फेसबुक साथी पत्नी बन्न आएपछि…

धनकुटा- लोकप्रिय सामाजिक सञ्जाल फेसबुक प्रयोग नगर्ने इन्टरनेट प्रयोगकर्ता कमै होलान् तर यही जालोको नाम लिएर चिनजानै भएको अपरिचित व्यक्तिले अप्ठयारोमा पारेको घटना बढिरहेका छन्। धनकुटाका हेमकर्ण कोइराला त्यसको पछिल्लो पात्र हुन्। चार वर्षअघि वैदेशिक रोजगारमा कतार गएका मौनाबुधुक गाविस- ८ धनकुटाका हेमकर्ण अहिले फेसबुककै कारण सामाजिक फन्दामा परेका हुन्। Continue reading “फेसबुक साथी पत्नी बन्न आएपछि…”

परशुराम भोजपुरी फिल्ममा

काठमाडौं– अभिनेता परशुराम चौधरीले भोजपुरी फिल्म खेल्ने भएका छन्। बंगाली निर्माताद्वारा निर्माण हुने भोजपुरी फिल्म ‘तु हमर खातिर, हम तोहर खातिर’का लागि उनी आबद्ध भएका हुन्। अनिल र रामस्वरूपले संयुक्त रूपमा निर्माण गर्ने सो फिल्मका निर्देशनसमेत उनैले गर्नेछन्। ‘कहार कसुर’बाट बंगाली फिल्म क्षेत्रमा प्रवेश गरेका चौधरीले पछिल्लो समय ‘जीवनेर संघर्ष’मा निर्देशन र अभिनय गरेका थिए। उक्त फिल्मले राम्रो व्यापार गरेपछि बंगाली निर्माताले भोजपुरी फिल्मका लागि पुनः लिएको उनले बताए। Continue reading “परशुराम भोजपुरी फिल्ममा”

१८ पुगेका गोरखा सैनिकका सबै सन्तानले बेलायतको आवासीय भिसा पाउने

काठमाडौं- १८ वर्ष उमेर पुगेका गोरखा सैनिकका सबै सन्तानले बेलायतको आवासीय भिसा पाउने भएका छन्। यस्तो भिसा नदिने निर्णयविरुद्ध परेको रिटमा विजय पाएको गेसोले जनाएको छ। यसअघि १८ वर्षमुनिकालाई मात्र आवासीय भिसा दिने गरिन्थ्यो। ‘हो एण्ड को सोलीसिटर्स ल फर्म’ले हालेको मुद्दामा गोरखाहरुले ऐतिहासिक विजय हासिल भएको छ,’ सोमबार गेसोद्वारा जारी प्रेस विज्ञप्ती भनिएको छ,’ ‘बेलायती समय अनुसार दस तीस बजे लण्डन स्थित ‘कोर्ट अफ अपिल द मास्टर अफ द रोल्स’ले गेसोको पक्षमा ऐतिहासिक फैसला गदै १८ बर्षभन्दा माथिकालाई पनि आवासीय भिषा दिन आदेश दिएको हो।’ Continue reading “१८ पुगेका गोरखा सैनिकका सबै सन्तानले बेलायतको आवासीय भिसा पाउने”

कालारात्री अन्त्य भए पनि बिहानी उदाएनः प्रम

तनहुँ- प्रधानमन्त्री बाबुराम भट्टराईले देशमा सम्पूर्ण सत्ता एमाओबादीको हातमा नभएकाले जनताका चहानाहरु पुरा गर्न नसकेको बताएका छन्। एकिकृत नेकपा माओबादी गोरखाको चौंथो जिल्ला सम्मेलनको उद्‌घाटन अवसरमा बोल्दै प्रधानमन्त्री भट्टराईले देशमा संक्रमणकाल भएकाले आफुले मात्र चाहेर धेरै कुरा गर्न नसकेको बताए। Continue reading “कालारात्री अन्त्य भए पनि बिहानी उदाएनः प्रम”

दुर्घटनामा पाँचको मृत्यु, ५२ घाइते

धादिङ- धादिङको ज्यामरुङ गाविस–७ कमेरेखानीखोला र भूमेस्थान गाविसको खहरेखोलामा आज बिहान भएको दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन्। आरुघाटबाट यात्रु बोकेर सदरमुकाम धादिङबेसीतर्फ आउँदै गरेको ना २ ख ४९८५ नम्बरको बस बिहान ९ बजेतिर सडकबाट करिब एकसय मिटर तल खस्दा एक महिला र एक पुरुषको घटनास्थलमै र एक बालक र एक महिलाको उपचारका लागि धादिङबेसी ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। Continue reading “दुर्घटनामा पाँचको मृत्यु, ५२ घाइते”

