चिसोले महोत्तरीको जनजीवन प्रभावित

बर्दिवास- छिल्लो साता निक्कै बढेको चिसोले महोत्तरी जिल्लाको जनजीवन प्रभावित भएको छ। मङ्सिरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः छिप्पिँदै जाँदा जिल्लाका गाउँनगरका बस्तीहरू अत्यधिक प्रभावित भएका छन्। घाम नदेखिने गरी लाग्ने बाक्लो हुस्सु र चिसो हावाले बस्तीहरूमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन्। खासगरी जिल्लाको मध्य र दक्षिणवर्ती क्षेत्रमा चिसोको असर निकै बढेको स्वास्थ्यकर्मीको भनाइ छ। Continue reading “चिसोले महोत्तरीको जनजीवन प्रभावित”

चितवनमा ६१ हजार निरक्षर

चितवन- चितवनमा अझै पनि ६१ हजार निरक्षर रहेको तथ्याङ्क सार्वजनिक भएको छ। तीमध्ये २२ हजार पुरुष र ३९ हजार महिला रहेका छन्। जिल्ला शिक्षा कार्यालय चितवनले आज आयोजना गरेको साक्षरतासम्बन्धी बैठकमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो। सबैलाई साक्षर बनाउनका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ।  Continue reading “चितवनमा ६१ हजार निरक्षर”

कलैया तरकारी सस्तो

कलैया- बारा जिल्लामा यस वर्ष हिउँदे तरकारी खेतीबाट उत्पादनमा वृद्धि भएपछि झण्डै ५० प्रतिशतले सस्तो भाउमा बिक्री भइरहेको छ। कलैया बजारमा हाल काउली रु ८, भन्टा रु ८, बन्दा काउली रु १०, केराउ रु ४०, मूला रु ५ प्रति केजीमा बिक्री भइरहेको छ भने रायो साग एक मुठा रु १ मा बिक्री भइरहेको छ।  Continue reading “कलैया तरकारी सस्तो”

प्रजातान्त्रिक आन्दोलनको योद्धा झाको निधन

बर्दिवास- नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा महोत्तरी जिल्लाको डाम्हीमडै–६ का ७६ वर्षीय नागेश्वर झाको आज निधन भएको छ। राणाशाहीविरुद्ध आन्दोलनमा नेपाली कांग्रेसमा आबद्ध भएर राजनीतिमा होमिनुभएका झाको आज बिहान आफ्नै निवासमा निधन भएको हो।  Continue reading “प्रजातान्त्रिक आन्दोलनको योद्धा झाको निधन”

ध्रुवे हात्तीलाई फसाउन पोथी हात्ती छाडियो

चितवन- हिंस्रक हात्ती नियन्त्रणमा समस्या परेपछि सो हात्तीको आकर्षणका लागि रेडियो कलरले देखाएको सङ्केतको आसपासमा चितवन निकुञ्जले पोथी हात्ती छाडेको छ। गएराति निकुञ्जको पश्चिम क्षेत्र टाइगरटप्स नजिकै रेडियो कलरको सङ्केत आएपछि सो क्षेत्रमा पालुवा पोथी हात्ती उसको आकर्षणका लागि छाडिएको निकुञ्जका रेञ्जर विष्णु थपलियाले जानकारी दिए।  Continue reading “ध्रुवे हात्तीलाई फसाउन पोथी हात्ती छाडियो”

प्रधानमन्त्रीलाई बास बस्न राउटेको निम्तो

दाङ- लोपोन्मुख राउटेहरुले प्रधानमन्त्री डा बाबुराम भट्टराई आफ्नो बस्तीमा नआएकोप्रति गुनासो व्यक्त गरेका छन्। घोराहीमा आज आयोजित साक्षात्कार कार्यक्रममा राउटे मुखिया प्रकाश शाहीले विभिन्न जातजातिका बस्तीमा पुगेका प्रधानमन्त्रीले आफूहरुलाई उपेक्षा गरेको भन्दै दुःख व्यक्त गर्नुभयो। मुखिया शाहीले प्रधानमन्त्री अनि राष्ट्रपतिलाई आफ्नो बस्तीमा निम्तो दिँदै राउटेका दुःख बुझ्न माग गर्नुभयो। बस्तीमा आएका अतिथिलाई आफूहरुले खाँदैआएको खानेकुरा खुवाउने पनि उनले बताए। Continue reading “प्रधानमन्त्रीलाई बास बस्न राउटेको निम्तो”

पूर्वमन्त्री तथा कांग्रेस नेता उमाकान्त चौधरी।

परशुराम चौधरीको १३औं दिनको पुण्य तिथिको अवसरमा सहभागी हुँदै पूर्वमन्त्री तथा कांग्रेस नेता उमाकान्त चौधरी।

 

छिटै कांग्रेसको नेतृत्वमा सहमतीय सरकार : निधि

चितवन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले काँग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्ने पक्कापक्की भएको बताएका छन्। नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिवप्रसाद पौडेलको स्मृति दिवसको सन्दर्भमा आज नारायणगढमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले भने, “टुङ्गोमा पुग्न सानातिना विषय बाँकी रहेका छन्, बढीमा तीन दिनभित्रमा दलहरू सहमतिको सरकार बनाउन सफल हुनेछन्।” Continue reading “छिटै कांग्रेसको नेतृत्वमा सहमतीय सरकार : निधि”