झापा- नेपाली कांग्रेस झापाले पार्टीका राष्ट्रिय र स्थानीय गरी आफ्ना चार नेताको शालिक निर्माण गर्ने भएको छ। जिल्ला कार्यसमितिको बैठकले नेपाली कांग्रेसका पूर्वसभापति स्वः गिरिजाप्रसाद कोइराला र कार्यकर्ताहरू खजुरगाछीका स्वः श्यामसुन्दर यादव, बालुवाडीका स्वः चन्द्रमणि भट्टराई र बुधबारेका स्वः यम आचार्यको शालिक बनाउने निर्णय गरेको हो। Continue reading “कांग्रेसका चार नेताका शालिक बनाइने”
Author: admin
विहे गर्न नमानेर आगो लगाइएका किशोरीको मृत्यु
काठमाडौं- बर्दिया सदरमुकाम गुलरियामा आफ्नो प्रेमीद्वारा आगो लगाइएको भनिएकी सिवा हासमीको मृत्यु भएको छ। वीरअस्पतालमा उपचारको क्रममा उनको आज बिहान ७ बजे मृत्यु भएको उनका भाइ तनवीर हासमीले बताउनुभयो। गत सोमबार हासमीलाई वीरअस्पतालमा भर्ना गरिएको थियो। बाबु भनिने रहम खानले आफूसँग विवाह गर्न अस्वीकार गरेको भन्दै शनिबार राति सिवालाई पेट्रोल छर्केर आगो लगाएका थिए। Continue reading “विहे गर्न नमानेर आगो लगाइएका किशोरीको मृत्यु”
हरुवाचरुवाको मुक्ति कहिले ?
राजु विश्वकर्मा, सप्तरी- मुलुकभरी मानवअधिकारको दिवस विभिन्न कार्यक्रम गरी मनाइरहँदा सप्तरीमा हरुवाचरुवाले मानवअधिकारको रक्षा र अरूको दासत्वबाट मुक्ति पाउन जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्ना दिइरहेका थिए। सुकुम्वासी विपन्नको परिवारका सयौँको सङ्ख्यामा गाउँ गाउँबाट आएका हरुवाचरुवाले आजको २१ औं सताब्दीमा पनि आफूहरू साहुँ महाजन (गिरहत) मा दासत्वको रुपमा काम गर्न बाध्य भएको भन्दै त्यसबाट मुक्ति पाउन सदरमुकाम राजविराज आएका उनीहरूले मङ्गलबार दिनभरी जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए। Continue reading “हरुवाचरुवाको मुक्ति कहिले ?”
कञ्चनपुरमा असुरक्षित गर्भपतन गराउनेहरु बढ्दै
बेलौरी, कञ्चनपुर- कञ्चनपुरमा पछिल्ला वर्षमा सुरक्षित गर्भपतन गराउने सङ्ख्या घट्दै गएको छ। बाह्र हप्तासम्मको सुरक्षित गर्भपतन गराउने मान्यता प्राप्त संस्था नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुरमा पछिल्ला वर्षमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको हो। मङ्गलबार नेपाल परिवार नियोजन सङ्घ शाखा कञ्चनपुरले पत्रकार सम्मेलनमार्फत पछिल्ला वर्षमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घटेको तथ्याङ्क सार्वजनिक गरेको छ। Continue reading “कञ्चनपुरमा असुरक्षित गर्भपतन गराउनेहरु बढ्दै”
पूर्वका बाह्र कम्पनीमाथि कारबाही
इटहरी- राजस्व अनुसन्धान विभाग पूर्वाञ्चल एकाइ कार्यालय इटहरीले पूर्वी नेपालको १२ वटा व्यापारिक कम्पनीमाथि कारबाही चलाएको छ। साउन महिनादेखि मङ्सिरको दोस्रो सातासम्ममा ती कम्पनीमाथि कारबाही गरिएको अनुसन्धान अधिकृत ठाकुरा आचार्यले बताए। कानुनविपरीत काम गर्दै आएको सूचनाका आधारमा गन्जन ट्रेडर्स एन्ड सप्लायर्स, इस्टर्न सुगर मिल्स, महावीर ट्रेडर्स एन्ड सप्लायर्स, महावीर क्लोथ हाउस, विष्णु नेहा इन्टरप्राइजेज र ईश्वर सप्लायर्स ट्रेडर्समाथि अनुसन्धान गरी कारबाही गरिएको हो। Continue reading “पूर्वका बाह्र कम्पनीमाथि कारबाही”
