बस दुर्घटना हुँदा डोटीमा ३० जनाको मृत्यु

डोटी- डोटीको छतिवन गाविस ९ रुवसकाँडा नजिकै बस दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ। अछामको जयगढबाट टीकापुरतर्फ आउँदै गरेको ना ४ ख ३६०३ नम्वरको यात्रुवाहक बस बिहान ३ बजेतिर दुर्घटना भएको हो। मर्नेमा ७ महिला २२ पुरुष १ बालक छन्। २९ जनाको शव प्राप्त भइसकेको प्रहरीले जनाएको छ। तीमध्ये ८ को सनाखत भएको छ। Continue reading “बस दुर्घटना हुँदा डोटीमा ३० जनाको मृत्यु”

बदलिँदो माघी

मदन चौधरी- ‘माघी’ भन्ने बित्तिकै पहिले थारू समुदायले लाइ, तिलवा, सठौरा (एक प्रकारको लड्डु) सम्झन्थ्यो। नुहाएरमात्र लड्डु खान पाइने भएकाले उनीहरू सबेरै नुहाउन खोलामा पुग्थे। पुसको अन्तिम रात पकाएका ती लड्डु माघमा खाने भएकाले ‘पुसमा पकाएर माघमा खाने’ भन्ने प्रचलन पनि छ। समय बदलिएको छ। समयसँगै मानिसका लवाइखवाई फेरिएका छन्। घरमा मात्र मनाइने चाड सामूहिक रूपमा मनाउन थालिएको छ। ‘माघी महोत्सव’ को ट्रेन्डले पनि थारू समुदायका चाडहरू फेरिएको आभास दिन्छ। Continue reading “बदलिँदो माघी”

थारू माघीको सांस्कृतिक पक्ष

कृष्णराज सर्वहारी– थारूहरूको नयाँ बर्ष माघे संक्रान्ति आएको छ। यस अवसरमा सखियै हो, माघीक पिली गुरी जाँर भन्ने गीत सबैको मुखमा झुण्डिएको छ। माघीलाई ठाँउ विशेष अनुसार माघ, माघी डेवानी आदि नामले पनि मनाइन्छ। खासगरी दाङदेखि पश्चिम थरुहटमा माघीको रौनकता बढी छाउँछ। २०५९ सालमा सरकारले थारू बिशेषको चाड भनी सार्वजनिक बिदा दिएपछि मध्य तथा पुर्वी क्षेत्रका थारूहरूले पनि माघीलाई विशेष महत्वका साथ मनाउन थालेका छन्।  Continue reading “थारू माघीको सांस्कृतिक पक्ष”

युएईतिर नेपाली नारीको लर्को

डी. विनोद- नेपाली महिला कामदारहरू अहिले खाडी राष्ट्रतिर आकर्षित भएका छन्। कुवेतमा वैधानिक बाटो खुलेपछि ठूलो संख्यामा महिलाहरू त्यसतर्फ पुगेका थिए। अब साउदी अरेबिया, मलेसिया, कतार र खासगरी युएईमा नेपाली महिलाको चाप बढ्न थालेको छ। ‘अन्य खाडी राष्ट्रभन्दा दुबईमा स्वतन्त्रता छ र पैसा पनि राम्रो छ भन्ने सुनेर जान लागेको हो। केयरगिभर र अचेल सपिङ मलमा पनि कामको अवसर पाइने भएर प्रयास गरिरहेकी छु,’ कैलालीकी कल्पना अर्यालले भनिन्।  Continue reading “युएईतिर नेपाली नारीको लर्को”

