लस एन्जलस, एजेन्सी– अमेरिकाका ठूला दुई पोर्न फिल्म निर्माता कम्पनीले लस एन्जलसको एउटा कानुनलाई चुनौती दिएका छन्। वयस्क फिल्म निर्माता विविध इन्टरटेनमेन्ट र क्यालिफ प्रोडक्सन्सले ‘मेजर बी’ कानुन अमेरिकी संविधानमा निहित अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन भएको दाबी गरेका छन्। ‘मेजर बी’ नामको कानुन अनुसार वयस्क अर्थात पोर्न फिल्मका कलाकारले फिल्ममा अभिनय गर्दा अनिबार्य रुपमा कन्डम लगाउनै पर्छ। ‘मेजर बी’ कानुन गएको नोभेम्बरमा मात्र स्थानीय मतदाताले पारित गरेका हुन्। Continue reading “‘कन्डम नलगाउनु जन्मसिद्ध अधिकार’”
Author: admin
कुम्भमेलामा दश करोड तीर्थालुको अनुमान
नयाँ दिल्ली, एजेन्सी– आउँदो साता भारतीय राज्य उत्तर प्रदेशको इलाहाबादमा सोमबार विश्वको सबैभन्दा ठूलो धार्मिक मेला शुरु हँुदैछ। कुम्भमेलामा धार्मिक सम्प्रदायका गुरु र साधुसहित करिब १० करोड तीर्थयात्रु गंगा नदीको किनारामा भेला हुने अपेक्षा छ। इलाहाबादस्थित संगममा सोमबार आरम्भ हुने १२ वर्षे कुम्भमेला ५५ दिनसम्म चल्नेछ। मेलामा भारतभरका धार्मिक गुरु र साधुहरूले सहभागी हुन व्यापक तयारी गरेका छन्। मेलामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिŒवको समेत उपस्थिति देखिनेछ। त्यहाँ लाखौँ हिन्दू र भारतीय सर्वसाधारण उपस्थित हुनेछन्। Continue reading “कुम्भमेलामा दश करोड तीर्थालुको अनुमान”
Miss America
Miss America
माघी ब्लुज
कृष्णराज सर्वहारी- समय अनुसार थारूहरूको महान पर्व माघीको पनि रंग बदलिदैँ गएको छ। खासगरी पश्चिम थरूहटमा केन्द्रित माघी राजधानीमा विगत एक दशक अघिदेखि महोत्सवको रुपमा मनाइन थालेपछि यसले पूर्वी थरूहटमा पनि आफ्नो झण्डा फहराएको छ। मेरा मानस्पटलमा बाल्यकालमा माघी मनाएको धेरै सम्झना अटेसमटेस भएर बसेका छन्। मेरो गाउँ देउखुरी चैलाही–६ छुट्की घुम्नाको पूर्वतिर अवस्थित सानो नदीमा सपरिवार नुहाउन गइन्थ्यो। पुरै गाउँ घुमेर बगेकोे यो नदीको नाम घुम्नाबाट मेरो गाउँ घुम्ना भएको बुढापाकाहरू बताउँछन्। Continue reading “माघी ब्लुज”
आइल माघी !
भूमिका चौधरी-
असौं फेन माघी आइल
जम्मु जन्हनके मनमे खुशी छाइल
शुरु हुइल माघी २०६९ साल
महा हलि अइलक पैलुँ मै चाल
रुखवन््के पाता हुइलिन् काइल
मोर नाउँमे माघीक् ढेर शुभकामना आइल
फुल्याइल रहठ महा सुग्घर सुग्घर फुलु
माघीमे घल्ठी हम्रे लावा लावा झुलु
लावा बरसमे ढिक्री, शिकार, मच्छी खैबो
यी टिउहारेम हम्रे मघौटा नाच फेन नच्बो
दुःखमे नै अक्टाके करबी समस्यक् सामना
माघीक् सक्कु थारू डाडु भैयन् शुभकामना
ठिकेपर खैबी पिबी, ढेर करबी काम
अत्रे कहटी मै बिदा मागटुँ, सक्हुन् रामराम
कक्षाः८
कीर्ति सेकन्डरी बोर्डिङ स्कुल, कीर्तिपुर
ह्याप्पी माघेसंक्रान्ति !
