कञ्चनपुर- कञ्चनपुरको निङ्गलाशैनी स्रोत केन्द्रले कक्षा १० को नेपाली विषयको प्रश्नपत्रमा अखण्ड सुदूरपश्चिमको विषय समावेश गरेकोमा आदिवासी जनजाति समुदायले असन्तुष्टि जनाएको छ। गत मङ्सिर दोस्रो साता सञ्चालन गरिएको अर्ध वार्षिक परीक्षामा नेपाली विषयको प्रश्नपत्रमा अखण्ड सुदूरपश्चिसम्बन्धी निबन्ध लेख्न विद्यार्थीलाई सोधिएको थियो। Continue reading “अखण्ड सुदूरपश्चिमको विषय समावेश गरिएकामा जनजाति असन्तुष्ट”
Author: admin
जनतासँग प्रहरी अभियान
बर्दिवास- जनतासँगको सम्बन्ध विकासका लागि महोत्तरी जिल्लाको सीतापुरस्थित प्रहरी चौकीले ‘जनतासँग प्रहरी अभियान’ चलाएको छ। आरूपनो कार्यक्षेत्रका भङ्गाहा, हतिसर्बा, सिङ्ग्याही, हरिहरपुरहरिनमरी र धर्मपुर गाविस बस्तीमा प्रहरी चौकी सीतापुरले सञ्चालन गरेको गाउँ सरसफाइ, वृक्षरोपण र घरदैलो अभियान अहिले जिल्लाका सबै क्षेत्रका लागि उदाहरण बनेको छ। Continue reading “जनतासँग प्रहरी अभियान”
भट्टराई सरकारलाई आन्दोलनबाट हटाउँछौं : पौडेल
चितवन- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले वर्तमान सरकार आन्दोलनबाटै हटाउने चेतावनी दिएका छन्। नेपाल प्रेस युनियन चितवनले आज बिहान नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ता र संवादबाट भट्टराई नेतृत्वको सरकारले मार्गप्रशस्त नगरे विपक्षी दल आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए। Continue reading “भट्टराई सरकारलाई आन्दोलनबाट हटाउँछौं : पौडेल”
आगलागीबाट पच्चीस लाखको क्षति
मोरङ- मोरङको गोविन्दपुर– ३ स्थित भक्तबहादुर विश्वकर्माको करेन्ट सट भई आगालागी हुँदा रु २५ लाखबराबरको क्षति भएको छ। आगालागीबाट विश्वकर्मा परिवारले पालेको एक एक राँगा र बाख्रा, धनमाल, लत्ताकपडासहित दुई तले काठको घर र एउटा गाईवस्तु बाँधिने ग्वालीसमेत नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बिहीबार राति लागेको आगो स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको छ। Continue reading “आगलागीबाट पच्चीस लाखको क्षति”
द्वन्द्वपीडित शिक्षकको पुनर्बहाली गर्न आयोग
काठमाडौं, मङ्सिर २८- सरकारले द्वन्द्वकालमा विभिन्न कारणबाट जागिर छोड्न बाध्य भएका शिक्षकहरुको समस्या समाधान गर्न पुनरावेदन अदालत पाटनका पूर्व मुख्य न्यायाधीश जागेश्वर सुवेदीको अध्यक्षतामा तीन सदस्यीय छानबिन आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले जनयुद्धकालमा सेवाबाट वञ्चित भएका शिक्षकहरुको समस्या समाधान गरी उनीहरुलाई राहत दिनका लागि छानबिन आयोग गठन गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए। Continue reading “द्वन्द्वपीडित शिक्षकको पुनर्बहाली गर्न आयोग”
पाँच दिनमा सहमति नभए अहिलेकै सरकारबाट निर्वाचन : पौडेल
