मौका दिए सफल प्रधानमन्त्री बनेर देखाउँछु

काठमाडौं- उप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले आफूलाई मौका आए सफल प्रधानमन्त्री भएर देखाउने दाबी गरेका छन्। माघी पर्वको उपलक्ष्यमा टुँडिखेलमा आयोजित माघी थारु महोत्सव समारोहमा उनले एउटा थारुको छोरा सफल भए आफ्नो राजनीतिक भविष्य नै चौपट हुनसक्छ भनेर डराएर सानो छाती भएका ठूला दलका शीर्ष नेताको सङ्कीर्ण सोचले त्यो मौका नदिएको गुनासो गरे।  Continue reading “मौका दिए सफल प्रधानमन्त्री बनेर देखाउँछु”

सखियै हो… (भिडियो हेर्नुस्)

काठमाडौं- थारु समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आएको माघी पर्व राजधानीमा भब्यताका साथ मनाइयो। महोत्सवको प्रारम्भमा गरिएको र्‍याली र सहभागी युवतीहरुले गरेको नृत्य तपाइँहरुसामु ल्याएका छौं। तलका दुई भिडियो हेर्नस। Continue reading “सखियै हो… (भिडियो हेर्नुस्)”

राजधानीमा माघी महोत्‍सव (फोटो फिचर)

काठमाडौं- राजधानीमा बसोबास गर्ने थारु समुदायले माघी पर्व धुमधामका साथ मनाएका छन्। टुडिखेलमा आयोजित माघी महोत्सवमा थारु समुदायको सांस्कृति झल्किने खानाका परिकार तथा भेषभुषा प्रदर्शन गरिएको थियो। उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले उद्‍घाटन गरेको महोत्सवमा सिँचाइमन्त्री महेन्द्रराय यादव, आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी, थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहितलगायतका नेताले माघीको शुभकामना दिएका थिए। सोही समारोहको मदन चौधरीले खिचेका केही तस्बिर हेर्नुस् :
तपाइँ बस्ने जिल्ला वा क्षेत्रमा माघी महोत्सव मनाउँदै हुनुहुन्छ भने महोत्सवका तस्बिरहरु थारुवान डटकमको अफिसिलय फेसबुकमा अपलोड गर्न सक्नुहुन्छ। हामीले ती तस्बिरलाई थारुवान डटकममा प्रकाशित गर्नेछौं।

दीपिकाको बन्डिङ एक्सप्रेस

‘बिगसट’ सिद्धार्थ माल्यासँग रोमान्स टुंगिएपछि अहिले दीपिका पादुकोण साहरुख खानसँग लहसिन थालेको बताइन्छ। ‘ओम शान्ति ओम’ कोआर्टिस्ट साहरुखसँग फिल्म ‘चेन्नइ एक्सप्रेस’मा सँगै काम गरेपछि उनीहरुको सम्बन्ध अन्तरंग हुन थालेको चर्चा चलेको छ। रणवीर कपुर र सिद्धार्थ माल्यासँगको रोमान्स असफल भएपछि उनी यताउता भौतारिरहेकी थिइन्। Continue reading “दीपिकाको बन्डिङ एक्सप्रेस”

कोच वृत्तान्त

प्रकाश तिमल्सिना- राष्ट्रिय टोलीको प्रशिक्षक नेपाली फुटबलको सबैभन्दा अस्थायी र अस्थिर पद हो। कोही टिक्न सक्दैनन्। कोहीलाई टिक्न दिइदैन। नेपाली फुटबलको नियति यही हो। स्वदेशी प्रशिक्षक ‘आफू पटके हुँ’ भन्ने थाहा पाउँदापाउँदै जिम्मेवारी लिन तयार हुन्छन्। विदेशीको हकमा भने प्रशिक्षण अवधि केही लामो पनि हुनसक्छ। पछिल्लो एक दशकमा सबैभन्दा लामो समय राष्ट्रिय टोली सम्हाल्ने भाग्यमानी बेलायती ग्राहम रोबर्टस मात्रै हुन्। २०६७ पुस देखि २०६८ फागुन अन्त्यसम्म उनले नेपाली टोलीलाई प्रशिक्षण दिएका थिए। बहाना जे भए पनि रोबर्टस् पनि सम्झौता सकिनुअघि नै स्वदेश फर्केका थिए।  Continue reading “कोच वृत्तान्त”