मुक्त कमैया घोषणाको १३ वर्षसम्म पनि समस्या समाधान भएन

नेपालगन्ज- मुक्त कमैया घोषणा भएको १३ वर्ष पुग्दासम्म राज्यबाट आफूहरुले आश्वासन पाएको तर सहयोग नपाएको बाँकेका मुक्त कमैयाहरुले बताएका छन्। मुक्त कमैया घोषणासँगै सरकारले प्रतिकमैया तीन कठ्ठा जग्गा दिने, घरबाँसका लागि १० हजार नगद, घरका निर्माणका लागि काठ, मुक्त कमैया परिचयपत्र वितरण र लालपुर्जा वितरण गर्ने भनेपनि उपलब्ध नभएको मुक्त कमैयाहरुको भनाइ छ।  Continue reading “मुक्त कमैया घोषणाको १३ वर्षसम्म पनि समस्या समाधान भएन”

थ्रिस्टार र जावलाखेल विजयी

काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा थि्रस्टार क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा थि्रस्टारले विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) लाई २–० गोलअन्तरले पराजित गर्‍यो।  Continue reading “थ्रिस्टार र जावलाखेल विजयी”

मजदुरले मालिकलाई घरमै जलाएर मारे

असाम, एजेन्सी- भारतको असाम राज्यका चिया मजदुरको समूहले आगो लगाएर मालिक र उनका पत्नीलाई मारेका छन्। असामको एक चिया बगानका मालिक मृदुलकुमार भट्टचार्य र उनकी पत्नी रितालाई बुधबार घरमै आगो लगाएर मारिएको हो। करिब ७ सय मजदुरले घर घेरेर घरमा आगो लगाएका थिए। उनीहरुलाई बाहिर निस्कन नदिएर भित्रै जलाइएको बुझिएको छ। घरमा रहेको दुईवटा सवारीसमेत जलेको छ। Continue reading “मजदुरले मालिकलाई घरमै जलाएर मारे”

दानी रिहाना

आर एन्ड बी गायिका रिहानाले आफू ग्ल्यामरसमात्र नभएर उदारसमेत भएको हालै प्रमाणित गरेकी छिन्। बाजान पप गायिकाले भर्खरैमात्र बार्बाडोसको एक अस्पताललाई १७ लाख ५० हजार अमेरिकी डलर दान दिएकी छिन्। यसै वर्ष जुनमा बितेकी हजुरआमा क्लारा ब्रेथवेटको सम्झनामा उनले अस्पताललाई दान दिएकी हुन्। उनको दानबाट अस्पतालले क्यान्सर उपचारका लागि आवश्यक उपकरण किन्नेछ। Continue reading “दानी रिहाना”

अत्याधिक चिसोले सप्तरीमा ६ को ज्यान गयो

राजविराज- अत्यधिक चिसोले सप्तरीमा एक सातायता छ जनाको ज्यान गएको छ। ज्यान जानेमा सप्तरी शम्भुनाथ गाविस–६ का ६० वर्षीय कारी सरदार बातर, बभनगामाकट्टी गाविस–५ का ६० वर्षीय परमेश्वर साह तेली, मधेपुरा–८ का ५५ वर्षीया फुलिया देवि, बभनगामाकट्टी ६ का ४५ वर्षीय हननुमानी साफी र दौलतपुर ८ का ४६ वर्षीय झल्लु राम रहेको प्रहरीले जनाएको छ।  Continue reading “अत्याधिक चिसोले सप्तरीमा ६ को ज्यान गयो”

चितवन महोत्सव

चितवन- तीन दिने चितवन महोत्सव सौरहामा सुरु भएको छ। महोत्‍सवमा हात्तिले खेल्ने फुटवल प्रतियोगिता विशेष आकर्षणरुपमा लिइन्छ। महोत्सवमा थारु समुदायका परिकार, थारु नृत्य देखाइने आयोजकले जनाएको छ। Continue reading “चितवन महोत्सव”