नोवेल शान्ति पुरस्कार प्रदान

ओस्लो, एजेन्सी)– युरोपेली महासङ्घ (इयू) लाई आज नोवेल शान्ति पुरस्कार औपचारिक रुपमा हस्तान्तरण गरिएको छ। करिब ६ दशकपछि पहिलो पटक आर्थिक मन्दीको चरम सङ्कट भोगिरहेको सो संस्थालाई सन् २०१२ को नोवेल शान्ति पुरस्कार प्रदान गरिएको निर्णय यसअघि नै घोषणा गरिएको थियो। Continue reading “नोवेल शान्ति पुरस्कार प्रदान”

गैंडा र हात्ती सौराहाको गहना

नारायण ढुङ्गाना, चितवन- पर्यटकीय मनोरमताले चिनिएका देशका धेरै स्थानसँगैको अर्को नाम चितवनको सौराहा पनि हो। सौराहा नेपालकै तेस्रो पर्यटकीय गन्तव्यमा पर्छ। पर्यटक तान्नेमध्ये पृथक परिचय पाएको सौराहा आफैंमा भरिपूर्ण छ। बिहानीको झुल्कँदो घामदेखि राप्ती नदीको तालमा तैरिएको अस्ताउँदो घामको दृश्यावलोकन गर्दासम्म अनुभव गर्न सकिने हरेक गतविधिले पर्यटकको मन छुन्छ। बिहान घामझुल्के लगत्तै किनारमा घाम ताप्ने र साँझको सूर्यास्त हेर्न पर्यटकको लहर नै लाग्छ। Continue reading “गैंडा र हात्ती सौराहाको गहना”

प्रतिभा पलायनप्रति प्रमको चिन्ता

बनेपा- काठमाडौं विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकबाट प्रतिभा पलायन भइरहेकामा चिन्ता व्यक्त गरेका छन्। काठमाडौँ विश्वविद्यालयको १८औं दीक्षान्त समारोहलाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले प्रतिभा पलायन मुलुकका लागि गम्भीर समस्या भएको बताए। विद्यार्थीको विदेश पलायनका कारण शिक्षामा भएको लगानीको प्रतिफल आउन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले युवा पुस्तामा राष्ट्रियता र त्यागको भावना नभए मुलुकले फड्को मार्न सक्दैन भने।  Continue reading “प्रतिभा पलायनप्रति प्रमको चिन्ता”

दुईसय ३० वर्षपछि राममन्दिरको पुनःनिर्माण

जनकपुरधाम- धार्मिक ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्ण मानिएका जनकपुरस्थित भगवान् श्रीराम मन्दिरको २३० वर्षपछि पुनःनिर्माण भएको छ। मन्दिर पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगे पनि मन्दिरमाथि राखिने सुनको जलप लागेको छानो राख्नेबारे पुरातत्व विभाग, गुठी संस्थान तथा बृहत्तर जनकपुर क्षेत्र विकास समितिबीच आन्तरिक विवाद उत्पन्न भएको छ। Continue reading “दुईसय ३० वर्षपछि राममन्दिरको पुनःनिर्माण”

प्रहरी जवान पदको नयाँ भर्ना छनोट प्रक्रिया सुरु

चितवन- मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा प्रहरी जवान पदको नयाँ भर्ना छनोट प्रक्रिया आजबाट सुरु भएको छ। यसअघि आर्थिक प्रलोभनमा प्रहरी छनोट हुने गरेको गुनासो आएपछि तालिम केन्द्रले आज पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक प्रलोभनमा पार्नेहरूप्रति सतर्क रहन सबैमा आग्रह गरेको छ।  Continue reading “प्रहरी जवान पदको नयाँ भर्ना छनोट प्रक्रिया सुरु”

तराईमा जाडो बढ्यो

भद्रपुर- तराईको पूर्वीक्षेत्रमा अप्रत्यासितरूपमा एक्कासी बाक्लो कुहिरो लाग्न थालेसँगै जाडोमा बृद्धि भएपछि जनजीवनका साथै तरकारी खेती पनि प्रभावित हुने सम्भावना देखिन थालेको छ। बिहानैदेखि प्रायः दिनभर मौसम प्रतिकूल भएपछि मानिसहरूको चहलपहल घटेको छ। बाक्लो कुहिरोले आकास ढाकिएका कारण अधिकांस किसानले धानबाली घर भित्रयाउन सकेको छैनन्। गहुँबालीका लागि खेत तयार गर्न जुटेका किसानहरू मौसमको प्रतिकूलतामा मारमा परेको छ। Continue reading “तराईमा जाडो बढ्यो”

पुसको दोस्रो साताभित्र शिक्षकको खुल्ला विज्ञापन हुने

काठमाडौं- शिक्षक सेवा आयोगले रिक्त शिक्षक दरबन्दीमा १७ वर्षपछि पहिलोपटक आगामी पुसको दोस्रो साताभित्र खुल्ला विज्ञापन (परीक्षा) गर्ने भएको छ। विसं २०५२ देखि खुल्न नसकेको शिक्षक दरबन्दीको खुल्ला विज्ञापनका लागि यही मङ्सिर १८ गते मन्त्रिपरिषद्को बैठकले शिक्षा नियमावलीमा संशोधन गरी बाटो खुला गरेपछि आयोगले त्यसको तयारी गरेको हो। Continue reading “पुसको दोस्रो साताभित्र शिक्षकको खुल्ला विज्ञापन हुने”

नेबिसंघले जिल्लामा प्रतिनिधि खटायो, समानान्तर समिति भंग

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन हुने नहुने अनिश्चित रहेका बेला जिल्ला र क्याम्पसमा प्रतिनिधि खटाएको छ। पार्टीले छ महिनाभित्र महाधिवेसन गर्ने म्यान्डेट दिएपनि संघको महाधिवेशन नहुने निश्चितजस्तै रहेका बेला उसले सोमबार जिल्ला र क्याम्पसमा केन्द्रीय प्रतिनिधि खटाएको हो।  Continue reading “नेबिसंघले जिल्लामा प्रतिनिधि खटायो, समानान्तर समिति भंग”

प्रचण्डलाई थप्पड हान्ने कुवँर कारागा चलान

काठमाडौं- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई हात छोड्ने पदम कुवँरलाई आज कारागार चलान गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा रु २८ हजार धरौटी माग गरिएकोमा निज कुवँरले उक्त रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको हो। Continue reading “प्रचण्डलाई थप्पड हान्ने कुवँर कारागा चलान”

सहमति गरेको एक मिनेटमै राजीनामा दिन्छु : प्रधानमन्त्री

गोरखा- प्रधानमन्त्री बाबुराम भट्टराईले विकल्पबिना प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन्। जिल्लाको ताकुकोट गाविसस्थित सूर्यज्योति उच्चमाध्यमिक विद्यालयको स्वर्णमहोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलहरू राष्ट्रपतिले दिनुभएको समयसीमाभित्र छिटो सहमतिमा पुग्नुपर्ने बताए।  Continue reading “सहमति गरेको एक मिनेटमै राजीनामा दिन्छु : प्रधानमन्त्री”