काठमाडौं- आगामी पुस ६ गते अर्थात् डिसेम्बर २१ मा पृथ्वी नष्ट हुने पश्चिमेली देशबाट फैलिएको हल्ला हल्लामात्र रहेको संहिताशास्त्री तथा ज्योतिषशास्त्रीहरुले बताएका छन्। यसो भन्दैमा केही पनि हुँदैन त भन्न सकिँदैन, ग्रह नक्षेत्रको आधारलाई लिने हो भने केही अशुभ लक्षणचाहिँ रहेको देखिन्छ संहिताशास्त्री अर्जुनप्रसाद बास्तोला भन्नुहुन्छ। Continue reading “पृथ्वी नष्ट हुने हल्ला ‘हल्लामात्रै’”
Author: admin
राष्ट्रपतिले पाँच दिन म्याद थप्दै भने- यसलाई अन्तिम बनाउनुस्
काठमाडौं- राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्न आज चौथो पटक पुनः म्याद थप गरेका छन्। सहमतीय सरकार गठनका लागि राजनीतिक दलहरुलाई पुस २ गतेसम्मको समयसीमा थपिएको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ। Continue reading “राष्ट्रपतिले पाँच दिन म्याद थप्दै भने- यसलाई अन्तिम बनाउनुस्”
सवारी दुर्घटनामा २०० ले ज्यान गुमाए
नेपालगन्ज- आर्थिक वर्ष २०६८/६९ मा मध्यपश्चिममा सवारी दुर्घटनामा २०० जनाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गरिएको छ। बाँके जिल्लाको कोहलपुरस्थित मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा यात्रु बस, ट्रक, मोटसाइकल, ट्र्याक्टरलगायतका सवारीसाधन दुर्घटनामा परी ३७२ जना गम्भीर घाइते भएका थिए। Continue reading “सवारी दुर्घटनामा २०० ले ज्यान गुमाए”
बिराटनगरमा पनि सडक विस्तार
विराटनगर- जोगवनी–इटहरी सडकखण्डमा सडक अतिक्रमण गरी बनाइएका घरटहरालगायत अवरोध हटाउन थालिएको छ। अघिल्लो वर्ष सरकारले सो सडकखण्डलाई छ लेनको बनाउनका लागि छुट्ट्याएको रु २५ करोड फ्रिज भएपछि यो वर्ष डिभिजन सडक कार्यालय विराटनगर तात्न थालेको हो। सडक डिभिजन कार्यालयले सुनसरीको सोनापुर र खनार सडकखण्डमा सडकको बीच भागबाट २५/२५ मिटर दायाँबायाँ क्षेत्रमा खम्बा गाड्ने र सडकको जमिन छुट्ट्याउने कार्य तीव्रगतिमा अघि बढाइरहेको डिभिजन प्रमुख विनोदकुमार मौवारले जानकारी दिए। Continue reading “बिराटनगरमा पनि सडक विस्तार”
किम्फमा फूल्यो सुनगाभा (फोटो फचिर)
काठमाडौं- समलिङ्गीको कथामा बनेको फिल्म सुनगाभा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)मा देखाइएको छ। सूवर्ण थापाद्वारा निर्देशित सुनगाभामामा दिया मास्के र निशा अधिकारीले मुख्य भूमिका निभाएकी छिन्। यसका अलवा सौगात मल्ल, बसुन्धारा भुसाललगायतले अभिनय गरेका छन्। यो फिल्म नेपालका मुख्य सहरमा पुस २० देखि चल्दैछ। किम्भमा खिचिएका तस्बिर हेर्नुस् Continue reading “किम्फमा फूल्यो सुनगाभा (फोटो फचिर)”
‘पुरस्कारले थप हौसला बढेको छ’

शान्ति तथा पुनर्निर्माण मन्त्रालय
