एमाओवादी भ्रमबाट मुक्त हुनुपर्छ : कांग्रेस महामन्त्री सिंह

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले सहमतीय सरकारको प्रधानमन्त्रीको उम्मेदवार आफ्नै पार्टीका सभापति सुशील कोइराला नै रहेको दोहर्‍याएका छन्। उनले सहमतीय सरकारको साझा उम्मेदवार पार्टी सभापति कोइरालालाई सबैले सहयोग गर्नुपर्ने उल्लेख गरे। Continue reading “एमाओवादी भ्रमबाट मुक्त हुनुपर्छ : कांग्रेस महामन्त्री सिंह”

हातमै विस्फोटक पदार्थ पड्किएपछि…

कञ्चनपुर- कञ्चनपुरको श्रीपुर–१ उल्टनपुरमा रहेको सुकुम्वासी शिविरमा पाहुना बस्न आएका एक व्यक्तिले विस्फोटक पदार्थ चलाउँदा दुवै हातका औँला गुमाएका छन्। शिविरका भङ्गी रानाको घरमा पाहुना बस्न आएका कालिका–९ पुरैनाका ५० वर्षीय दिनाराम रानाले विस्फोटक पदार्थ चलाउन खोज्दा विस्फोटन भइ हिजो साँझ कान्छी औँलाबाहेक हातका सबै औँला चुडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक बृखबहादुर रावलले बताए।  Continue reading “हातमै विस्फोटक पदार्थ पड्किएपछि…”

ट्याक्टरको ठक्करबाट दुईको मृत्यु

धनगढी- धनगढी नगरपालिका-१२, जुगेडा गाउँकी ३२ वर्षीया महारानी चौधरीको ट्याक्टरको ठक्करबाट आज दिउँसो मृत्यु भएको छ। धनगढीबाट आफ्नो गाउँ जुगेडा जाँदै गरेकी ती महिलालाई बाटामा हिँडिरहेको अवस्थामा से१त १२५४ नम्बरको सो ट्याक्टरले ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। Continue reading “ट्याक्टरको ठक्करबाट दुईको मृत्यु”

बलात्कार मुद्दाबारे छलफल

विराटनगर- बलात्कारसम्बन्धी मुद्दा दर्ता गर्ने हदम्याद ३५ दिन अपर्याप्त रहेको तथा यस्ता घटनाको अनुसन्धानमा प्रहरीद्वारा हुने ढिलासुस्तीले दोषीमाथि कारबाही गर्न समस्या हुने गरेको आज यहाँ आयोजित एक कार्यक्रममा सहभागीहरुले औँल्याएका छन्। कार्यक्रमका सहभागीहरुले १९ महिनाका बालिकादेखि ७५ वर्षसम्मका वृद्धाहरु बलात्कारका शिकार भइरहेका छन् भन्दै राजनीतिक दबाब र समाजको डरत्रासले पीडितहरुले न्याय नपाएको गुनासो गरेका छन्।  Continue reading “बलात्कार मुद्दाबारे छलफल”

राष्ट्रपतिको आह्‍वानलाई जनताले साथ दिनुपर्छ : उपराष्ट्रपति झा

काठमाडौं- सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले गर्नुभएको आह्वानलाई जनताले साथ दिनुपर्ने उपराष्ट्रपति परमानन्द झाले बताएका छन्। उपराष्ट्रपति कार्यालयमा आज रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उपराष्ट्रपति झाले अब राष्ट्रपतिलाई जनताले साथ दिनुपर्र्ने बेला आएको बताए। उनले भने, “अहिले राष्ट्रपतिलाई जनताको सहयोग आवश्यक परेको छ। जिल्लाजिल्लामा हस्ताक्षर अभियान चलाएर नागरिक समाजले राष्ट्रपतिलाई सहयोग गर्नु आवश्यक छ।” Continue reading “राष्ट्रपतिको आह्‍वानलाई जनताले साथ दिनुपर्छ : उपराष्ट्रपति झा”

