कीर्तिपुर- त्रिभुवन विश्वविद्यालयको ३८औँ दीक्षान्त समारोहबाट पाँच हजार ४८६ विद्यार्थी दीक्षित हुने भएका छन्। यही पुस २५ गते काठमाडौँको दशरथ रङ्गशालामा हुने भनिएको दीक्षान्त समारोहमा पाँच हजार ४८६ विद्यार्थी दीक्षित हुन लागेको विश्वविद्यालयका सह परीक्षा नियन्त्रक कृष्णप्रसाद आचार्यले जानकारी गराए। Continue reading “टियुको ३८औं दीक्षान्त समारोह रंगशालामा हुने”
Author: admin
मनाङ लिगको दोस्रो स्थानमा उक्लियो
काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्याङ्दी क्लब विजयी भएको छ। त्रिपरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको सो प्रतियोगितामा मनाङले बाँसबारी फुटबल क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। मनाङका खेलाडी सुजल श्रेष्ठले खेलको पहिलो हाफको ३२औँ मिनेटमा एक गोल गर्दै पहिलो अग्रता लिए। Continue reading “मनाङ लिगको दोस्रो स्थानमा उक्लियो”
स्वतन्त्र व्यक्ति हुँदैन: प्रतिपक्ष, हठ छोड्नुपर्छ: सत्तापक्ष
काठमाडौं- प्रतिपक्षी दलका नेताहरुले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्नु भनेको राजनीतिमा बेइमानी सिवाय अरु केही नहुने तर्क प्रस्तुत गरेका छन्। उनीहरुले एमाओवादी, वर्तमान सरकार र मधेसी मोर्चाले नै निषेधको राजनीति सुरु गरेको आरोप लगाउँदै सन्तुलनका आधारमा राजनीतिको निकास खोजिनुपर्ने बताएका छन्। Continue reading “स्वतन्त्र व्यक्ति हुँदैन: प्रतिपक्ष, हठ छोड्नुपर्छ: सत्तापक्ष”
यातना दिने पतिविरुद्ध प्रहरीमा उजुरी
गौर- रौतहटका दुई महिलाले साहस गरी आफ्नै पतिको दुर्व्यहारविरुद्ध प्रहरीमा उजुरी गरेका छन्। रौतहट जिल्लाका धरमपुर गाविस–६ घर भई हाल डुमरिया गाविसको नयाँबस्ती टोल–८ बस्ने सुरेश गुप्ताविरुद्ध उनकी श्रीमती बिमा देवीले जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिएकी हुन्। Continue reading “यातना दिने पतिविरुद्ध प्रहरीमा उजुरी”
लुम्बिनीका तीन जिल्लाको बन्द खुल्यो
बुटवल- नेकपा-माओवादी अवद्यराज्य समितिले आह्वान गरेको लुम्बिनीका तीन जिल्ला बन्द साझ ४ बजेपछि खुलेपछि जनजीवन सामान्य भएको छ। प्रहरी नियन्त्रणमा आफ्ना नेताको मृत्यु भएको घटनाको विरोधमा विभिन्न माग राख्दै नेकपा माओवादीले गरेको बन्दले तराईका रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाको बन्द आह्वान गरेको थियो। Continue reading “लुम्बिनीका तीन जिल्लाको बन्द खुल्यो”
सहमतिको बाधक कांग्रेस
बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनादेखि अहिलेसम्म निरन्तर सत्ताको केन्द्रमा रहँदै आउनुभएका विजयकुमार गच्छदार पूर्वदेखि पश्चिम मधेस तराइको भूमिमा वलिष्ठ नेताका रूपमा चिनिनुहुन्छ। पछिल्लो जनआन्दोलनपछि मातृसंस्था नेपाली कांग्रेसबाट बाहिरिनुभएका गच्छदार समीकरण राजनीतिका चतुर र धुरन्धर खेलाडी सावित हुनुभएको छ। वर्तमान सरकारका उपप्रधान तथा गृहमन्त्री रहनुभएका गच्छदारसँग आजको राजनीतिक प्रसंगमा किशोर नेपालको अन्तर्वार्ता : Continue reading “सहमतिको बाधक कांग्रेस”
‘फेभिकल कसरी अश्लील भयो ?’
बीबीसी- सलमान खानद्वारा अभिनित चलचित्र दबङ-२ को ‘फेभिकल’ बोलको गीत अश्लील भएको भन्दै भारतमा कडा आलोचना खेप्नुपर्यो। विरोध गर्नेहरुको तर्क थियो- हनि सिंहद्वारा लिखित गीतहरुले प्रायः अश्लीलतालाई बढावा दिएको छ। तर सो गीतका संगीतकार साजीदबाजिदले भने सो गीत कसरी अश्लील भयो भन्दै प्रतिप्रश्न गरेका छन्। उनले यदि यो गीत अश्लील साबित भए आफूहरु यस्ताखाले गीता नै बनाउन बन्द गर्ने बताए। Continue reading “‘फेभिकल कसरी अश्लील भयो ?’”
राजनीति क्षेत्रको सामाजिक रोगको जटिल शल्यक्रिया गर्न कठिनः प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले पुरानो सामन्ती सामाजिक संरचना नहटिसकेका कारण मुलुकमा सङ्क्रमणकाल लम्बिएको बताएका छन्। ललितपुरको धापाखेलमा निर्माण गरिएको सुमेरु सामुदायिक अस्पताल प्रालिको आज उद्घाटन गर्दै उनले पुरानो राज्यसत्ता फ्याँकेर नयाँ राज्यसत्ता निर्माणका लागि ठूलै शल्यक्रिया गर्नुपर्ने भएकाले सङ्क्रमणकाल लम्बिएको भन्दै यसमा कुनै व्यक्ति वा पार्टीको दोष नभएको उल्लेख गरे। Continue reading “राजनीति क्षेत्रको सामाजिक रोगको जटिल शल्यक्रिया गर्न कठिनः प्रधानमन्त्री”
करिमा बेगमद्वारा गच्छदारको पार्टी परित्याग
काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी केन्द्रीय सदस्य करिमा बेगमले बिहीबार पार्टी परित्याग गरेकी छन्। सम्झना होटलमा पत्रकार सम्मेलन गरी बेगमले पार्टी परित्याग गरेकी हुन्। विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक छाडेकी उनले उपेन्द्र यादव नेतृत्वको फोरम नेपालमा प्रवेश गरेको घोषणा गरिन्। पत्रकार सम्मेलनमा बेगमसँगै फोरम अध्यक्ष यादव पनि थिए। Continue reading “करिमा बेगमद्वारा गच्छदारको पार्टी परित्याग”
चार महिना वनमा बस्छन् सङ्करपुरका बासिन्दा
कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्र शङ्करपुरका बासिन्दा पाँच वर्षदेखि बाढीको डरले वर्षात सुरु हुनु अगावै जीउधनको सुरक्षा गर्न लाल झाडी वनतर्फ लाग्छन् भने वर्षातको मौसम सकिएपछि गाँउका घरमा फर्कने गरिएका छन्। दोदा नदीमा आउने बाढीले बर्सेनि बस्ती डुबाउन थालेपछि बासिन्दाले जङ्गलमा कच्ची घर बनाएर बस्ने गरेका छन्। Continue reading “चार महिना वनमा बस्छन् सङ्करपुरका बासिन्दा”