काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचार र भ्रष्टाचारीहरुले आफूहरुलाई अन्त्य गर्ने चिन्ता लाग्न थालेको बताएका छन्। राजनीतिक र प्रशासनिक उच्च नेतृत्व तहबाट प्रश्रय पाएको कारण देशमा भ्रष्टाचारका समस्या भयावह बनेको उनले बताए। Continue reading “भ्रष्टाचार र भ्रष्टाचारीले आफूलाई अन्त्य गर्न लागेको प्रधानमन्त्रीको चिन्ता”
Author: admin
एमाओवादी अधिवेशनको चटारो
कृष्णराम परियार, हेटौंडा- एकीकृत नेकपा (माओवादी) ले दुई दशकपछि हेटौँडामा आगामी माघ २० गतेदेखि आफ्नो राष्ट्रिय महाधिवेशन गर्न लागेकामा मकवानपुरका उद्यमी, व्यापारी, नागरिक समाज, कृषक, मजदुर विभिन्न राजनीतिक दल तथा हेटौँडा नगरवासी हर्षित देखिएका छन्। बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि मध्यमाञ्चलको क्षेत्रीय सदरमुकाम हेटौँडामा ठूला राजनीतिक दलमध्ये एमाओवादीद्वारा आयोजना गरिने राष्ट्रिय महाधिवेशन दलहरूको पहिलो अधिवेशन नै हुनेछ। Continue reading “एमाओवादी अधिवेशनको चटारो”
मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनको निर्णय
काठमाडौं- सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले विपक्षी दलहरु सहमतिका लागि तयार नभए मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले वर्तमान राजनीतिक सङ्कटको निकासका लागि विपक्षी दलहरु तयार नभए मन्त्रिपरिषद् विस्तार गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको बताएको छ। Continue reading “मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनको निर्णय”
रेविकाले जितिन् मिस राजवंशी २०१२ को उपाधि
विराटनगर- मिस राजवंशी २०१२ को उपाधि झापा पाँचगाछीकी रेविका राजवंशीले जितेकी छन्। सोरा (सोसियल अर्गनाइजेशन अफ राजवंशी एब–ओरिजिन्स) को आयोजनामा शनिबार मोरङको विराटनगरस्थित वीरेन्द्र सभा गृहमा भएको कार्यक्रममा उनले उक्त उपाधि जितेकी हुन्। उपाधिसँगै उनले नगद २५ हजार रुपैयाका साथै विभिन्न आर्कषक उपहारसमेत जितेकी छन्। उनले मिस टयालेन्टको उपाधिसमेत जितिन्। Continue reading “रेविकाले जितिन् मिस राजवंशी २०१२ को उपाधि”
मिस राजवंशी २०१२ का विजेता। तस्बिर : रासस
मोरोक्कोमा बर्फी
एजेन्सी- बलिउड अभिनेत्री प्रियंका चोपडा मराकेच फिल्म फेस्टिभलका लागि मोरोक्को पुगेकी छिन्। उनको पछिल्लो चलचित्र बर्फीको स्क्रिनिङका लागि उनी त्यहाँ पुगेकी हुन्। उनीसँगै बर्फीका निर्देशक अनुराग बासु र अभिनेत्री इलिना डिक्रजसमेत सहभागी छिन्। हेरौं रेडकार्पेटका झलक।
बाह्र बुँदेका सहयात्री फेरि एक ठाउँमा आउनुपर्छ : दाहाल
काठमाडौं, मङ्सिर २३- एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि १२ बुँदे सम्झौताका सहयात्री दलहरु फेरि एक ठाउँमा आउनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घ, काठमाडौं जिल्ला शाखाको वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले बाह्रबुँदे सहमतिका सहयात्रीहरुको उद्देश्य पूरा भइनसकेकाले दलीय आरोप–प्रत्यारोप छोडेर फेरि मिल्नुको विकल्प नभएको उल्लेख गरे। Continue reading “बाह्र बुँदेका सहयात्री फेरि एक ठाउँमा आउनुपर्छ : दाहाल”
मुक्तकमैया शिविरमा घोंगी खाए प्रधानमन्त्रीले (फोटो फिचर)
कैलाली- प्रधानमन्त्री बाबुराम भट्टराई महिनैपिच्छे जनताको घरमा बस्ने कार्यक्रमअन्तर्गत टीकापुरमा रहेका मुक्तकमैया शिविरमा शुक्रबार राति बास बसेका छन्। मुक्त कमैया बाबुराम चौधरीको घरमा गइ प्रधानमन्त्री भट्टराई बास बसेका हुन्। त्यसक्रममा उनले चौधरीको घरमा ढिग्री, मुसाको चट्नी, घोंगी, अनदी चामलको भात, माछालागायतका परिकार खाएका थिए। उनले उनले मुक्त कमैयाको उचित पुनःस्थापनाका लागि आफूले सक्दो पहल गर्ने बताए। Continue reading “मुक्तकमैया शिविरमा घोंगी खाए प्रधानमन्त्रीले (फोटो फिचर)”
चिकित्साशास्त्र पढ्न गएका विद्यार्थी चीनमा अलपत्र
काठमाडौं- चीनका विभिन्न विश्वविद्यालयमा एमबिबिएस तथा एमडी पढ्न गएका ६० भन्दा बढी विद्यार्थी अलपत्र अवस्थामा रहेको तिनका अभिभावकले बताएका छन्। चीनको साउदर्न विश्वविद्यालयमा एमबिबिएस गर्न गएका आठ, लाउनिङ विश्वविद्यालयमा एमडी गर्न गएका १७, चाउचाङ विश्वविद्यालयमा एमबिबिएस गर्न गएका छ, सोही विश्वविद्यालयमा एमडी गर्न गएका आठ, जिङ्दाओ विश्वविद्यालयमा एमबिबिएस गर्न गएका ११, र तेनजिन विश्वविद्यालयमा एमबिबिएस गर्न गएका दुई, र एमडी गर्न गएका २७ जना विद्यार्थी अलपत्र परेका हुन्। Continue reading “चिकित्साशास्त्र पढ्न गएका विद्यार्थी चीनमा अलपत्र”
प्याकेजमा सहमति नभइ सत्ता नछाड्ने : अर्थमन्त्री पुन
सल्यान- अर्थमन्त्री वर्षमान पुनले दलहरुबीच विवादित विषयमा प्याकेजमै सहमति नभएसम्म सत्ता नछाड्ने बताएका छन्। सल्यानको फारुलाचौर–१ मा रहेको फारुलाचौर बहुमुखी क्याम्पसमा बिएड क्याम्पसको उद्घाटन गर्दै अर्थमन्त्री पुनले संविधानमा मिल्न बाँकी विषयमा सहमति भएमात्र नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने बताए। Continue reading “प्याकेजमा सहमति नभइ सत्ता नछाड्ने : अर्थमन्त्री पुन”