देशभर दस नयाँ सहर बन्दै

काठमाडौं- सरकारले पाँच विकास क्षेत्रका दस स्थानमा नयाँ सहर विकासको अभियान अगाडि बढाएको छ। निर्माणाधीन पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको छेउमा विकास गर्न लागिएको १० वटा नयाँ सहरको भौतिक पूर्वाधार निर्माण कार्य सुरु भएको छ। यातायातको सुगमता, जमिनको उपलब्धता, खानेपानीको स्रोत उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अवस्थिति, जनसङ्ख्या आदिको आधारमा प्रस्तावित सहरको २० वर्षे गुरुयोजना एवम् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार गरी चरणबद्धरुपमा आधुनिक सहरको निर्माण गर्ने कार्य थालनी भइसकेको छ। Continue reading “देशभर दस नयाँ सहर बन्दै”

थरुहटको गाउँ समिति गठन

कञ्चनपुर- थरुहट तराई पार्टी नेपालको गाउँ इकाई समिति गठन भएको छ। लक्ष्मीपुर–१ टेडुवा, कञ्चनपुर स्तरिय गाउँ इकाइ कमिटीको अध्यक्षमा छत्रबहादुर चौधरी चयन भएका छन्। कमिटीको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः शान्ति चौधरी, रमेश चौधरी, मनिराम चौधरी र सुनकुमारी चौधरी छन्। Continue reading “थरुहटको गाउँ समिति गठन”

जाडोमा सौराहा

सुमन घिमिरे, कुहिरोले ढाकेको विहान। त्यही कुहिरो चिर्दै झुल्किने घाम। घामका किरण पछ्याएर हिड्ने चरा र तिनको चिरविराहट। जाडोको बिहानी यस्तै दृश्यबाट सुरु हुन्छ सौराहामा। प्रकृतिप्रेमी जो कोहिलाई सौराहाले मोहनी लाउँछ। मानिसलाई मात्र होइन, साइबेरियादेखिका चरालाई पनि।
राप्ती किनारमा साइबेरियाली चरा आइसकेका छन्। Continue reading “जाडोमा सौराहा”

कमैया बाबुरामको घरबाट फर्किए प्रधानमन्त्री बाबुराम

मुक्त कमैया बाबुराम चौधरीकझ घरमा थारु परिकार खाँदै प्रधानमन्त्री बाबुराम भट्टराई। तस्बिर : पुष्पराज जोशी

धनगढी- प्रधानमन्त्री बाबुराम भट्टराईले कैलालीको टीकापुरमा नवनिर्मित टीकापुर अस्पताल भवनको आज बिहान उद्‍घाटन गरेका छन्। नेपाल सरकारको करिब रु चार करोडको लागतमा निर्मित उक्त अस्पताल २५ शय्याको छ। जीर्ण अवस्थामा रहेको टीकापुर अस्पतालको शल्यक्रिया कक्ष र अन्य मर्मतसम्भार समेतको निर्माण कार्य गएको असारमा सम्पन्न भएको अस्पतालका डा नरेन्द्रकुमार खनालले बताए।  Continue reading “कमैया बाबुरामको घरबाट फर्किए प्रधानमन्त्री बाबुराम”

बाबुरामको घरमा बाबुराम

मुक्त कमैया बाबुराम चौधरीकझ घरमा थारु परिकार खाँदै प्रधानमन्त्री बाबुराम भट्टराई। तस्बिर : पुष्पराज जोशी

बुद्धकालका ऐतिहासिक तथा पुरातात्विक इँटा फेला

परासी- नवलपरासीको सुनवल गाँउ विकास समिति–८ बैरागनाथमा रहेको शिवमन्दिर निर्माणका लागि जग खन्ने क्रममा बुद्धकालका ऐतिहासिक तथा पुरातात्विक इँटा फेला परेका छन्। गत कात्तिक १३ गते शिलन्यास गरिएको उक्त मन्दिरको अहिले भवन निर्माणका लागि जग खन्दा जमिनदेखि पाँच फिट तल उक्त इँटा भेटिएका हुन्। Continue reading “बुद्धकालका ऐतिहासिक तथा पुरातात्विक इँटा फेला”

जयन्तप्रसाद भन्छन्- यस कारण कोइराला प्रधानमन्त्री बन्न सक्दैनन्…

प्रकाश तिमल्सिना- सत्तारुढ एकीकृत माओवादीले मंगलबारको प्रमुख दलको वैठकमा विपक्षी कांग्रेससँग प्रधानमन्त्रीको उम्मेदवार माग गर्‍यो। सोहीअनुसार लामो समयदेखिको आन्तरिक विवाद मिलाउँदै कांग्रेसले सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्यायो। जब कांग्रेसले कोइरालालाई प्रधानमन्त्रीको रुपमा सर्वसम्मत उभ्यायो तव माओवादीसहित सत्तारुढ दलले नयाँ संविधानको अन्तवस्र्तुमा सहमति नभईकन कांग्रेस नेतृत्व स्वीकार गर्न सकिँदैन भन्दै शर्त राखिदिए। जसकाकारण भइसकेको भनिएको सहमतिको प्रयासमा फेरि अल्झन आयो।  Continue reading “जयन्तप्रसाद भन्छन्- यस कारण कोइराला प्रधानमन्त्री बन्न सक्दैनन्…”

दिनको ११ घन्टासम्म लोडसेडिङ (तालिकासहित)

काठमाडौं- नदीहरुमा पानीको स्तर घटेको भन्दै नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि दिनमा ११ घण्टासम्म लोडसेडिङ गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार हप्तामा चार दिन बिहान ६ घण्टा र दिउँसो/राति एकै पटक ५ घण्टा गरी कूल ११ घण्टा लोडसेडिङ हुनेछ।

लासको पनि भिसा

फाइल तस्बिर

वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका रोल्पाका भीमबहादुर खत्रीको शव नेपाल ल्याउन पाँच महिना लाग्यो। ०६८ चैत महिनामा मृत्यु भएका खत्रीको शव ०६९ साउनमा मात्र नेपाल आइपुग्यो। पाँच महिनासम्म उनका आफन्तले अन्तिम संस्कारका लागि कुर्न पर्‍यो। त्यस्तै गत जेठ २ गते साउदी अरबमा मृत्यु भएका भद्रबहादुर तामाङको शव झिकाउन दुई महिना दुई दिन लागेको थियो। Continue reading “लासको पनि भिसा”

तपाईंको मोबाइलमा यो छ?

आजभोलि मोबाइलको काम कुरा गर्नेमा मात्र सीमित छैन। गोजीमा हुने मोबाइलले तपाईंका धेरै आवश्यकता पूरा गर्ने क्षमता राख्छ। तर यसका लागि चाहिन्छ स्मार्टफोन। स्मार्टफोनमा दुई वटा अपरेटिङ सिस्टम बढी चल्तीमा छ, आइओएस र एन्ड्रोइड। यी अपरेटिङ सिस्टममा तपाईंले आफूलाई आवश्यकता परेको अनुसारको आयप्स इन्स्टल गर्न सक्नुहुन्छ। यो हप्ता हामी तपाईंलाई नेपालका केही आयप्सबारे जानकारी दिँदैछौं।  Continue reading “तपाईंको मोबाइलमा यो छ?”