एजेन्सी- भारतीय मास्टर्स ब्याट्सम्यान सचिन तेन्दुलकरले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आइतबार बिहान उनले यस्तो निर्णय लिएका हुन् । ‘मैले एकदिवसीयबाट सन्यास लिने निर्णय गरेको छु,’ तेन्दुलकरले एक विज्ञप्तिमार्फत् भनेका छन्, ‘विश्व कप विजेता भारतीय टोलीको सदस्य भएर मैले आफ्नो ठूलो सपना पूरा गरिसकेको छु। Continue reading “सचिनद्वारा सन्यासको घोषणा”
Author: admin
‘हरियो’ले ल्याएको सुदिन
सजना- माटोमा सुन फलाउन सकिन्छ। चाहिन्छ त केवल पसिना, इमानदारी र लगनशीलता। बर्खा याममा बाहेक अरू समय मरुभूमितुल्य हुने नवलपरासीस्थित राकाचुली, चितवनको गैरीबारी र पदमपुर गाविसका खेतबारी यतिखेर हराभरा भएका छन्। हरियो तरकारीले गाउँलेको जीवनस्तर उकासेको छ। स्थानीय बासिन्दा तरकारी खेतीमा लागेपछि गाउँको रूप फेरिएको हो। पशुपालनमा आकर्षित गाउँलेहरू मौरी, सुँगुर र बाख्राका रेखदेखमा पनि व्यस्त छन् हिजोआज। Continue reading “‘हरियो’ले ल्याएको सुदिन”
अरबको बालुवामा नेपाली पसिना
चन्द्र काफ्ले- प्राकृतिक रूपमा विश्वमै सुन्दर मुलुक मानिएको नेपाल भौगोलिक, सामाजिक, सांस्कृतिक र धार्मिक रूपले विविधता भएको देश हो। यही विविधता नै यसको समृद्धि हो। तर, कहिल्यै पनि नटुंगिने राजनीतिक संकटले यहाँका नागरिकलाई दुःखी र निराश बनाएको छ। देशको राजनीति कहिल्यै स्थिर नभएकाले युवा वर्ग निराश र हतास छ। बेरोजगारी नेपालको राष्ट्रिय बिडम्बना भएको छ। हाम्रो प्राकृतिक स्रोतको सदुपयोग हुनै पाएन। उद्योग र कलकारखानाको न्यून उपस्थितिले रोजगारीका अवसरहरू असाध्यै सीमित भए। नेपालको युवाशक्ति कामको खोजीमा विदेशिन बाध्य भयो। Continue reading “अरबको बालुवामा नेपाली पसिना”
मोबाइल भर्सनको बढ्यो कारोबार
एजेन्सी- गुगलले मोबाइल विज्ञापनमा क्रान्तिको सुरुवात गरेको छ। अमेरिकाले आगामी वर्ष ४ अर्ब डलर बराबरको कारोबार गर्ने प्रक्षेपण सार्वजनिक गरिएको छ। त्यस्तै सामाजिक सञ्जाल फेसबुकले पनि आफ्नो विज्ञापन दोब्बर गर्ने अनुमान गरिएको छ। अनुसन्धान गर्ने संस्था इमाकर्ेेटरले गरेको अनुसन्धानले यस्तो तथ्य बाहिर ल्याएको हो। Continue reading “मोबाइल भर्सनको बढ्यो कारोबार”
जोडोले दुईको मृत्यु
सप्तरी- विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण सप्तरीको जनजीवन कष्टकर बन्दै गएको छ। मङ्सिरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दै जाँदा जिल्लाको सदरमुकामसहित ग्रामीण क्षेत्रको जनजीवन प्रभावित भएको छ। घाम नदेखिने गरी लाग्ने बाक्लो हुस्सु र चिसो हावाले बस्तीहरूमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन्। Continue reading “जोडोले दुईको मृत्यु”
प्रअद्वारा बालकलाई हातखुट्टा बाँधेर कुटपिट
सप्तरी- विद्यालयमा बालबालिकालाई कुनै किसिमको यातना दिन नपाउने आवाज विभिन्न पक्षबाट उठिरहेका बेला सदरमुकाम राजविराजस्थित एक विद्यालयका प्रधानाध्यापकले विद्यालयभित्रै एक छात्रलाई रुखमा बाँधेर निर्घात कुटपिट गरेका छन्। Continue reading “प्रअद्वारा बालकलाई हातखुट्टा बाँधेर कुटपिट”
भट्टराईले नक्कली आँसु झारेर पदमा बस्नु उचित होइन : नेपाल
गोरखा- नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले नक्कली आँसु झारेर प्रधानमन्त्रीको पदमा बसिराख्नु उचित नभएको बताएका छन्। प्रेस चौतारी गोरखाले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले मधेसी मोर्चा र प्रधानमन्त्रीबीचको गठबन्धन भ्रष्टाचारका लागि मात्र भएको बताए। Continue reading “भट्टराईले नक्कली आँसु झारेर पदमा बस्नु उचित होइन : नेपाल”
सहमति सङ्कटतर्फ, पाँचौँपटकको पाँच दिन पनि व्यर्थै…
सीवी अधिकारी, काठमाडौ- महिनौँदेखि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रमुख दलहरूको प्रयास निरर्थक बनिरहेको छ। राजनीतिक सहमतिको एकोहोरो भनाइ राखिरहने तर दलीय, पदीय स्वार्थबाट एक इन्च पनि टसमस नगर्ने प्रवृत्तिका कारण दलहरूका प्रतिबद्धताप्रति जनतामा वितृष्णा सिर्जना हुन थालेको छ। राष्ट्रिय सहमतिका लागि राष्ट्रपतिले पछिल्लो पाँचौँपटक थप गरेको पाँच दिनको समय पनि दलहरूले त्यतिकै खेर फालेका छन्। Continue reading “सहमति सङ्कटतर्फ, पाँचौँपटकको पाँच दिन पनि व्यर्थै…”
पेट्रोल घट्यो, मट्टीतेल र डिजेलको मूल्य बढ्यो
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा केही थपघट गरी अन्तर्राष्ट्रिय मूल्यसँग समायोजन गरेको छ। निगमको शुक्रबार राति बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु दुई मूल्य घटाएको छ भने मट्टितेल र डिजेलमा प्रतिलिटर रु दुई मूल्य बढाएको निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले जानकारी दिए। Continue reading “पेट्रोल घट्यो, मट्टीतेल र डिजेलको मूल्य बढ्यो”
मोर्चाले फेरि भन्यो- भट्टराईकै नेतृत्वमा सहमतीय सरकार
ललितपुर- संयुक्त मधेसी मोर्चाले वर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने निर्णय गरेको छ। सानेपास्थित मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को कार्यालयमा आज बसेको मोर्चाको बैठकले वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा सहमतीय सरकारका लागि पहल गर्ने र त्यो मान्य नठहरिए अन्य विकल्पमा जाने निर्णय गरेको छ। Continue reading “मोर्चाले फेरि भन्यो- भट्टराईकै नेतृत्वमा सहमतीय सरकार”