नाममात्रको थारु नमूना ग्राम

सन्तोष दहित, दाङ- दाङको सौडियार ९ सिसहनियामा रहेको थारु नमुना ग्रामको चर्चा परिचर्चा चलिरहदा दाङका थारु अगुवा तथा वुद्धिजीविहरुले आ आफ्नो टिप्पणी गर्न थालेकाछन। सिसहनियमा रहेको थारु नमुना ग्राम नाम मात्र रहेको वताउछन् थारु वुद्धिजीवि चुर्णवहादुर चौधरी। सोझा र इमान्दार जातिलाई झुक्याउने खेलमात्रै हो चौधरीले भने। सिसहनियमा रहेको थारु नमुना ग्राम कुन हिसावले जिविसेले त्यो गाँउलाई नमुना ग्राम घोषणा गर्‍यो आफुले वु‰न नसकेको चौधरीले भने। Continue reading “नाममात्रको थारु नमूना ग्राम”

थारु बस्तीमा संघीयता बुझाइ

नीरा भगत थारु– एक नेपाली कविले लाक्षाणिक भावमा भनेका छन् कि : 

‘सोझा जति काठ सब काटिदिन्छन्,
बाङ्गा जति काठ सब छोडिदिन्छन्।’
मानवीय आचरण, विचार र स्वभाव यस्तै छ। बाङ्गा–टिङ्गा, टाठा–बाठाहरु प्रयोगमा ल्याइँदैनन्, सिधासादा र सरल व्यक्ति नै सबैको प्रयोगको तारो हुन्छ। सोझो काठ हसियाँ, कुटो कोदालाको बिँडदेखि घर–चोक जताततै प्रयोग हुन्छ तर बाङ्गो काठ जङ्गलमै जिवित रहन्छ। कसैको तारो बन्नुपर्दैन। यही अवस्था नेपालका थारु समुदायको राजनीतिक छायाचित्रमा देखिन्छ। Continue reading “थारु बस्तीमा संघीयता बुझाइ”

फिल्मफेयरमा बर्फी र कहानीको बर्चस्व

एजेन्सी- भारतमा फिल्म निर्माणको सतक पूरा भएकै समयमा आयोजित ५८औं फिल्म फेयरमा बर्फीले सात महत्त्व उपाधि हासिल गरेको छ। यशराज फिल्म स्टुडियोमा आइतबार राति भएको समारोहमा रणवीर कपुरले बर्फीबाट उत्कृष्ट अभिनेता बने। बर्फीमा कपुरले बोल्न तथा सुन्न नसक्ने युवाको भूमिका निर्वाह गरेका थिए। Continue reading “फिल्मफेयरमा बर्फी र कहानीको बर्चस्व”

‘जेठको दोस्रो हप्ताभित्र निर्वाचन गराउन सहमतिमा जोड’

विराटनगर- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले मुलुकको राजनीतिक व्यवस्थापन राम्रो नभएका कारण सबै क्षेत्र प्रभावित हुन पुगेको बताएका छन्। मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) मोरङद्वारा आइतबार कञ्चनबारीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुक गरिब हुनाका दोषी अरु कोही नभइ राजनीतिक दल नै हुन् भन्दै प्रशस्त सम्भावना र स्रोत रहेर पनि विकास पूर्वाधार नबन्नु दुःखदायी भएको बताए।  Continue reading “‘जेठको दोस्रो हप्ताभित्र निर्वाचन गराउन सहमतिमा जोड’”

तनावपछि पाल्पाको रामपुरमा अनिश्चितकालीन कर्फ्यु

पाल्पा- पाल्पाको रामपुरमा २७ वर्षीय सोनु श्रेष्ठको हत्याको विषयमा तनाव भएको छ। आइतबार बिहानैदेखि स्थानीय र प्रहरीबीच भएको तनावमा १८ जना प्रहरी र तीनजना प्रदर्शनकारी घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिन प्रहरीले रामपुर बजारमा कर्फ्यु लगाएको छ। दिउसो तीनबजेदेखि देखि अनिश्चितकालका लागि कफ्यु लागाईएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। Continue reading “तनावपछि पाल्पाको रामपुरमा अनिश्चितकालीन कर्फ्यु”