Author: admin
दिल्लीमा राष्ट्रपति यादव (फोटो फिचर)
भारतको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामवरण यादवले आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जीसँग नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भेटवार्ता गरे। त्यस अवसरमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा विचारविमर्श भएको थियो। राष्ट्रपति यादवले भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेको तथा प्रत्युत्तरमा उहाँले उपयुक्त समयमा नेपाल आउने इच्छा व्यक्त गर्नुभएको बुझिएको छ। Continue reading “दिल्लीमा राष्ट्रपति यादव (फोटो फिचर)”
ठगीको चक्रव्यूहमा नेपाली नारी
डी. विनोद- दलालका भरमा खाडी पुग्ने महिलाका कथा–व्यथा देशैभरि छरिएका छन्। घरेलु कामदारका रूपमा खाडी जान चाहने महिलालाई त्यता पठाउन दैनिक सयौँ दलाल श्रम विभाग धाइरहेका हुन्छन्। वैदेशिक रोजगार विभागमा पनि दलालहरूको भीड देखिन्छ। वैदेशिक रोजगारीमा ठगीको तरिकामा परिवर्तन पनि भएको छ। पहिला अवैध रूपमा भिजिट भिसा वा तेस्रो मुलुक हुँदै पठाउनेहरू अहिले वैध रूपमा व्यक्तिगत श्रम स्वीकृतिमा पठाउने गरेका छन्। Continue reading “ठगीको चक्रव्यूहमा नेपाली नारी”
अध्यागमनमा बलात्कृत युवतीलाई सरकारले १ लाख ५० हजार राहत दिने
काठमाडौ- विदेशबाट फर्कँदै गर्दा काठमाडौँ विमानस्थलको अध्यागमनमा रहेकाहरुबाट लुटिएर यौन दुर्व्यवहार समेत सहनुपरेकी सीता (नाम परिवर्तन) राईलाई सरकारले १ लाख ५० हजार रुपियाँ राहत दिने निर्णय गरेको छ। आजको मन्त्रिपरिषद् बैठकले अपराधीलाई हदैसम्म कारबाही गर्ने निर्णय पनि गरेको जानकारी सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकालले दिए। राईलाई हिजो मुख्य सचिव लिलामणि पौडेलले भेटेका थिए। Continue reading “अध्यागमनमा बलात्कृत युवतीलाई सरकारले १ लाख ५० हजार राहत दिने”
आमाको छुरा प्रहार र छोराछोरी झुन्डिएको अवस्थामा फेला
विराटनगर- मोरङको उत्तरीपूर्वि पहाडी गाविस टाँडी-४ मा आमासहित दुई बच्चा मृत अवस्थामा फेला परेका छन्। तीन वर्षकी छोरी र डेढ वर्षका छोरा बिहीबार बिहान झुण्डिरहेको अवस्थामा भेटिएको र आमाको पेटमा छुरा प्रहार गरिएको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी उमाप्रसाद चुर्तवेदीका अनुसार टाँडी-४ मा बस्ने लंका राईका २५ वर्षीया श्रीमती माया, छोरी चाहना र छोरा आइडिल मृत अवस्थामा भेटिएको हो। Continue reading “आमाको छुरा प्रहार र छोराछोरी झुन्डिएको अवस्थामा फेला”
२०१२ का हट ग्याजेट्स
सन् २०१२ ले यसै साता हामीबाट बिदा लिँदै छ। यो वर्षले मानिसहरूलाई सामान्य टच स्त्रि्कन मोबाइलमा चित्त बुझाउने समयलाई तोड्यो। ग्याजेट्सका लागि सन् २०१२ महत्वपूर्ण वर्ष रह्यो। नयाँ सिर्जनशीलताका आधारमा र विस्तारित बजारका आधारमा। सामान्यीकरण गर्ने हो भने यो वर्ष टचस्त्रि्कनमा क्रान्ति र ट्याब्लेट पिसीले प्रविधि बजार पिट्यो। यो वर्ष बजारमा आएका १० प्रमुख ग्याजेट्स : Continue reading “२०१२ का हट ग्याजेट्स”
मिस पूर्वाञ्चल पुस तेस्रो साताबाट
पूर्वको चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस पूर्वाञ्चल २०१३’ पुस तेस्रो साताबाट शुरु हुने भएको छ। माघ तेस्रो साता फाइनल हुने प्रतियोगिताको आवेदन फारम खुला गरिएको छ। सिल्भर इन्टरटेन्मेन्ट र हाइट इभेन्टको आयोजनामा हुने प्रतियोगिताका लागि पूर्वाञ्चलका विभिन्न जिल्लाका युवतीले भाग लिन पाउनेछन्। प्रतियोगिताको अडिसन आगामी पुस २० देखि २७ गतेसम्म इटहरी, विराटनगर, बिर्तामोड र धरानमा हुनेछ। कार्यक्रमको इभेन्टलाई गत वर्षभन्दा आकर्षक बनाइने र त्यसको लागि तयारी भइरहेको क्रियटिभ डाइरेक्टर राजेन्द्र रिमालले बताए। Continue reading “मिस पूर्वाञ्चल पुस तेस्रो साताबाट”
चितवन महोत्सवमा निकालिएको र्यालीमा सहभागी युवती। तस्बिर : नारायण ढुंगाना
थारु बैडावा गुरुवा समाजद्वारा १५ बुँदे घोषणा पत्र जारी
बर्दिया- थारु बैडावा गुरुवा समाजले १५ बुँदे घोषणा पत्र जारी गरेको छ। बर्दियामा बसेको दुई दिने भेलाले सो घोषणा पत्र जारी गरेको हो। भेलाले प्रधानमन्त्री बाबुराम भट्टराईलाई ११ बुँदे मागसमेत प्रस्तुत गरेको छ। जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत् उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सो माग पेस गरेका हुन्। Continue reading “थारु बैडावा गुरुवा समाजद्वारा १५ बुँदे घोषणा पत्र जारी”
दाहाल पार्टी कार्यालय किन जाँदैनन्
किरण भट्टराई, काठमाडौँ- पार्टी कार्यालय कोटेश्वरमा प्रायः आइरहने एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल पार्टी कार्यालयमा नआएको २० दिनभन्दा बढी भइसक्यो। पार्टी कार्यालयमा बैठकका लागि ठूलो हल नै भए पनि एमाओवादीले पार्टी कार्यालयमा बैठक नबोलाएको लामो समय बितिसक्यो। Continue reading “दाहाल पार्टी कार्यालय किन जाँदैनन्”