फेसबुकबाटै भ्वाइस मेल र भिडियो मेल

एजेन्सी- सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले छिट्टै नयाँ म्यासेन्जर एप्स सञ्चालनमा ल्याउने भएको छ। फेसबुक प्रयोगकर्ताले यो एप्सबाट आफ्ना साथीहरूसँग निःशुल्क कुराकानी गर्न सक्नेछन्। यो फिचरको सुविधा अहिले क्यानडामा रहेका स्मार्टफोन प्रयोगकर्ताहरूले प्रयोग गर्न थालिसकेका छन्। यसको अन्तिम अपडेट पूरा भइनसकेकाले अन्यत्र यो सुविधा उपलब्ध गराइएको छैन। सफल परीक्षणपछि प्रयोगमा आउने यो एप्सले फेसबुकका प्रयोगकर्ताबीच निःशुल्क कुराकानीको अवसर जुटाउने छ। इन्टरनेट भ्वाइसकल अर्थात् भिओआइपी प्रविधिमार्फत फेसबुकले यस्तो सुविधा उपलब्ध गराउन लागेको हो। Continue reading “फेसबुकबाटै भ्वाइस मेल र भिडियो मेल”

मिठो माघी, राम्रो माघी

तस्बिर : इकान्तिपुरडटकम

मदन चौधरी-

हर साल आउँछ माघी, माघी आउँछ आफ्नै सुरमा
खुसीयाली छ दाङमा, खुसीयाली कञ्चनपुरमा
हर साल आउँछ माघी, माघी आउँछ आफ्नै सुरमा

चलचित्र कुरुक्षेत्रमा निर्देशक ज्ञानेन्द्र देउजाले माघीसम्बन्धी यही गीत पस्के। थारू समुदायमा नयाँ वर्षका रूपमा मनाइने माघीलाई लक्ष्य गरी यो गीत बनाएको निर्देशक देउजाको भनाइ छ। देउजा भन्छन्, ‘यो गीतले थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने माघीलाई नयाँ पहिचान दिलाएको छ।’ Continue reading “मिठो माघी, राम्रो माघी”

पत्रकारको विरोध (फोटो फिचर)

काठमाडौं- नेपाल पत्रकार महासंघले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर प्रदर्शन गरेको छ। प्रधानमन्त्री बाबुराम भट्टराईले अनुसन्धान प्रभावित गर्नेगरी दबाब दिएपछि महासंघ सडक संघर्षमा ओर्लिएको हो। राजधानीको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष शिव गाउँलेले पत्रकारका हत्यारहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए। उनले सरकारले थापाका अभियुक्तहरुलाई छोडाउन खोजे त्यसविरुद्ध महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिए। Continue reading “पत्रकारको विरोध (फोटो फिचर)”

चलचित्रकर्मीको विरोध प्रदर्शन

काठमाडौं- चलचित्रकर्मीहरुले शुक्रबार विरोध र्‍याली प्रदर्शन गरेका छन्। भृकुटीमण्डपबाट सुरु भएको र्‍याली रत्‍नपार्कस्थित शान्तिवाटिकामा गएर टुंगिएको थियो। चलचित्रकर्मीहरुलाई राजनीतिबाट टाढा राख्नुपर्ने, चलचित्र विकास बोर्डमा नियुक्ति गर्नुपर्नेलगायतका माग राख्दै उनीहरुले नारा लगाएका थिए। र्‍यालीमा थारु कलाकारहले पनि ऐक्यबद्धता जनाएका थिए।  Continue reading “चलचित्रकर्मीको विरोध प्रदर्शन”

टुँडिखेलमा माघी महोत्‍सव, गृहमन्त्री गच्छदराले उद्‍घाटन गर्ने

काठमाडौं- थारू कल्याण्कारिणी सभा उपत्यका समिति काठमाडौंले माघी महोत्सव आयोजना गर्दैछ। थारू संस्कृति भेषभूषा बाजागाजासाथ माघ १ गते महोत्सव टुँडिखेलमा गरिने शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। आयोजकका अनुसार महोत्सवको उद्‍घाटन उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले गर्नेछन्। Continue reading “टुँडिखेलमा माघी महोत्‍सव, गृहमन्त्री गच्छदराले उद्‍घाटन गर्ने”