Author: admin
Zee Cine Award 2013









क कसले के अवार्ड पाए समाचार पढ्नुस्
तीन सातादेखि युवती बेपत्ता

निर्मल घिमिरे, बर्दिया- मगरागाडी सोनपुर–५ की २१ वर्षीय सीता चौधरी मंसिर २९ गतेदेखि बेपक्ता भएकी छन्। तीन सातासम्म पनि छोरीको अत्तोपत्तो नलाग्दा परिवारका सदस्य चिन्तित भएका छन्। २९ गते बेलुका ७ बजेसम्म घरमै रहेकी उनी त्यही राति हराएकी बाबु कुकुरा थारूले बताए। ‘मंसिर २९ गते हराएकी छोरीको अवस्था थाहा नपाउँदा परिवारका सबै चिन्तित छौं,’ उनले भने। गाउँले सबै मिलेर नेपालगन्ज, धनगढी, बर्दिया र भारतीय सीमावर्ती गाँउमा खोज्दा पनि पत्ता लागेको छैन। Continue reading “तीन सातादेखि युवती बेपत्ता”
माघेसंक्रान्तिको रौनक सुरु, ठाउँ ठाउँमा मोहत्सव
नेपालगन्ज- माघेसंक्रान्ति आउन एक सातामात्रै बाँकी रहँदा तराईका थारू समुदायमा चहलपहल सुरु भएको छ। थारू जातिले यस पर्वलाई नयाँ वर्षको रूपमा लिने हुँदा तयारीमा जुटिसकेको हुन्। थारू जातिको बाहुल्यता रहेको बाँके, बर्दिया, दाङ, कैलाली, कन्चनपुरमा यतिबेला माघेसंक्रान्तिको रौनकता प्रवेश गरिसकेको अवस्था छ। यी क्षेत्रमा छोरीचेली, आफन्त, साथीभाइलाई निम्तो, मासुको जोह गर्नेदेखि गाउँगाउँमा माघेसंक्रान्तिमा थारू जातिले नाच्ने विशेष नाच मघौटा नाच्न सुरु गरिसकेका हुन्। पछिल्लो समयमा यस नाचमा युवादेखि बुढापाका सबै झुम्मिन्छन्। Continue reading “माघेसंक्रान्तिको रौनक सुरु, ठाउँ ठाउँमा मोहत्सव”
सलमान र प्रियंकाले जिते लोकप्रिय अवार्ड
मुम्बई, एजेन्सी- बलिउड अभिनेता सलमान खानले पुरुषतर्फ बेस्ट एक्टरको अवार्ड हात पारेका छन्। मुम्बईको यशराज फिल्मस स्टुडियोमा आयोजित ‘जि सिने अवार्ड’अन्तर्गत दबङ-२ का लागि उनले सो अवार्ड हात पारेका हुन्। त्यस्तै प्रियंका चोडपाले ‘बर्फी’का लागि बेस्ट एक्ट्रेसको अवार्ड जितिन्।रणवीर कपुर र विद्या बालन ‘बर्फी र कहानी’का लागि बेस्ट अवार्ड ‘क्रिटिक्स’तर्फको अवार्ड हात परे। अनुराग बासुको बर्फीले बेस्ट फिल्म, बेस्ट निर्देशनलगायतका अवार्ड हात जित्यो। Continue reading “सलमान र प्रियंकाले जिते लोकप्रिय अवार्ड”
सामूहिक बलात्कारीहरुको बन्द कोठामा सुनावाई हुने
नयाँ दिल्ली, एजेन्सी- नयाँ दिल्लीमा तीन साताअघि भएको सामूहिक बलात्कार र हत्याका पाँच आरोपीलाई सोमबार दिल्ली प्रहरीले अदालतमा पेस गर्यो। दिल्ली प्रहरीले आरोपित राम सिंह, मुकेस सिंह, विजय शर्मा, अक्षय ठाकुर र पवन गुप्तालाई साकेत जिल्ला अदालतमा पेश गरेको थियो। राजधानी नयाँ दिल्लीको दक्षिणी भागमा रहेको साकेत जिल्ला अदालतमा बलात्कार मुद्दाको सुनुवाई बन्द कोठामा गरिएको थियो। अदालतले बिहीबार मुद्दाको सुनुवाई गर्ने मिति तोकेको छ। Continue reading “सामूहिक बलात्कारीहरुको बन्द कोठामा सुनावाई हुने”
‘थाकस’का महामन्त्री थनैत अस्पताल भर्ना
काठमाडौं- थारु कल्याणकारिणी सभा (थाकस)का महामन्त्री तथा संघीय समाजवादी पार्टी, नेपालका पोलिट्ब्यूरो सदस्य मिझलाल थारु थनैत ब्रेन हेम्ब्रेजका कारण अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्य स्थिति अझै नाजुक रहेको उनकी पत्नी लीला पोखरेल थनैतले थारुवानलाई जानकारी दिइन्। तर डाक्टरले भने उनको स्वास्थ्य सुधार भइरहेको बताए। Continue reading “‘थाकस’का महामन्त्री थनैत अस्पताल भर्ना”
साढे तीन अर्बभन्दा बढी मूल्यको चिरुका रौँ बरामद
नारायण न्यौपाने, काठमाडौं- गोरखाको उत्तरी भेगबाट बरामद गरिएको दुर्लभ जनावर चिरुका एक हजार १५० किलोग्राम रौँ (साहतुस) सार्वजनिक गरिएको छ। सो परिमाणको रौँको अन्तर्राष्ट्रिय मूल्य करिब रु तीन अर्ब ६० लाख रहेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गोरखा जिल्ला थुमी गाविसका क्योरपानी र सोतीबाट सो रौं बरामद गरेको हो। चारहजार मिटरभन्दा माथिको उचाइमा पाइने चिरु हरिण प्रजातिको दुर्लभ जनावर हो। Continue reading “साढे तीन अर्बभन्दा बढी मूल्यको चिरुका रौँ बरामद”
दुई अर्ब लगानी गर्नुस् ‘प्रधानमन्त्री राष्ट्रिय सम्मान’ पाउनुस्
काठमाडौं, पुस २३- उद्योग मन्त्रालयले ‘प्रधानमन्त्री राष्ट्रिय सम्मान’ प्रदान गर्न मापदण्ड तयार गरिरहेको छ। दुई अर्बभन्दा बढी लगानी गर्ने लगानीकर्तालाई सम्मान गर्ने उद्देश्यअनुरुप यस्तो मापदण्ड तयार गर्न लागिएको हो। हालः यस्ता लगानीकर्ताको राष्ट्रिय सूची तयार गर्ने काम भइराखेको मन्त्रालयका प्रवक्ता यामकुमारी खतिवडाले सूचना तथा सञ्चारमन्त्रालयमा आज आयोजित नियमित सञ्चारकर्मीसित सम्मेलनमा जानकारी दिए। उनका अनुसार चालु आवभित्र यो सम्मान प्रदान गरिनेछ। सूची तयार गर्ने जिम्मेवारी उद्योग विभागलाई दिइएको र विभागले प्राथमिकताका साथ काम गरिराखेको उनले बताए। Continue reading “दुई अर्ब लगानी गर्नुस् ‘प्रधानमन्त्री राष्ट्रिय सम्मान’ पाउनुस्”

