प्रम र महान्यायाधिवक्तालाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं- दैलेखका पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्तको अनुसन्धान रोक्न निर्देशन दिने प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानलाई ७ दिनभित्र अदालतमा बयानका लागि स्वयं उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश सुशिला कार्कीको एकल इजलासले अदालतको अवहेलना गरी हत्याका अभियुक्तको अनुसन्धान रोक्न लगाउने प्रधानमन्त्री र महान्यायाधिवक्तालाई बयान लिन बोलाएको हो। Continue reading “प्रम र महान्यायाधिवक्तालाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश”

शनिबारदेखि १४ घन्टा लोडसेडिङ

काठमाडौं- भारतबाट आउने २५ मेगावाट विद्युत् कटौती भएपछि नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि लोडसेडिङ १४ घण्टा पुर्‍याउने भएको छ। बिना सूचना भारतले नेपाललाई दिँदै आएको विद्युत् कटौती गरेपछि आकस्मिक रुपमा लोडसेडिङ बढेको हो।सिस्टम अपरेशन विभागका प्रमुख भवनकुमार क्षेत्रीले भारतले अचानक विद्युत् आपूर्ति बन्द गरिदिएको पुष्टि गरे। भारतबाट नेपालले ११४ मेगावाट विद्युत् आयात गरेकोमा यो हिउँदमा थप ५५ मेगावाट विद्युत् दिने वाचा गरेको थियो। Continue reading “शनिबारदेखि १४ घन्टा लोडसेडिङ”

राजधानीमा प्रशान्त तामाङ (भिडियोसहित)

काठमाडौं- गायक प्रशान्त तामाङले राजधानीमा आफ्नो सांगितिक प्रस्तुती दिएका छन्। राजधानीको सुनधारामा औपचारिकरुपमा आजैबाट सुरु गरिएको सिभिल ट्रेड सेन्टरमा आयोजित सांगितिक कार्यक्रममा उनले हिन्दी र नेपाली गीत गाएका थिए। यसअगावै नेपाली दर्शकले मन पराइएको उनीद्वारा अभिनित चलचित्र गोरखा पल्टनको ‘लाहुरे म त सोल्टिना’ गाउँदा धेरै दर्शक उनीसँगै झुम्मिएका थिए। Continue reading “राजधानीमा प्रशान्त तामाङ (भिडियोसहित)”

आर्थिक अभावका कारण थारु सङ्ग्रहालय सङ्कटमा

दाङ- दाङको घोराहीस्थित भरतपुरमा चार वर्षअघि स्थापना गरिएको थारु संस्कृति झल्कने जिल्लाको एक मात्र थारु सङ्ग्रहालयय आर्थिक अभावका कारण सङ्कटमा परेको छ। कार्यालय सञ्चालन, कर्मचारी खर्च व्यवस्थापन गर्नसमेत नसक्दा सङ्ग्रहालयय सङ्कटमा परेको हो। सङ्ग्रहालय सञ्चालनका लागि सुरुमा घोराही नगरपालिकासँग केही आर्थिक रकम सहयोग माग गरेर सङ्ग्रहालयमा केही भौतिक पूर्वाधार निर्माण गरिए पनि अन्य कुनै निकायबाट कुनै सहयोग हुन नसकेको सङ्ग्रहालय सञ्चालन समिति संयोजक रामप्रसाद चौधरीले जानकारी दिए। Continue reading “आर्थिक अभावका कारण थारु सङ्ग्रहालय सङ्कटमा”

गर्भवति साकिरा (फोटो फिचर)

एजेन्सी- कोलम्बियन पपस्टार साकिराले आफ्नो गर्भवति भएका तस्बिरहरु सार्वजनिक गरेका छन्। समाजिक सञ्जाल फेसबु र ट्विटरमा उनले तस्बिर हालेर लेखेकी छन्- मेरो बच्चाको लागि अब दिनगन्ती सुरु भएको छ। पतिसँगै खिचिएका तस्बिर हेर्नुस् : Continue reading “गर्भवति साकिरा (फोटो फिचर)”

कुन एसएसपी कहाँ सुरुवा भए? (लिस्टसहित)

काठमाडौं- गृह मन्त्रालयले एसएसपीहरुको लामो समयदेखि रोकिएको सरुवा गरेको छ। १४ अञ्चल र एसएसपी दरबन्दी रहेका सबै कार्यालयका प्रमुखहरु फेरिएका छन्। स्रोतका अनुसार अञ्चल प्रहरी कार्यालय बागमतीमा रमेश खरेल पुगेका छन्। उनी प्रहरी प्रधान कार्यालय युएन शाखामा थिए। नारायणीमा सर्वेन्द्र खनाल, कोशीमा यादव अधिकारीको सरुवा भएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका देवेन्द्र सुवेदी युएन शाखामा सरुवा भएका छन् भने उनको ठाउँमा विजयलाल कायस्थ आएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँमा काजमा रहेका रणबहादुर चन्दको दरबन्दी सोही ठाउँमा कायम भएको छ। Continue reading “कुन एसएसपी कहाँ सुरुवा भए? (लिस्टसहित)”