क्यारेक्टरको खोजीमा सरस्वती

मदन चौधरी- विगत ९ वर्षदेखि रंगकर्मीको रुपमा परिचित छिन् सरस्वती चौधरी। बर्दियाबाट नाटककै लागि राजधानी प्रवेश गरकी उनले यहाँसम्म आइपुग्न धेरै मेहनत गरेको बताइन्। सत्यमोहन जोशीको चर्चित नाटक बाघ भैरवबाट क्यारियर सुरु गरेकी सरस्वतीले एल्ममुनिको तिर्खा, मायादेबीको सपना, ताराबाजी लैलै र बुख्याँचासहित डेढ दर्जन नाटक खेलेकी छन्। उनै अभिनेत्रीसँग गरेको कुराकानी पढ्नुस् : Continue reading “क्यारेक्टरको खोजीमा सरस्वती”

आजको दुबै खेल बराबार

काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको सङ्कटा क्लब र न्यूरोड टिम (एनआरटी) बीचको खेल बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको सो प्रतियोगितामा सङ्कटा र एनआरटीबीचको खेल १–१ गोलको बराबरीमा सकिँदै दुवै टिमले अङ्क बाँडेका छन्।  Continue reading “आजको दुबै खेल बराबार”

विद्याले गरिन बिहानै विवाह

एजेन्सी- बलिउड अभिनेत्री विद्या बालनले शुक्रबार बिहानै सिद्धार्थ राय कपुरसित चेम्बुरस्थित एउटा मन्दिरमा विवाह गरेकी छिन्। निजी समारोहलाई गोप्य राखिएकोले दुवै परिवारका सदस्यहरुमात्र समारोहमा उपस्थित थिए। एकदमै गोप्य राखिएको हुनाले मिडियाले विहे भइसकेपछि मात्रै खबर पाएको थियो। बुधबार राति भएको मेहन्दी समारोह पनि अरुले थाहा पाउन सकेका थिएनन्। Continue reading “विद्याले गरिन बिहानै विवाह”

विधिको शासन स्थापनाका लागि दण्डहीनताको अन्त्य हुनुपर्छ : गृहसचिव

वीरगन्ज- गृहसचिव नवीनकुमार घिमिरेले कानुनी राज्य र विधिको शासन स्थापना गर्नका लागि मुलुकबाट दण्डहीनता र अराजकताको अन्त्य हुनुपर्ने बताएका छन्। गृह मन्त्रालयद्वारा यहाँ आयोजित “सुरक्षासम्बन्धी क्षेत्रीय सम्मेलन” को समापनका अवसरमा बोल्दै उनले भने, ‘ राजनीतिक आवरणमा गैरराजनीतिक र आपराधिक क्रियाकलापले प्रश्रय पाइरहेको हु”दा त्यसलाई नियन्त्रण गर्नु नै अहिलेको प्रमुख चुनौती भएको छ।‘  Continue reading “विधिको शासन स्थापनाका लागि दण्डहीनताको अन्त्य हुनुपर्छ : गृहसचिव”

उपरथि नेतृत्वमा महानिर्देशनालय बनाउने निर्णय

काठमाडौं-माओवादी सेनाको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको बैठकले एक उपरथीको नेतृत्वमा राष्ट्रिय विकास, वन सुरक्षा तथा विपत् व्यवस्थापन महानिर्देशनालय बनाउने निर्णय गरेको छ। उपरथि नेतृत्वको महानिर्देशनालयमा ४ हजार ७१ रहनेछन्। समितिको सचिवालय नयाँ बानेश्वरमा बसेको बैठकले नेपाली सेनाका उपरथीको नेतृत्वमा चार हजार ७१ सङ्ख्याको महानिर्देशनालय बनाउने निर्णय गरेको सरकारका मुख्य सचिव लीलामणी पौडेलले जानकारी दिए। Continue reading “उपरथि नेतृत्वमा महानिर्देशनालय बनाउने निर्णय”

छोरासरह छोरीलाई पनि अंश दिइयो

कालीकोट- महिला हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा कालीकोटको रुप्सास्थित एक गाउँमा छोरीलाई छोरा सरह अंश दिइएको छ। अंशबण्डा पाउनेमा रुप्सा गाविस- ३ निवासी अबिसरा सहकारी रहेकी छिन्। एकै आमाबाबुको सन्तान छोरीको पनि बाबुको सम्पत्तिमा बराबर हक लाग्ने भएकाले चार भाइ बहिनीलाई बराबर अंश दिएको बताइएको छ। Continue reading “छोरासरह छोरीलाई पनि अंश दिइयो”

आँप : ‘एक गाउँ एक उत्पादन’

सप्तरी- नेपाल सरकारको अनुदानमा सप्तरी उद्योग वाणिज्य सङ्घले सप्तरीमा चालु आव २०६९/०७० देखि ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम लागु गरेको छ। सो कार्यक्रमअन्तर्गत सप्तरीमा आँपको व्यावसायिक खेतमा जोड दिँदै आँपको उत्पादनमा वृद्धि गरिने उद्देश्य लिइएको छ। सरकारले आव २०६३/०६४ को बजेट वक्तव्यमार्फत नै नेपालमा ‘एक गाउँ एक उत्पादन’ घोषणा गरेको हो। Continue reading “आँप : ‘एक गाउँ एक उत्पादन’”

झुन्डिएर आत्महत्या

सप्तरी- सप्तरीको जण्डौल गाविसमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन्। जिल्लाको खोक्सर प्रवाहा गाविस–६ निवासी सुरेश चौधरीकी २२ वर्षीया श्रीमती मनिषा चौधरीले भुन्डिएर आत्महत्या गरेकी हुन्। जण्डौल गाविस–८ घोघिदाहास्थित माइतीमा बस्दै आएकी मनिषाले माइतीमै आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनका श्रीमान् सुरेश विगत एक वर्षदेखि वैदेशिक रोजगारका सिलसिलामा विदेशमा छन्।  Continue reading “झुन्डिएर आत्महत्या”

नासाले सच्यायो सगरमाथाको तस्बिर

एजेन्सी- अमेरिकी अन्तरीक्ष अनुसन्धान केन्द्र (नासा) ले आफ्नो बेबसाइटमा राखेको तस्वीर सच्याएको छ । सगरमाथा भन्दै राखिएको तस्वीर भारतीय एक हिमाल भएको पाइएपछि सर्वत्र बिरोध भएको थियो। नेपालसहित विश्वभरका सञ्चारमाध्यमले उक्त तस्वीर सगरमाथाको नभएर भारतको काश्मिर क्षेत्रको सासेर मुस्तागको भएको औंल्याएपछि बिहीबार नासाले उक्त तस्वीर सच्याएको हो। Continue reading “नासाले सच्यायो सगरमाथाको तस्बिर”