लुम्बिनीमा बुद्ध भारतमा जन्मिएको पुस्तक बाँडियो

भैरहवा- नेपाल–भारत पर्यटनसम्बन्धी छलफलका लागि लुम्बिनीमा गरिएको एक कार्यक्रममा भारतीय पर्यटन बोर्डले गौतमबुद्ध लुम्बिनीमा जन्मिएका र उनका बुबा शुद्धोधनको कपिलवस्तु दरबार भारतको उत्तर प्रदेशमा पर्दछ भन्ने भ्रामक किताब तथा ब्रोसरहरु वितरण गरेको छ। बुद्ध सर्किटसम्बन्धी दुई देशको पर्यटन बोर्ड, नेपालका संस्कृति तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटी तथा नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद सहभागी रहेको कार्यक्रममा उपस्थित सबैलाई भारतीय पक्षले उक्त किताब र ब्रोसर बाँडेको थियो। कार्यक्रममा दुईदेशका ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी पनि सहभागी थिए। Continue reading “लुम्बिनीमा बुद्ध भारतमा जन्मिएको पुस्तक बाँडियो”

कांग्रेस नेता ताजपुरियाको निधन

विराटनगर- नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का पूर्वमहासमिति सदस्य तथा झुर्किया निवासी पुराना नेता मदन ताजपुरियाको निधन भएको छ। विगत चार वर्षदेखि पक्षघातले पीडित नेता ताजपुरिया ६५ वर्षका थिए। क्षेत्र नं. १ का नेता तथा कार्यकर्ताको सहभगितामा उनको दाहसंस्कार ताजपुरिया विधि र परम्पराअनुसार स्थानीय घाटमा गरिएको नेपाली कांग्रेस मोरङले जनाएको छ। Continue reading “कांग्रेस नेता ताजपुरियाको निधन”

राजविराजको हटियामा आगलागी

राजविराज- राजविराजस्थित तरकारी हटियामा आज बिहान भएको आगलागीमा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। राजविराज–१ स्थित तरकारी हटियामा आज बिहान अचानक भएको आगलागीमा ३८ वटा घरटहरा जलेर नष्ट भएका छन्। बिहान करिब ४ बजे भएको सो आगलागीमा तरकारी, किराना, फलफूललगायतको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। Continue reading “राजविराजको हटियामा आगलागी”

समलिंगी बिहेविरुद्ध प्रदर्शन

पेरिस, एजेन्सी– फ्रान्समा समलिंगीलाई बिहे गर्ने र धर्मपुत्र राख्न नदिन राजधानी पेरिसमा व्यापक विरोध प्रदर्शन भएको छ। फ्रान्समा राष्ट्रपति फ्राँस्वा होल्यान्ड नेतृत्वको समाजवादी सरकारले समलिंगीलाई बिहे गर्ने र धर्मपुत्र राख्न पाउने कानुनी अधिकार दिने प्रस्ताव गरेको छ। सरकारी प्रस्तावविरुद्धको विरोधमा आइतबार लाखौं प्रदर्शनकारी राजधानी पेरिसका सडकमा उत्रिएका थिए। Continue reading “समलिंगी बिहेविरुद्ध प्रदर्शन”

ओमानतिर उर्लिंदा नेपाली

डी. विनोद- खाडीका विभिन्न मुलुक नेपाली श्रमशक्तिका लागि रोजगारीको गतिलो गन्तव्य बनेका छन्। कतार, साउदी अरेबिया, कुवेत, युएईसँगै बहराइन र ओमानमा पनि नेपाली कामदार जाने क्रम बढेको छ। दूतावास नभए पनि ओमान अहिले राम्रो गन्तव्य भएको छ। कम लगानीमा जान सकिने र राम्रो आम्दानी हुने भएकाले नेपाली युवायुवती ओमान यात्राका लागि तयार हुने गरेका छन्।

