दलसम्बन्धी अध्यादेशको मस्यौदाबारे आयोगले छलफल थाल्यो

नारायण न्यौपाने- राजनीतिक दलको गठन तथा दर्ता, समावेशी संरचना, आन्तरिक प्रजातन्त्र, संस्थागत विकास, पारदर्शी, जिम्मेवार र काम कारबाही उत्तरदायी बनाउन निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी कानुन संशोधन गर्न मस्यौदा तयार पारेको छ। विगतमा दलहरू विभाजन हुने क्रमले ज्यादै तीव्रता पाउनुका साथै त्यसका कारण आमजनतामा दलहरूलाई हेर्ने दृष्टिकोणमा नकारात्मक भाव उत्पन्न हुँदै गएको परिस्थितिलाई विश्लेषण गरी आयोगले सजिलैसँग दल विभाजन गर्न पाउने प्रावधानलाई हटाउन मस्यौदामा प्रस्ताव गरेको छ। Continue reading “दलसम्बन्धी अध्यादेशको मस्यौदाबारे आयोगले छलफल थाल्यो”

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : सल्लाहकार पौडेल

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले प्रतिपक्षी दलहरूले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्। उनले भने, “डा भट्टराईलाई प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बनाएका हुन र? उहाँहरूले माग्दैमा राजीनामा दिने?” आज यहाँ रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा सल्लाहकार पौडेलले तत्कालीन व्यवस्थापिका संसद्को बहुमतबाट डा भट्टराई प्रधानमन्त्री निर्वाचित हुनुभएको चर्चा गर्दै निर्वाचनको सुनिश्चितता लगायतका विषयमा सहमति नभएसम्म प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न भने। Continue reading “प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : सल्लाहकार पौडेल”

भारतका प्रवासी नेपालीद्वारा आफ्ना समस्या सम्बोधन गरइदिन राष्ट्रपतिलाई आग्रह

काठमाडौं- प्रवासी नेपाली सङ्घ भारतले भारत भ्रमणमा रहेका राष्ट्रपतिसमक्ष लाखौं प्रवासी नेपाली समुदायले उठाइरहेका मुद्दा र उनीहरूले ब्यहोर्दै आएका समस्यालाई द्विपक्षीय वार्तामा उठाइदिन आग्रह गरेको छ। सो सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देशको कुल अर्थतन्त्रको आधा आधार विप्रेषण रहेको र भारतमा  दुई तिहाई नेपाली कामगरी बसोबास गरिरहेको जानकारी दिइयो। Continue reading “भारतका प्रवासी नेपालीद्वारा आफ्ना समस्या सम्बोधन गरइदिन राष्ट्रपतिलाई आग्रह”

रौतहटमा निलगाईको आतङ्क

गौर- रौतहटका केही गाविसमा जङ्गली निलगाईले आतङ्क मच्चाउन थालेको छ। कटहरिया, भसेडवा, फतुवा हर्साह, लक्ष्मिनिया, बडहर्वा, वसन्तपुर, ब्रहमपुरीलगायतका गाविसमा निलगाईका कारण स्थानीय किसानहरू आतङ्कित बनेका छन्। निलगाईले किसानले लगाएको मुसुरो, धनिया, गहुँ नष्ट गर्न थालेका कारण किसानहरू समस्यामा परेका हुन्। Continue reading “रौतहटमा निलगाईको आतङ्क”

अब १२ घन्टामात्र बत्ति आउने (तालिकासहित)

नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लागू हुने गरी नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको छ। नयाँ सूचीअनुसार अव हरेक दिन १२ घन्टा विद्युत अवरुद्ध हुनेछ। प्रधानमन्त्री बाबुराम भट्टराईले यो वर्ष १२ घन्टाभन्दा बढी समय लोडसेडिङ नगर्ने दावी गर्दै आएका छन्।
लोडसेडिङ तालिका यस्तो छ हेर्नुस् :

राष्ट्रपतिले फेरि थपे पुस १४ सम्मको म्याद

काठमाडौं- राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि यही पुस १४ गते शनिबारका दिनसम्म समय थप गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार राजनीतिक दलहरुले सहमतिका लागि थप भएको समयलाई निरन्तरता दिँदै अझै थप समय माग गरेको हुँदा मागबमोजिम समय थप गरिएको हो। Continue reading “राष्ट्रपतिले फेरि थपे पुस १४ सम्मको म्याद”

कपिलवस्तुमा माघी महोत्‍सव हुने

बुटवल- कपिलवस्तुमा क्रियाशिल थारु समुदायका विभिन्न संघसंस्थाको आयोजनामा माघि महोत्सव हुने भएको छ। थारु समुदायले नयाँ वर्षको रुपमासमेत मनाउने यो पर्व माघ १ देखि ३ गतेसम्म कपिलवस्तुको हथौसामा सञ्चालन हुनेछ। महोत्‍सवलाई सफलताका साथ मनाउन थारु कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष जञ्जिरे थारुको संयोजकत्वमा ३१ सदस्यीय गठन गरिएको छ। Continue reading “कपिलवस्तुमा माघी महोत्‍सव हुने”

चिसोले थप दुईको मृत्यु

गौशाला- लगातार बढ्दै गएको चिसोको कारण महोत्तरीमा गएराति थप दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मटौलिया–४ बस्ने ६० वर्षीय मिश्री यादव र औरही–३ बस्ने ४० वर्षीय विनोद चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  Continue reading “चिसोले थप दुईको मृत्यु”

सामूहिक बलत्‍कारको विरोध (फोटो फिचर)

नयाँ दिल्ली, एपी- एक छात्रामाथि भएको सामूहिक बलत्कारको विरोधमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले लाठी चार्ज गरेको छ। राजधानी नयाँ दिल्लीस्थित इन्डिया गेडमा धर्ना गरिरहेका सर्वसधारणमाथि प्रहरीले मानीको फोहोरालेसमेत हानेका थिए। भीड नियन्त्रण गर्न केही सेल आँश्रु ग्यास पनि प्रहरीले हानेका थिए। हेरौं केही तस्बिरहरु : Continue reading “सामूहिक बलत्‍कारको विरोध (फोटो फिचर)”

जहाँ भेटिएको थियो ‘ध्रुबे’ (फोटो फिचर)

चितवन- पछिल्लो समयमा ‘ध्रुबे’ नामक एक हात्ति निकै चर्चित बनेको छ। चितवनमा मान्छे मारेर आतंक मचाएका ध्रुबेलाई स्थानीय प्रशासनले मार्न आदेश दिए पनि पशु अधिकारकर्मीहरु भने त्यसको विपक्षमा उभिएका छन्। समाजिक सञ्जालमा पनि ध्रुबेलाई नमार्न चर्को बहस चलिरहेको छ। तिनै ध्रुबेलाई मंसिर ६ गते निकुञ्जका कर्मचारीले भेटाएपछि रेडियोकर्लर जडान गर्ने बेलाको फाइल तस्बिर हेर्नुस्:  Continue reading “जहाँ भेटिएको थियो ‘ध्रुबे’ (फोटो फिचर)”