परासी- जताततै महिला हिंसाका घटना बाहिर आइरहेका बेला नवलपरासी जिल्लामा एक विद्यालयका प्रधानाध्यापकले छिमेकी विद्यालयमा अध्ययन गर्ने छात्रामाथि यौन दुर्ब्यवहार गर्न खोजेको आरोपमा प्रहरीले ती प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ। पटक-पटक जबर्जस्तीको प्रयास गरेको भन्दै सोमनी गाविस-३ घोडाहास्थित जनता प्राविका प्राध्यापक ३८ वर्षीय रामनाथ चौधरीले गत बिहीबार पनि पुनः सोही क्रियाकलाप दोहोर्याएको भन्दै पीडित छात्राले प्रहरी कार्यालयमा निवेदन दिएको थिइन्। Continue reading “छात्रामाथि जबर्जस्ती गर्ने प्रधानाध्यापक पक्राउ”
Author: admin
विश्वकपको खुट्किला चढ्ने लक्ष्य
विनोद पाण्डे- थाइल्यान्डमा अर्को साता शुरु हुने एसिसी महिला च्याम्पियनसिपको अर्थ बेग्लै छ। यो विश्वकपमा पुग्ने पहिलो चरणको खाका हो। त्यसको अर्थ पहिलो पटक नेपाली महिला क्रिकेटले विश्वकप छनोट चरणमा सहभागिता जनाउन गइरहेका छन्। नेपालका लागि विश्वकपसम्मको यात्रा लामो छ, असम्भव भने छैन्। Continue reading “विश्वकपको खुट्किला चढ्ने लक्ष्य”
सन्तोष दहितलाई सम्मान !
भारी हिमपातले जनजीवन कष्टकर
जुम्ला- कर्णाली अञ्चलका डोल्पा, हुम्ला, मुगु र जुम्ला जिल्लामा यतिबेला भारी हिमपात भएको छ। हिमपातले सबै जिल्लाको लेकदेखि बेंसीसम्म सेताम्य भएको छ। कालीकोट जिल्लाको माथिल्लो भेगमा मात्र हिउँ परेको छ भने तल्लो भेगमा पानी मात्र परेको छ। हिमपातले गर्दा स्थानीय जनताको दैनिक जीवनयापनमा कठिनाइ भएको छ। हिमपातले गर्दा सवारीसाधान तथा आवतजावत ठप्प भएको छ। Continue reading “भारी हिमपातले जनजीवन कष्टकर”
शर्लिन अब सुध्रियो
एजेन्सी- इन्टरनेसनल एडल्ट म्यागजिन ‘प्लेब्वाई’का लागि न्युड फोटोसेसन गराएर चर्चामा छाएकी शर्लिन चोपडा फेरि एकपल्ट चर्चामा छिन्। अहिले उनले आफ्नो यौन जीवनबारे गरेको खुलासाबाट उनी चर्चामा आएकी हुन्। हुन त यस्ता खुलासा उनले कतिपल्ट गरिसकिन् तर यसपाली भने उनको कुरा सुनेर फ्यानहरू निरास हुने पक्का छ। उनले केही समय अघि रकमका लागि आफ्नो ओछ्यान धेरै जनासँग सेयर गरेको बताइसकेकी छिन्। Continue reading “शर्लिन अब सुध्रियो”
ट्विटरमा प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले आइतबारदेखि सामाजिक सञ्जाल ट्वीटरमा प्रवेश गरेका छन्। उनले ट्विटरमार्फत् युवापुस्तासँग प्रत्यक्ष सम्वादसमेत थाल्नेछन्। तपाइँलाई लागेको कुरा अब सिधै प्रधानमन्त्री बाबुराम भट्टराईलाई @brb_laaldhwoj मा मेन्सन गर्न सक्नुहन्छ। प्रधानमन्त्रीको ट्विटर प्रोफाइलमा अंग्रेजीमा लेखिएको छ- ‘मेरा देशवासीहरु, विशेषरुपले युवा साथीहरु, हाम्रो महान देशबारे आशावादी रहौं। Continue reading “ट्विटरमा प्रधानमन्त्री”
नेपाली सुन्दरीलाई फिलिपिन्समा उपाधि
आफूलाई प्रधानमन्त्री दिए समस्या हल गरिदिने गच्छदारको दाबी
सिरहा- देशलाई निकास दिन सबै पार्टीको नेता असफल भइसकेकाले अब आफूलाई सरकारको नेतृत्व दिनुपर्ने उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले दबी गरेका छन्। एमाले-कांग्रेस लगायतका ठूला दलको नेतृत्व असफल भइसकेको उल्लेख गर्दै उनले भने, ‘मैले नेतृत्व पाए देशको संकट पार गराइदिन्छु।’ ००७ सालदेखि अहिलेसम्म नागरिक आन्दोलनवाट पाएको उपलब्धि रक्षा गर्न ठूला दलका नेता असफल भउको आरोप उनले लगाए। सिरहामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘यो सरकारको विकल्प खोजियो भने मेरो नेतृत्वमा सहमतिको सरकार गठनको बिकल्प छैन्।’ Continue reading “आफूलाई प्रधानमन्त्री दिए समस्या हल गरिदिने गच्छदारको दाबी”
रुपन्देही, मोतिपुरको माघी (फोटो फिचर)
रुपन्देहीको मोतिपुर माघी महोत्सव मनाइयो। महोत्सवको सहकर्मी कमला चौधरीले खिच्नुभएको केही तस्बिरहरु हेर्नुस् : Continue reading “रुपन्देही, मोतिपुरको माघी (फोटो फिचर)”
कपिवस्तुको माघी सकियो, अञ्जली बनिन् सिङ्गिङ आइडल
रन्जना रौतार, कपिलवस्तु- थारु समुदायको प्रमुख चाड माघीको अवसरमा कपिलवस्तुमा सोमबारदेखि सुरु तेस्रो कपिलवस्तु माघी खिचडी महोत्सव सकिएको छ। माघी महोत्सव मूल आयोजक समितिको आयोजनामा पुस २७ देखि सञ्चालित महोत्सव गएराति सकिएको हो। महोत्समा थारु झुमरा, झररा नृत्य तथा रेकर्ड डान्स प्रतियोगिता सम्पन भयो। Continue reading “कपिवस्तुको माघी सकियो, अञ्जली बनिन् सिङ्गिङ आइडल”

