काठमाडौं- राष्ट्रपति रामवरण यादव भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा यही पुस ९ गते सोमबार भारतको औपचारिक भ्रमण सुरु गर्दै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिअनुसार राष्ट्रपति डा यादव पुस १० गते बनारस हिन्दु विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा राष्ट्रपति मुखर्जीका साथ अतिथिका रुपमा सरिक हुनुहुने कार्यक्रम छ। Continue reading “राष्ट्रपतिको भारत भ्रमण”
Author: admin
थरुहट तराई पार्टी नेपालसहित दस वटा दल दर्ता
काठमाडौं- निर्वाचन आयोगमा नयाँ दशवटा राजनीतिक दल दर्ता भएका छन्। आयोगका अनुसार यसरी दर्ता गरिएका नयाँ दलहरूमा मधेस तराई फोरम, मधेस समता पार्टी, नेपाल समाजवादी पार्टी लोहियावादी, राष्ट्रिय एकता मञ्च र नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी छन्। त्यसैगरी, नेपाल नागरिक पार्टी, नेपाल लोकतान्त्रिक नागरिक पार्टी, थरुहट तराई पार्टी, राष्ट्रिय एकता पार्टी र नेपाल नौलो जनवादी पार्टीले पनि नयाँ राजनीतिक दलको मान्यता पाएका छन्। Continue reading “थरुहट तराई पार्टी नेपालसहित दस वटा दल दर्ता”
बैंक अफ काठमाडौंबाट एक करोड ९५ लाख लुटियो
दाङ६- दाङको तुल्सिपुरमा अवस्थित बैंक अफ काठमाडौंबाट करिब दुई करोड रुपियाँ लुटिएको छ। साँझ ६ बजे पेस्तोलसहित आएका तीन जना लुटेराले बैंकका कार्मचारीलाई नियन्त्रणमा लिएर नगद लुटिएको जिल्ला प्रहरी प्रमुख लोकेन्द्र बहादुर मल्लले बताए। बैंकले उपभोक्ताका लागि सन्ध्याकालीन काउन्टरको व्यवस्था गरेको छ। सोही योजनाअन्तर्गत सेवा पुर्याइरहेका कर्मचारीहरुलाई कोठामै थुनेर सेभबाट एक करोड ९५ लाख नगद लुटेको मल्लले बताए। Continue reading “बैंक अफ काठमाडौंबाट एक करोड ९५ लाख लुटियो”
भैँसी चराउनेबाट निकास निस्कन्नः गजुरेल
उदयपुर- नेकपा-माओबादीका उपाध्यक्ष सीपी गजुरेलले भैँसी चराउने राष्ट्रपतिले देशलाई निकास दिन नसक्ने बताएका छन्। क्रान्तिकारी पत्रकार महासंघ उदयपुरद्वारा शुक्रबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा गजुरेलले निकासका लागि पटकपटक म्याद थप्ने राष्ट्रपतिबाट समस्या समाधान हुने कुनै छाँट नदेखेको बताए। Continue reading “भैँसी चराउनेबाट निकास निस्कन्नः गजुरेल”
अमेरिकी सुन्दरी भइन् मिस युनिभर्स
एएफपी – अमेरिकामा भएको मिस युनिभर्स सौन्दर्य प्रतियोगिता अमेरिकी सुन्दरी ओलिभिया कुल्पोले जितेकी छिन्। फिलिपिन्सकी सुन्दरी ज्यान्नी टुगोनोन फर्स्ट रनर अप र भेनेजुएलाकी सुन्दरी इरिन सोफिया एस्सेर क्विन्टेरो सेकेन्ड रनर अप भइन्। चौथो स्थान अस्ट्रेलियाकी सुन्दरीले जितिन् भने ब्राजिली सुन्दरी पाँचौँ भइन्। Continue reading “अमेरिकी सुन्दरी भइन् मिस युनिभर्स”
एमाओवादी विश्वास गर्न नसकिने पार्टी : महत
काठमाडौं- नेपाली कांग्रेसका नेता रामशरण महतले एमाओवादी पार्टी विरोधाभासको पोको मात्र भएको बताएका छन्। रिपोर्टर्स क्लबमा आज भएको साक्षात्कार कार्यक्रममा महतले राष्ट्रिय सहमतिका लागि पटकपटक म्याद थप्ने काम रोकेर राष्ट्रपतिले संविधानको धारा ३८ उपधारा २ को भावनालाई समातेर विघटित संविधानसभामा सहभागी दलहरूको बहुमतका आधारमा राष्ट्रिय सहमतिको प्रधानमन्त्री नियुक्त गर्नुपर्ने विचार राखे। Continue reading “एमाओवादी विश्वास गर्न नसकिने पार्टी : महत”
प्रहरी हवल्दारद्धारा गोली हानी हात्महत्या
नेपालगन्ज- जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी हवल्दार रामबहादुर पालले कार्यलयभित्रै गोली हानी आत्महत्या गरेका छन्। डडेल्धुरा घर भएका ३५ वर्षीय पालले बिहीबार आफैंले गोली हानी आत्महत्या गरेको मध्यपश्चिमका प्रहरी नायब महानिरीक्षक डिआइजी टपेन्द्रध्वज हमालले नागरिकन्युजलाई बताए। Continue reading “प्रहरी हवल्दारद्धारा गोली हानी हात्महत्या”
म सहमतिको बाधक होइन, साधक हुँ : प्रधानमन्त्री भट्टराई
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले आफू राष्ट्रिय सहमतिको बाधक भएको भनेर गरिएको प्रचार सोह्रैआना गलत भएको बताएका छन्। प्रम निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार गठन गर्न आफू बाधक नभएको दोहोर्याए। विघटित संविधान सभाले निर्वाचित गरेको वैधानिक सरकारको नेतृत्व आफैंले गरिआएको बताउँदै प्रधानमन्त्रीले वैधानिकतालाई नै सङ्कटमा पारेर नजाउँ भन्नेमात्रै आफ्नो भनाइ भएको स्पष्ट पारे। Continue reading “म सहमतिको बाधक होइन, साधक हुँ : प्रधानमन्त्री भट्टराई”
एपीएफ १३ गोलले विजयी
धनगढी- आफ्नो अपराजित यात्रालाई कायम राख्दै विभागीय टोली एपिएफ यहाँ जारी प्रथम महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको आजको खेलमा विजयी भएको छ। स्थानीय रङ्गशालामा आज भएको खेलमा एपिएफले पश्चिमाञ्चललाई १३–० भारी गोलअन्तरले पराजित गरेको हो। एपिएफका लागि अणु लामाले चार, प्रमिला राईले तीन, तेजकुमारी गुरुङले दुई गोल तथा रञ्जना दर्जी, उषा भण्डारी, शोभा कुँवर र अनिता बस्नेतले समान एक एक गोलको योगदान गरेका थिए। Continue reading “एपीएफ १३ गोलले विजयी”
पाँच एसएसपीको बढुवा
काठमाडौं- मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीका पाँच वरिष्ठ प्रहरी उपरीक्षकलाई प्रहरी नायब महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ। बैठकले बढुवा भएका नायब महानिरीक्षकहरू श्यामबहादुर थापालाई राष्ट्रिय सुरक्षा निर्देशनालय, जयबहादुर चन्द सुरक्षा सेवा निर्देशनालय, नवराज सिलवाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, बमबहादुर भण्डारी सशस्त्र प्रहरी निर्देशनालय र प्रकाश अर्याललाई अपराध अनुसन्धान ब्युरोमा पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए। Continue reading “पाँच एसएसपीको बढुवा”