बुद्धसेन चौधरी- माघी थारुहरुले मनाउने बिभिन्न पर्बहरु मध्ये एक महत्वपूर्ण पर्व हो । यो प्रतेक बर्ष माघ १ गते मनाउने चलन रहिआएको छ। यो माघ महिनामा मनाउने भएकोले यसलाई माघी वा माघेसंक्रान्ति पनि भनिन्छ। यहि दीन सुर्य धनु राशीबाट मकर राशीमा प्रबेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ। तिलको महत्वपूर्ण स्थान रहेकोले तिलासंक्रान्ति पनि भनिन्छ। यसमा बर्ष भरिको हर हिसाब फर्छौट गरि आउने सालको लागि योजना बनाउने भएकोले आर्थिक बर्षको रुपमा लिईन्छ भने नयाँ सालको रुपमा पनि मान्ने गरिन्छ। Continue reading “ह्याप्पी माघेसंक्रान्ति !”
कसरी मनाइन्छ माघी ?
सन्तोष दहित, दाङ- नेपालका तराई जिल्लामा बस्दै आएका आदिवासी जनजाति थारु जातिले नयाँ वर्षको रुपमा मनाउँदै आएको पर्व हो माघी। थारु जातिले यो पर्वलाई महान पर्वको रुपमा मनाउँदै आएका छन्। उक्त पर्वलाई थारु भाषामा ‘बर्का माघ’समेत भनिन्छ। थारु जातिले माघीमा पर्वमा वर्षभरिको लेखा जोखा गरिनुको साथै अगामी वर्षभरिको लागि कार्ययोजना समेत बनाउँदै आएका छन्। यतिमात्र नभएर थारु जातिले आ–आफ्नो गाँउको लागि नया नेतृत्व चयन गर्दै आएका छन्। जस्तैः महटवा, अघवा, चौकिदार थारु जातिले माघीमा चयन गर्ने गर्छन्। Continue reading “कसरी मनाइन्छ माघी ?”
एकताको माघे संक्रान्ति
डा. तीर्थबहादुर श्रेष्ठ– पृथ्वीले ३६५ दिनमा सूर्यलाई एकपल्ट परिक्रमा गरिसक्छ। वास्तवमा त्यो परिक्रमा ३६५ दिन ५ घन्टा ९ मिनेट र ९.५४ सेकेन्डमा पूरा हुन्छ। हामी त्यसलाई एक वर्ष मान्दछौं। ती ३६५ दिनमध्ये माघे संक्रान्तिमा पृथ्वीको दक्षिणी गोलार्द्ध विशेष गरेर मकररेखा सूर्यतिर सोझो फर्किएको अवस्था हुन्छ। माघे संक्रान्तिपछि सूर्य मकर राशिमा प्रवेश गर्छ र उत्तरायणतिर लाग्छ। हामी उत्तरायणमा बस्छौं र मकर संक्रान्तिपछि सूर्य हामीतिर फर्केर आउन थाल्यो भन्ने भावले प्रसन्न हुन्छौं। उत्सव मनाउँछौं। वर्तमानमा खगोलशास्त्रको हिसाबले र ज्योतिषीय गणितले सूर्य मकररेखामा पुग्ने दिन डिसेम्बर २३ तारिखलाई मानिन्छ। Continue reading “एकताको माघे संक्रान्ति”
पटकपटक म्याद थप्ने राष्ट्रपतिलाई प्रश्न गर्ने बेला आयो : लेखी
कमला चौधरी, बुटवल- नेपाल अदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले वर्तमान राजनीतिक अस्थिरताको निकासका लाग सर्वपक्षीय, सर्वदलीय गोलमेच सम्मेलनको आवश्यकता रहेको बताएका छन्। मुलुक पछिल्लो समयमा परिर्वतनको बटोतर्फ भन्दा पनि प्रतिगमनको बाटोतर्फ उन्मुख भएको भन्दै अध्यक्ष लेखीले यसका लागि विशेष जनदबाब आवश्यक भएको बताए। Continue reading “पटकपटक म्याद थप्ने राष्ट्रपतिलाई प्रश्न गर्ने बेला आयो : लेखी”