स्वर्गीय राजदूतको शव ल्याइयो

काठमाडौं- इजिप्टका लागि नेपाली राजदूत स्व श्यामलाल तवदारको शव आज इजिप्टको राजधानी कायरोबाट काठमाडौँ ल्याइयो। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदार र परराष्ट्र मन्त्रालयका पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्व तवदारको पार्थिव शरीरमा पुष्पगुच्छा चढाइ श्रद्धान्जलि अर्पण गरे। Continue reading “स्वर्गीय राजदूतको शव ल्याइयो”

प्रहरीमाथि गोली चलाउने मारिए

नेपालगन्ज- प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका कुख्यात अपराधी सुखी लोनिया प्रहरीसँगको दोहोरो मुठभेडमा मारिएका छन्। बाँके जिल्ला हिरिमिनिया गाविस निवासी लोनिया लुकेको स्थान गनापुरमा हिजो साँझ पुगेको प्रहरीमाथि बन्दुकले फायर गरेपछि प्रहरीको जवाफी कारबाहीमा उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। Continue reading “प्रहरीमाथि गोली चलाउने मारिए”

पूर्वसैनिकको सुन्दरीमा रुपान्तरण

वासिङटन, एजेन्सी– चिकित्सा क्षेत्रमा सेक्स चेन्ज अर्थात लिंग परिवर्तनले अहिले पनि समाजमा बहस निम्त्याउने गरेको भए पनि विश्वमा पहिलो लिंग परिवर्तन भएको ६० वर्ष पुगेको छ। विश्वमा नै सफल लिंग परिवर्तन भएको वर्ष सन् १९५२ मा शल्यक्रियाका साथै हर्मोन थेरापी समेत गरिएको थियो। त्यसबेला एक अमेरिकाली अखबारले लिंग परिवर्तनको पहिलो घटनालाई ‘सुनकेस्रा सुन्दरी बने पूर्वसैनिक’ शिर्षकमा भँगेराटाउके अक्षरमा समाचार छापेको थियो। Continue reading “पूर्वसैनिकको सुन्दरीमा रुपान्तरण”

रत्ननगरका दुई पसलबाट पच्चीस लाखको चोरी

रत्ननगर- पूर्वी चितवनको रत्ननगरमा रहेका एक हार्डवेयरबाट करिब रु २५ लाखको सामान चोरी भएको छ। रत्ननगर– ८ मा रहेको शिखर हार्डवेयर पसलमा करिब रु २५ लाख मूल्य बराबरको सामान हिजो चोरी भएको हार्डवेयर पसलका सञ्चालक राधाकृष्ण खनालले जानकारी दिए। पसलको च्यानलगेट र ढोका फुटाएर बाथरुम फिनिसिङका सामान चोरी लगेको सञ्चालक खनालले जानकारी दिए। Continue reading “रत्ननगरका दुई पसलबाट पच्चीस लाखको चोरी”

थारु राजा दंगिशरणको उत्खनन कोट्याउँदै

सन्तोष दहित, सुकौराकोट- करिब एक हजार वर्ष अगाडी दाङको उरहरी गाविस वडा नं. ९ सुकौराकोटमा थारु राजा दंगिशरणले राज्य गर्दै आएको कयौं थारु वुद्धिजीविहरुले वताउदै आएकाछन्। अहिले पनि थारु राजा दंगिशरणले राज्य गर्दै आएको दरबारको केहि भागहरु देखिन्छन। दरवारको दक्षिण तिर ठुलठुला तलाउ छन भने पुर्व तिर मन्दीर र थारु जातिले पुजा आजा गर्दै आएको देवठन्वा छ। तर त्यो ठाँउमा राज्य थारु जातिकाले गरेका हुन या अरु जातिले भन्ने कुरा भने विवादमा रहदैको आएको छ। Continue reading “थारु राजा दंगिशरणको उत्खनन कोट्याउँदै”