नयाँ निर्वाचनको विकल्प छैन : यादव

वीरगन्ज- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको संवैधानिक र राजनीतिक सङ्कटको निकासका लागि नयाँ संविधानसभा निर्वाचनको विकल्प नभएको बताएका छन्। नेपाली जनताको चाहनाअनुरूप सङ्घीय लोकतान्त्रिक संविधान निर्माणका लागि संविधान सभाको निर्वाचनमा जानुको विकल्प छैन, आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘निर्वाचनका लागि राजनीतिक सहमतिको सरकार अहिलेको आवश्यकता हो।’ Continue reading “नयाँ निर्वाचनको विकल्प छैन : यादव”

झापामा पनि सामूहिक बलात्कार

भद्रपुर- झापाको दमकमा एक युवती सामूहिक बलात्कारको सिकार भएकी छन्। चारजना युवकले एक १९ वर्षीया युवतीलाई बुधबार साँझ जबर्जस्ती नियन्त्रणमा लिइ दमक-९ स्थित चिया बगानमा लगेर सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनामध्ये तीनजनालाई आज बिहान ५ बजे पक्राउ गरेको छ। Continue reading “झापामा पनि सामूहिक बलात्कार”

हस्तकलाका धनी समुदाय

सन्तोष दहित, दाङ- आफ्नै भेषमा सजिएर थारु महिलाहरु आफ्नो हातले बनाएको विभिन्न थरिका हस्तकलाको प्रदशनको लागि नेपाल सस्कृत विश्व विद्यालय वेलझुन्दीमा पुगेका थिए। आफूले बनाएका हस्तकलाको प्रचार प्रसार गर्नुको साथै थारु जातिको परम्परागत हस्तकला प्रवद्धनको लागि थारु समुदायकमा महिला तथा पुरुषहरु त्यहा पुगेका थिए। यहि पुस महिना ३ र ४ गतेका दिन नेपाल संस्कृत विश्व विद्यालयको आयोजनामा भएको वृहत सास्कृतिक संगोष्ठी कार्यक्रममा थारुजातिका महिला पुरुषहरुले परम्परागत हस्तकला शिल्पकलावाट निर्माण गरिएका चित्र र सामग्रीहरु लिएर कार्यक्रमलाई थप प्रभावकारी पुगोस भन्ने उद्देश्यले छुट्ट स्टल वनाएर राखिएको थियो।  Continue reading “हस्तकलाका धनी समुदाय”

क्रिकेटर र मोडल

एजेन्सी- सिड्नीमा श्रीलंकासँगको जारी तीन दिवसीय खेलका दौरान अष्ट्रेलियन क्रिकेटर माइक हसी, सेन वास्टन र डेभिड वार्नर मोडल लौरेन विकर्स र एम्बर बेर्नरका साथ पेप्सीसँगै।  Continue reading “क्रिकेटर र मोडल”

लुम्बिनीको गुरुयोजना पचहत्तर प्रतिशत पूरा

काठमाडौं- लुम्बिनी विकास कोषले लुम्बिनीको दीर्घकालीन गुरुयोजनाअनुरुपको ७५ प्रतिशत भौतिक पूर्वाधार निर्माण सकिएको बताएको छ। कोषका उपाध्यक्ष कर्मासाम्बु शेर्पाले आज यहाँ पत्रकारसँग कुरा गर्दै भौतिक संरचना निर्माण सकिएपछि लुम्बिनीको व्यवस्थापन सबैभन्दा ठूलो चुनौती रहेको बताए। उनले लुम्बिनी भ्रमण वर्ष २०१२ मा लुम्बिनी आउने विदेशी पर्यटक सङ्ख्या तीन गुणाले वृद्धि भएको बताउँदै भ्रमण वर्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा लुम्बिनीको महत्व अझ उजागर भएको र आन्तरिक पर्यटक पनि वृद्धि भएको स्पष्ट पारे।  Continue reading “लुम्बिनीको गुरुयोजना पचहत्तर प्रतिशत पूरा”

राष्ट्रिय वेबसाइट प्रतिपर्स्धा

काठमाडौ- देश विभिन्न कलेज तथा विश्वविद्यालयमा सूचना तथा प्रविधि विषय अध्ययन गरिरहेका विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘राष्ट्रव्यापी वेबसाइट प्रतिस्पर्धा’ आजदेखि सुरु भएको छ। कम्प्युटर एसोसियसन अफ नेपाल(क्यान) र शस्त्र क्रियसन्सको संयुक्त आयोजनामा पहिलोपटक राष्ट्रव्यापीरुपमा वेबसाइट निर्माण प्रतिसपर्धा सुरु भएको आज यहाँ आयोजित कार्यक्रमा जानकारी दिइएको हो। Continue reading “राष्ट्रिय वेबसाइट प्रतिपर्स्धा”

महाधिवेशनले क्रान्तीको ठोस खाका ल्याउँछ : वैद्य

काठमाडौं- नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले महाधिवेशनपछि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने ठोस खाकासहित आफ्नो पार्टी अगाडि बढ्ने बताएका छन्। उनले एमाओवादी नेताहरुले जनयुद्धको भावना विपरीत पार्टीलाई संसदवादको आहालमा डुबाएको आरोप लगाए। माओवादीको प्रचार राज्य समिति, बुद्धिजीवी राज्य समिति र सांस्कृतिक राज्य समितिको अधिवेशनलाई आज पार्टी कार्यालय बुद्धनगरमा सम्बोधन गर्दै अध्यक्ष वैद्यले आगामी पुस २५ गतेदेखि सुरु हुने पार्टीको सातौं महाधिवेशनले क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने गरी कार्ययोजना ल्याइने बताए।  Continue reading “महाधिवेशनले क्रान्तीको ठोस खाका ल्याउँछ : वैद्य”

भूमिसुधार तथा व्यवस्थामन्त्रीलाई मोही किसानको ज्ञापनपत्र

नेपालगन्ज- मोही हक कार्यान्वयनको माग गर्दै बाँकेका मोही किसानले भूमिसुधार कार्यालय बाँकेमार्फत भूमिसुधार तथा व्यवस्थामन्त्रीलाई एक ज्ञापनपत्र बुझाएका छन्। बाँकेका विभिन्न स्थानबाट नेपालगन्जमा भेला भएका मोही किसानले र्‍यालीसहित भूमिसुधार कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन्।  Continue reading “भूमिसुधार तथा व्यवस्थामन्त्रीलाई मोही किसानको ज्ञापनपत्र”

अस्ट्रेलियामा ठगिए नेपाली विद्यार्थी

काठमाडौं- सप्तरीको जग्गा बेचेर अस्ट्रेलिया पढ्न नेपाली विद्यार्थी रितेश देवकोटा त्यहाँको कलेजको त्रुटिका कारण शैक्षिक प्रमाणपत्रबिना बेखर्ची भएर स्वदेश फर्कनुपरेको छ। चार वर्षअघि डिप्लोमा इन हस्पिलाटी म्यानेजमेन्ट र कमर्सियल कुकेरी पढ्न अस्ट्रेलिया गएका देवकोटा पढाइमा उत्कृष्ट हुंँदाहुँदै पनि त्यहाँको होम्स कलेजले चाहिने शु्ल्क रु १८ लाख लिएर रित्तो हात घर फर्किनुपरेको गुनासो आज शिक्षा पत्रकार समूहद्वारा आयोजित छलफल कार्यक्रममा गरे।  Continue reading “अस्ट्रेलियामा ठगिए नेपाली विद्यार्थी”