नयाँ प्रतिभा खोज्दै तेक्वान्दो सङ्घ

फणीन्द्र फुयाल, काठमाडौं- तेक्वान्दो खेलका नयाँ प्रतिभावान् खेलाडीहरु खोजी गर्ने उद्देश्यले नेपाल तेक्वान्दो सङ्घले आजदेखि देशव्यापीरुपमा ‘घरदैलो’ कार्यक्रम सुरु गरेको छ। सङ्घको पहलमा आज काठमाडौँको उत्तरी क्षेत्रको बालाजुस्थित तरुण मावि, गल्फुटारस्थित सेन्ट जोसेफ स्कुल, कपनस्थित रिलायन्स इन्टरेनसनल एकेडेमी तथा जोरपाटीस्थित द सेलिब्रेसन स्कुलमा छनोट प्रतियोगिता सम्पन्न भयो। Continue reading “नयाँ प्रतिभा खोज्दै तेक्वान्दो सङ्घ”

सिमरामा गोल्डकप माघमा

कलैया- बाराको सिमरामा यही माघ २३ गतेदेखि फागुन ५ गतेसम्म ‘म्याजिक मोमेन्ट्स चौथो सिमरा गोल्डकप फुटबल’ प्रतियोगिता सञ्चालन हुने भएको छ। नव जनजागृति युवा क्लब सिमराद्वारा आयोजना हुने उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई रु चार लाख, दोस्रो हुने टिमलाई रु एक लाखको पुरस्कार दिने व्यवस्थासमेत गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। Continue reading “सिमरामा गोल्डकप माघमा”

सिरहामा विद्यालयका प्रअद्वारा २० लाखभन्दा बढीको भ्रष्टाचार

सन्तोष यादव, सिरहा- सिरहाको लक्ष्मीपुरपतारी गाविस–१ स्थित प्राथमिक विद्यालय धनछवारका प्रधानाध्यापक शिवनारायण मण्डलले रु २० लाखभन्दा बढी भ्रष्टाचार गरेको अभिभावकहरुले आरोप लगाएका छन्। जिल्ला शिक्षा कार्यालयले शौचालय, भवन, छात्रवृत्ति र दिवा खाजा शीर्षकमा दिएको बजेटबाट रु २० लाखभन्दा बढी प्रअ मण्डलले भ्रष्टाचार गरेको स्थानीयवासीको आरोप छ। भ्रष्टाचारको आरोप लागेका प्रअ मण्डल विद्यालय आउन पनि छाडेको उनीहरुको भनाइ छ। Continue reading “सिरहामा विद्यालयका प्रअद्वारा २० लाखभन्दा बढीको भ्रष्टाचार”

काठमाडौंमा यस वर्षकै बढी चिसो

काठमाडौं- काठमाडौं उपत्यकामा आज यसवर्षकै बढी चिसो भएको छ। काठमाडौँमा हिजो ०.७ तापक्रम रहेकामा आज ०.२ पुगेको छ। उपत्यकामा आज यसवर्षकै बढी चिसो भएको र तत्कालै पानी पर्ने सम्भावना नरहेकाले चिसो अझै बढ्ने मौसमविद् राजेन्द्र श्रेष्ठले बताए। उनले देशका तराईका जिल्लाबाहेक सबै स्थानमा जाडो बढेको पनि बताए।  Continue reading “काठमाडौंमा यस वर्षकै बढी चिसो”

भारत-पाकिस्तान सैनिकबीच भीडन्त

काश्मिर, पुस २२ (एजेन्सी)- भारतीय र पाकिस्तानी सैनिकबीच भीडन्त हुँदा एक पाकिस्तानी सैनिकको मृत्यु भएको छ। एक जना भने गम्भीर घाइते भएका छन्। काश्मिरस्थित भारत-पाकिस्तान सीमामा भारतीय सैनिकले सीमा मिचेको पाकिस्तान सेनाले आरोप लगाएका छन्। तर ठ्याक्कै के भएको भन्नेबारे अझै खुल्न नसकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सीएनएनले जनाएको छ। Continue reading “भारत-पाकिस्तान सैनिकबीच भीडन्त”