दाङ्गदेउखरी, सिसहनियाँ–४ पिपरी स्थायी निवासी शिव प्रसाद चौधरी थारू समुदायबाट निजामति सेवामा प्रशासनिक क्षेत्रको उच्च तहमा पुगेका औंलामा गनिनेमध्ये एक हुनुहुन्छ। उहाँ आफ्नो कार्यक्षेत्रमा दक्ष एवम् कुशल व्यक्तित्वको रुपमा चिनिनुहुन्छ। गत २०६८ चैत्रमा उहाँ लेखा अधिकृतबाट बढुवा भई हाल लेखा उप–सचिव पदमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय, सिंहदरबारमा आर्थिक प्रशासन शाखाका प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ। Continue reading “‘पुरस्कारले थप हौसला बढेको छ’”
थारू समुदायक् ढुरखम्बा परशुनारायण
विनिता चौधरी, देउखुर्नी- २०६९ अघन २१ गते रातके करीब २ वजे नेता परशु नारायण चौधरीके दुःखद निधन हुइलिन। कौनो समयम नोकर–चाकर, गाडी–मोटर ओ भेटघाट करुइयनसे भरीभराउ रहल ठाउँ आजकल सुनसान रहे। नेपाली कांगे्रसके महामन्त्री, भूपू मन्त्री ओ राजपरिषद स्थायी समितिक पूर्व सभापति परशु नारायण चौधरी भक्तपुरके लोकन्थलीम रहल आपन घरेम रहिट। Continue reading “थारू समुदायक् ढुरखम्बा परशुनारायण”
प्रेमी–प्रेमिकाले गरे आत्महत्या
फलेवास, पर्वत- विवाह गरेर सँगै जीवन बिताउने चाहना पूरा नभएपछि एक जोडीले आत्महत्या गरेका छन्। आफूले मन पराएर विवाह गर्न खोजेकी युवतीले आत्महत्या गरेको खबर सुनेपछि युवकले पनि आत्महत्या गरेका हुन्। विवाहका लागि केटीका घर आएकाहरूलाई बाबुआमाले बिहे गरिदिन नसक्ने भन्दै फर्काएपछि पर्वतको धाइरिङ गाविसका एक युवती र म्याग्दीको पुलाचौर–३ का युवक दुवैले छुट्टाछुट्टै स्थानमा आत्महत्या गरेका हुन्। Continue reading “प्रेमी–प्रेमिकाले गरे आत्महत्या”
तराईमा शीतलहर सुरु
इटहरी- दुई दिनदेखि लगातार बाक्लो हुस्सु लागेर घाम देख्न नपाएका सुनसरीवासीले आज बिहानैदेखि शीतलहरको सामना गर्नुपरेको छ। सिमसिम पानी परेजस्तै गरेर शीतलहर परेकाले मानिसले निकै जाडोको महसुस गरिरहेका छन्। बाक्लो हुस्सुसँगै शीतलहरसमेत पर्न थालेकाले किसानहरूमा चिन्ता बढेको छ। शीतलहर चलेपछि हरियो सागपात, आलु, लहराजन्य तरकारी खेतीमा नराम्रो असर पर्ने भएकाले किसानमा चिन्ता बढेको हो। Continue reading “तराईमा शीतलहर सुरु”
उडान ठप्प हुँदा बिरामीलाई कठिनाइ
बारा- बारा जिल्लाको सिमरा विमानस्थलमा दुई दिनदेखि विमान उडान हुन सकेको छैन। विमान उडान तथा अवतरणका लागि आवश्यक पर्ने भिजिविलिटी विमानस्थलमा नभएपछि दुई दिनदेखि उडान हुन नसकेको सिमरा विमानस्थलले जनाएको छ। सिमरा विमानस्थलमा उडान वा अवतरणका लागि एक हजार पाँच सय मिटर भिजिविलिटी आवश्यक पर्ने सिमरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले बताए। Continue reading “उडान ठप्प हुँदा बिरामीलाई कठिनाइ”