Continue reading “ओमानतिर उर्लिंदा नेपाली”

धोका दिनेका लागि मोबाइल

एजेन्सी- जापानी मोबाइल कम्पनी फुजित्सुले एफ सिरिजको मोडल उहिल्यै सार्वजनिक गरेको हो। समयक्रमसँगै ती मोडलभन्दा नयाँ र आधुनिक सेट बजारमा आइसके। अझ अहिले त स्मार्टफोनको जमाना छ। यस्तो बेलामा पनि जापानमा त्यो पुरानो फ्िलप गर्न मिल्ने मोडल अचम्म लाग्ने गरी लोकप्रिय छ। धोकेबाजहरुलाई नभई नहुने सुविधा भएकोले उक्त मोडल लोकप्रिय रहेको कुरा ‘वालस्ट्रिट जर्नल’ले पत्ता लगाएको छ।  Continue reading “धोका दिनेका लागि मोबाइल”

पोर्न साइटका उपभोक्ता

एजेन्सी- पोर्न साइटहरू कसले बढी हेर्छन्? कुन ठाउँमा बढी हेर्छन्? नेपालमा यसबारे तथ्यांक पाउन गाह्रो छ। तर, अमेरिकामा भने पोर्नहब नामको साइटले आफ्नो साइटका पोर्न भिडियोहरू कुन ठाउँबाट बढी हेरिन्छ भन्ने तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांकअनुसार गत वर्ष अनलाइनमा सबैभन्दा बढी पोर्न भिडियो हेर्नेहरू राजधानी वासिङ्टन डिसीमा रहेछन्।  Continue reading “पोर्न साइटका उपभोक्ता”

थरुहटको पहिचान र अधिकार प्राप्तिमा नैतिक इमान्दारिताको खाँचो

गोपाल दहित– विश्वमा स्थापित मान्यतालाई हेर्दा मानव जीवनमा पहिचान र आत्मसम्मान सबैभन्दा उपल्लो कोटीमा पर्छ। यो प्राप्तिको लागि जस्तोसुकै आन्दोलन र बलिदानी गर्न तत्पर हुने इतिहास छ। थरुहट तराईका धरतिपुत्र आदिवासी थारुहरुले आफ्नो पहिचान र अधिकार प्राप्तिको लागि विगत धेरै बर्षदेखि निरन्तर विभिन्न संगठनको नेतृत्वमा आन्दोलन गरी आएका छन्। Continue reading “थरुहटको पहिचान र अधिकार प्राप्तिमा नैतिक इमान्दारिताको खाँचो”

दाङमा माघीको उल्लास

सन्तोष दहित, दाङ- नेपालको आदिवासी जनजातिको रुपमा चिनिने थारु समुदायले आफ्नो महान पर्व माघी आज धुमधामका साथ उल्लासमय वातावरणमा मनाउदैछन्। प्रत्येक वर्ष माघ महिनाको १ गते देखि ७ गतेसम्म धुमधामसंग थारु समुदायले माघी पर्व मनाउदै आएकाछन्। हिजआज थारु समुदायमा माघीको रौनाकले छाएको छ। Continue reading “दाङमा माघीको उल्लास”

थारु पत्रकार संघको वार्षिकोत्सव थारु गाँउमै

दाङ- थारु पत्रकार संघ दाङले आफ्नो वार्षिकोत्सव तथा माघी मिलन कार्यक्रम सौडियारको थारु गाँउमा मनाएको छ। सौडियार ९ सिसहनिया स्थित नमुना थारु ग्राममा आयोजित कार्यक्रममा विभिन्न थारु नाच प्रदशन गरिएको थियो। माघीमा नाचिने मघौटा नाच थारु समुदायका कलाकार एवं कार्यक्रममा सहभागी पत्रकारहरु समेत सहभागी भएका थिए। Continue reading “थारु पत्रकार संघको वार्षिकोत्सव थारु गाँउमै”