कक्षा ११ को नतिजा प्रकाशित, ४०.३८ प्रतिशत उत्तिर्ण
काठमाडौं- उच्च माध्यामिक शिक्षा परिषद्ले ०६९ साल जेठमा सञ्चालन गरेको कक्षा ११ को नतिजा प्रकासित गरेको छ। शिक्षा परिषद्का उपाध्यक्ष हेमकुमार मिश्रका अनुसार ४०.३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विज्ञान, ब्यवस्थापन, शिक्षा र मानविकी संकाय गरी नियमिततर्फ कूल २ लाख ८२ हजार ३ सय ५९ परिक्षार्थी सम्लितमध्ये १ लाख १४ हजार १९ विद्यार्थी उत्तिर्ण भएका छन्। गत वर्षको तुलनामा यस वर्ष १.३८ प्रतिशत विद्यार्थी वृद्धि भएको छ। गत वर्ष ३९ प्रतिशत विद्यार्थीमात्र पास भएका थिए। Continue reading “कक्षा ११ को नतिजा प्रकाशित, ४०.३८ प्रतिशत उत्तिर्ण”
प्रधानमन्त्रीको दौडमा म छैन : गच्छदार
काठमाडौं- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्दै वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईबाहेकको नयाँ मान्छे प्रधानमन्त्री बन्ने घोषणा गरेका छन्। रिपोर्टर्स क्लबले सुरु गरेको ‘रिपोर्टर्स क्लब नेपालको अभियान, तत्काल राष्ट्रिय सहमतिको सरकार’ अभियानअर्न्तगतको विशेष साक्षात्कारमा उनले भने– हामी नेतृत्वको विषयमा खुल्ला छौं। म प्रधानमन्त्रीको दौडमा छैन। Continue reading “प्रधानमन्त्रीको दौडमा म छैन : गच्छदार”
मनिषाको शल्यक्रिया सम्पन्न
काठमाडौं, एजेन्सी- अभिनेत्री मनिषा कोइरालाको शल्यक्रिया सम्पन्न भएको छ। अमेरिकाको न्युयोर्कस्थित एक अस्पतालमा सोमबार बिहान ९ बजे उनको शल्यक्रिया सकिएको टाइम्स अफ इन्डियाले जनाएको छ। ‘सोमबार बिहान ९ बजे मनिषाको शल्यक्रया सफल भएको उनको परिवारबाट मैले म्यासेज पाएँ,’ कोइरालाकी म्यानेजर सुब्रोतो भोषले भने, ‘मनिषासँगै उनका आमा, बुबा, भाइ अनि एकजना नजिकको साथी रहेका छन्।’ Continue reading “मनिषाको शल्यक्रिया सम्पन्न”
थप्पड हान्नेको धरौटी स्वयं तिरे प्रचण्डले
काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हानेको कसुरमा धरौटी तिर्न नसकेर जेल पठाइएका पदम कुँवरको धरौटीवापतको २८ हजार रुपियाँ दाहाल स्वयंले तिरेका छन्। धरौटी वापतको रकम उनका सहयोगी शिव खकुरेलले जिल्ला प्रशासन कार्यालयमा बुझाएका हुन्। दाहालले उनलाई आजै हिरासतमुक्त गर्न आग्रह गरेको खकुरेलले बताए। Continue reading “थप्पड हान्नेको धरौटी स्वयं तिरे प्रचण्डले”
मेसीको अद्वितीय कीर्तिमान
बार्सिलोना, एजेन्सी– अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीको कीर्तिमान तोड्न आउने वर्षमा अरु खेलाडीलाई मात्र होइन उनी आफैलाई पनि कठिन पर्न सक्छ। किनकि गर्ड मुलरले एक वर्षमा गरेको ८५ गोलको कीर्तिमान तोड्न ४० वर्ष लाग्यो। मुलरको त्यो कीर्तिमान उनै मेसीले आइतबार स्पेनिस लिगको खेलका क्रममा तोडेका छन्। Continue reading “मेसीको अद्वितीय कीर्तिमान”