाक्टर गुगल”

थरूहट आन्दोलनको नालीबेली

प्रेमप्रकाश चौधरी- बिषयप्रवेशः नेपालमा थारू समुदाय एउटा बहिष्कृत समुदाय हो। यिनीहरु राज्यको मूलधारमा पुगेको देखिदैनन्। जनजातिको जातीय सूचिमा हेर्दा यिनीहरु मगर पछिको दोस्रो ठूलो समुदाय भएको जाति हो। खेतीपाती नै प्रमुख पेशा रहेको यस समुदाय शैक्षिक तथा राजनीतिक चेतनाको अभावले ग्रष्त देखिन्छन्। यद्यपि २०६२/०६३ को जनआन्दोलनपछि थारू जातिले आफ्नो स्वतन्त्र जातीय पहिचानको लागि राज्यसँग आफूले पाउनु पर्ने अधिकारहरुको बारेमा मुद्दा उठाएको पाइन्छ।  Continue reading “थरूहट आन्दोलनको नालीबेली”

एमाओवादी बर्दियाको छैटौं जिल्ला सम्मेलन सम्पन्न

बर्दिया- एनेकपा माओवादी बर्दियाको छैटौं जिल्ला सम्मेलन बुधबार सम्पन्न भएको छ। ‘पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको सविधानको पक्षमा हाम्रो आन्दोलन’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनले २८ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि, तीनजना पर्यवेक्षक, सातजना स्वयम्सेवक र १ सय ११ जना थारुवान राज्य सम्मेलन प्रतिनिधि चयन गरेको छ।  Continue reading “एमाओवादी बर्दियाको छैटौं जिल्ला सम्मेलन सम्पन्न”

विवाहको बस दुर्घटना हुँदा बीस घाइते

झापा- जन्ती बोकेर पश्चिमतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। बिहीबार बिहान ५ बजे झापाको दमकतर्फबाट पश्चिमतर्फ आउँदै गरेको को१झ ३५३९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत डाँगीहाट–४ भाउन्नेमा दुर्घटना हुँदा २० जना घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय बेलवारीका अनुसार टायर पन्चर भएर राजमार्गमा रोकिराखेको उखु बोकेको ट्रकसँग बाक्लो हुस्सुले गर्दा पश्चिमतर्फ आउँदै गरेको जन्तीबस ठोक्किन पुग्दा सो दुर्घटना भएको हो। Continue reading “विवाहको बस दुर्घटना हुँदा बीस घाइते”

भारतमा लिङ्ग पहिचान, नेपालमा गर्भपतन

वीरेन्द्र कर्ण, जनकपुरधाम- धनुषा यदुकुहाकी दुलारी सदायले जनकपुरको एक अस्पतालमा हालै दोस्रो पटक गर्भपतन गराइन्। गर्भमा छोरी देखिनासाथ गर्भपतन गराएकी उनको स्वास्थ्यमा अहिले असर देखिन थालेको छ। गर्भमा छोरी भएकै कारण गर्भपतन गराउने उनी एक्ली महिला होइनन्। गर्भमा छोरी रहेको थाहा पाउनासाथ गर्भपतन गराउनेहरुको सङ्ख्या अत्यधिक रहेको चिकित्सकहरु बताउँछन्। Continue reading “भारतमा लिङ्ग पहिचान, नेपालमा गर्भपतन”

महेन्द्र बहुमुखी क्याम्पसमा तोडफोड

सप्तरी- राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा तोडफोड हुन थालेपछि आज बिहानैदेखि क्याम्पसमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ। क्याम्पसमा आन्दोलनरत आंशिक शिक्षक तथा स्ववियु पदाधिकारीबीच भएको झडपपछि हिजो क्याम्पसमा तोडफोड भएको थियो। 
आन्दोलनरत आंशिक शिक्षक र स्ववियु पदाधिकारीहरुबीचको विवादको क्रममा क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका सम्पूर्ण फर्निचर तोडफोड भएको थियो। तोडफोडका कारण रु एक लाखभन्दा बढीको क्षति भएको छ। Continue reading “महेन्द्र बहुमुखी क्याम्पसमा तोडफोड”

एसीसी महिला क्रिकेटमा नेपालको विजयी सुरुआत

काठमाडौं- थाइल्याण्डमा आजदेखि सुरु एसीसी महिला क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई आठ विकेटले पछि पार्दै जित हात पारेको हो। भुटानले प्रस्तुत गरेको ६६ रनको लक्ष्य नेपालले १३ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।
नेपालका लागि रोशनी बोहराले १९, सीता मगरले नटआउट १८ र सरिता मगरले नटआउट ११ रन बनाए। मधु थापा भने एक रनमा नै आउट हुन पुगेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ। Continue reading “एसीसी महिला क्रिकेटमा नेपालको विजयी सुरुआत”