फोरम लोकतान्त्रिकका नेतालाई पनि प्रधानमन्त्री बन्ने हक छ : गच्छदार

इटहरी- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले महिलामाथि भएका अपराधमा संलग्न जो कोही भए पनि त्यस्तालाई नेपालको प्रचलित कानुनअनुसार कडा सजाय दिन सरकार तयार रहेको बताएका छन्। मधेसी कारखाना श्रमिक फोरम लोकतान्त्रिक सङ्घले सुनसरीको दुहवीमा आयोजना गरेको दुई दिने तालिमको समापनका अवसरमा मन्त्री गच्छदारले माहिलाविरुद्ध पछिल्लो समयमा ज्यादै संवेदनशील र दुःखद घटनाहरु भएको भन्दै यस्ता अपराधमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न प्रहरी प्रशासनलाई कडा निर्देशन दिइसकिएको जानकारी दिए।  Continue reading “फोरम लोकतान्त्रिकका नेतालाई पनि प्रधानमन्त्री बन्ने हक छ : गच्छदार”

राष्ट्रपतिले भने- २५ गतेभन्दा पर नजानुस्

काठमाडौं- राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठनका लागि सहमति कायम गर्न फेरि पाँच दिनको म्याद थपेका छन्। नेपालको अन्तरिम संविधानको धारा ३८ को उपधारा (१) बमोजिम राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनीतिक दलहरुलाई गएको मङ्सिर ८ गते पहिलोपटक आह्‍वान गरेका थिए।  Continue reading “राष्ट्रपतिले भने- २५ गतेभन्दा पर नजानुस्”

राष्ट्रपतिज्यू, नयाँ प्रधानमन्त्री दिएर निकास दिनुस् : पौडेल

पोखरा- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपति रामवरण यादवले देशलाई अब नयाँ प्रधानमन्त्री दिएर निकास दिनुपर्ने बेला आएको बताएका छन्। नेपाल निजामती कर्मचारी युनियन पश्चिमाञ्चल क्षेत्रीय भेलाको आज बिहान पोखरामा उद्‍घाटन गर्दै उनले संसदीय प्रणालीको मान्यताअनुरुप राष्ट्रपतिले निर्णय गर्नुभयो भने कसैले पनि बोल्ने ठाउँ रहँदैन भने।  Continue reading “राष्ट्रपतिज्यू, नयाँ प्रधानमन्त्री दिएर निकास दिनुस् : पौडेल”

एमालेले कांग्रेसकै उम्मेदवारलाई समर्थन गर्ने

काठमाडौं- नेकपा (एमाले) को आज सम्पन्न स्थायी समितिको बैठकले प्रमुख राजनीतिक दलकै नेतृत्वमा राजनीतिक सहमतिको सरकार बन्नुपर्ने र प्रधानमन्त्रीमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई समर्थन गर्ने पार्टीको पूर्वनिर्णयलाई कार्यान्वयन गर्न सक्रियतापूर्वक पहलकदमी लिने निर्णय गरेको छ। Continue reading “एमालेले कांग्रेसकै उम्मेदवारलाई समर्थन गर्ने”

महासेनानी पक्राउप्रति सरकारको गम्भीर आपत्ति

काठमाडौं- नेपाल सरकारले नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायती प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै त्यहाँको विदेश मन्त्रालयमा विरोधपत्र पठाएको छ। अन्तर्राष्ट्रिय कानुन र सार्वभौम मुलुकको क्षेत्राधिकारको सामान्य सिद्धान्तविपरीत बिनाआधार नेपाल सरकारलाई सूचनासम्म नदिई महासेनानी लामालाई पक्राउ गरेकामा सरकारले बेलायत सरकारलाई विरोधपत्र (प्रोटेस्ट नोट) पठाएको छ।  Continue reading “महासेनानी पक्राउप्रति सरकारको गम्भीर आपत्ति”