काठमाडौं- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले राष्ट्रपतिले सहमतिका लागि दिएको पाँच दिनको समयमा सहमति नभए यही सरकारको नेतृत्वमा निर्वाचनमा जानुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपाल बिहीबार आयोजना गरेको साक्षात्कारमा रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ति, संविधान सभाको निर्वाचनको मिति घोषणा, संविधानका सहमति भएका विषयलाई समेटेर संविधानको प्रारम्भिक खाका तयार पार्ने विषयमा प्याकेजमै सहमति भए मात्रै प्रधानमन्त्रीले मार्गप्रसस्त गर्ने स्पष्ट पारे। Continue reading “पाँच दिनमा सहमति नभए अहिलेकै सरकारबाट निर्वाचन : पौडेल”
भ्रमण वर्षले छोएन बुद्धिस्ट सर्किटमा
भरत केसी, बुटवल- बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गरेर विश्व समुदायलाई चिनाउने र पर्यटक लुम्बिनी भित्र्याउने उद्देश्यले आयोजना गरिएको लुम्बिनी भ्रमण वर्ष २०१२ को अवधिभर बुद्धको जीवनीसँग जोडिएका प्रमुख बुद्धिस्ट सर्किटहरूलाई छुन सकेन। लुम्बिनी भ्रमण वर्षमा बुद्धको जीवनीसँग सम्बन्धित स्थानहरूको प्रचार–प्रसार र विकास गर्ने गरी लुम्बिनी विकास कोषले कुनै महत्वपूर्ण कार्यक्रमका लागि चासो नदिँदा कपिलवस्तु, रूपन्देही र नवलपरासीका झन्डै एक दर्जनभन्दा बढी बुद्धिस्ट सर्किट भ्रमण वर्षको ओझेलमा परेका छन्। Continue reading “भ्रमण वर्षले छोएन बुद्धिस्ट सर्किटमा”
फोरम गणतान्त्रिकको पदाधिकारी बैठक बस्दै
काठमाडौं- मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)को केन्द्रीय समितिको बैठक एजेन्डा तय गर्न तथा सरकारबारे निर्णय गर्न पार्टी पदाधिकारीको बैठक पार्टी कार्यालयमा बसिरहेको छ। पार्टी सहअध्यक्ष बीपी यादवका अनुसार आगामी केन्द्रीय समितिमा जिम्मेवारी बाँडफाँड, राजनीति ऐजेन्डा र महाधिवेशन समीक्षाबारे बैठकमा छलफल हुनेछ। Continue reading “फोरम गणतान्त्रिकको पदाधिकारी बैठक बस्दै”
व्यक्तिगत भिसामा परदेशतिर
डी. विनोद- बुटवलका कविन्द्र पोखरेल कतार जाने तयारीमा छन्। उनी श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभाग धाइरहेका छन्। आफन्तले पठाएको भिसाका आधारमा उनी त्यहाँको एक निर्माण कम्पनीमा काम गर्न जान लागेका हुन्। भन्छन्, ‘एक हजार रियाल तलब हुन्छ भनेकाले तयारी गरिरहेको हुँ।’ भर्खर १२ कक्षा उत्तीर्ण गरेका उनलाई मामा पर्ने आफन्तले भिसा पठाउने आश्वासन दिएका थिए। भन्छन्, ‘भिसा आउने निश्चित भइसकेकाले कागजी कामका लागि यहाँ आएको छु।’ Continue reading “व्यक्तिगत भिसामा परदेशतिर”
फेसबुक र ट्वीटरको प्रतिस्पर्धा
फेसबुक र ट्वीटरबीच पहिले साथीको सम्बन्ध थियो। तर, अहिले दुईबीच प्रतिस्पर्धा नयाँ हिसाबले अघि बढेको छ। फेसबुकले खरिद गरेको फोटो सेयर गर्न प्रयोग हुने इन्स्टाग्रामलाई लिएर दुईबीच प्रतिस्पर्धा चर्किएको हो। इन्स्टाग्रामका फोटो ट्वीटरभित्रैबाट सेयर गर्न नमिल्ने गरी फेसबुकले रोकेपछि ट्वीटर नयाँ विकल्प दिन तयार भएको हो। Continue reading “फेसबुक र ट्वीटरको प्रतिस्पर्धा”