काठमाडौं- सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक युवराज शर्मालाई भ्रष्टाचारी ठहर गर्दै एक वर्ष कैद तथा बिगो र जरिवानाबापत रू एक करोड सात लाख ९९ हजार ५६० तिर्नुपर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले २०५५ वैशाख ३० गतेदेखि २०५७ वैशाख २८ गतेसम्म शर्मा निगमको कार्यकारी निर्देशक रहेका बखत भ्रष्टाचार गरेकाले रू ५३ लाख ९९ हजार ७८० बिगो, बिगो बराबरको जरिवानाका साथै नौ महिना कैद र महाप्रबन्धक जस्तो सार्वजनिक ओहोदाको पदमा रही भ्रष्टाचार गरेकाले थप तीन महिना कैद तोकेको हो। Continue reading “आयल निगमका पूर्वकार्यकारी निर्देशक शर्मा भ्रष्टाचारी ठहर”
Author: admin
गोली हानी बीस लाख लुटियो
गौशाला- महोत्तरीको पडौला बजारमा आज दिउँसो एक हतियारधारी समूहले गोली प्रहार गरी एक व्यक्तिबाट रु २० लाख लुटेको छ। जनकपुरबाट पैसा लिएर बेलबा सरपल्लो जाँदै गरेका राजदेव चौधरीलाई आज दिउँसो २ बजे बीच बाटोमा पर्ने पडौला बजारमा अपरिचित व्यक्तिहरुले गोली हानी रु २० लाख लुटेर भागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। Continue reading “गोली हानी बीस लाख लुटियो”
नेपालीका मनमा अमर छन् राष्ट्रनिर्माता पृथ्वीनारायण
“धेरै वर्ष पहिले यो नेपाल देश
टुक्राटुक्रा राज्यमा बाँडिएको थियो,
पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण
स–साना प्रान्तमा छरिएको थियो
हाम्रा योद्धा राजा पृथ्वीनारायण शाहले
यो देश नेपाल एकतामा जोडे
हामी सबै नेपाली हौं, हामी सबै एक हौं
भन्ने सन्देश छाडे पृथ्वीनारायण शाहले।” Continue reading “नेपालीका मनमा अमर छन् राष्ट्रनिर्माता पृथ्वीनारायण”
नेकपा–माओवादीको महाधिवेशन सुरु
राष्ट्रिय सार्वभौमसत्ता खतरामा परेको नेताहरुको भनाइ- काठमाडौं- नेकपा–माओवादीको सातौँ महाधिवेशन आजदेखि सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्र काठमाडौँको सहिद मञ्चमा एक कार्यक्रमबीच सम्पन्न भएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष मोहन वैद्यले महाधिवेशनले नयाँ नीति र कार्ययोजना पारित गर्ने बताउनुभयो। उहाँले महाधिवेशनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने विधि र प्रक्रियाबारे गम्भीर बहस र छलफल हुने बताउनुभयो। Continue reading “नेकपा–माओवादीको महाधिवेशन सुरु”
राष्ट्रपतिबाट चितवन महोत्सव उद्घाटन
चितवन- राष्ट्रपति डा रामवरण यादवले चितवन महोत्सव २०६९ एवम् मध्यमाञ्चल औद्योगिक तथा व्यापार मेला २०६९ को आज नारायणी नदी किनारमा उद्घाटन गर्नुभएको छ। उद्योग वाणिज्य सङ्घ, जिविस, भरतपुर नगरपालिका, रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य सङ्घले संयुक्तरुपमा आयोजना गरेको महोत्सवमा उहाँले राजनीतिक दलहरूलाई नैतिकताको राजनीति गर्न आग्रह गर्नुभयो। चितवनमा अन्य दुई कार्यक्रमको उद्घाटनपछि महोत्सव पुग्नुभएका राष्ट्रपति यादवले आज प्रकाशित एक राष्ट्रिय दैनिकको आलेख वाचन गर्दै भन्नुभयो, “सत्य र निष्ठाको राजनीति सकिएको छ, गम्भीर राजनीति नैतिकता र निष्ठाबाट अलग हुन सक्दैन।” Continue reading “राष्ट्रपतिबाट चितवन महोत्सव उद्घाटन”
माघीमा पाँच दिन विदा माग
सन्तोष दहित, दाङ- थारु पत्रकार संघ दाङको नेत्तृत्वमा २१ वटा थारु संघ संगठनले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। थारुको महान् पर्व माघिको अवसरमा ५ दिन सम्म सार्वजनीक विदाको माग गर्दै दाङ प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले थारुहरुको माग सकारात्मक रहेको बताउँदै यो मागलाई केन्द्रबाट नै सम्बोधनका लागी आफुले पहल गर्नुपर्ने बताउनुभयो। Continue reading “माघीमा पाँच दिन विदा माग”
थारु पत्रकार संघ दाङले स्थापना दिवस मनाउँदै
दाङ- थारु पत्रकार संघ दाङले आफ्नो स्थापना दिवसको अवसर विविधका कार्यक्रम घोषणाअनुसार मंगलबार एक कार्यक्रम गरी उद्घाटन गरिएको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष केएल पीडित मान्दल वजाएर र थारु पत्रकार संघ दाङ शाखाका अध्यक्ष सन्तोष दहितले झाली बजाएर मघौटा नाचको संयुक्त उद्घाटन गरेका थिए। Continue reading “थारु पत्रकार संघ दाङले स्थापना दिवस मनाउँदै”
![l;+xb/af/ cufl8 k[YjLgf/fo0f zfxsf] zflns . tl:a/M gf/fo0f Gof}kfg] . /f;;](https://www.tharuwannews.com/wp-content/uploads/2013/01/prithavi-narayan-shah-300x202.jpg)


