रोल्पा- एक किशोरीले बिहे गर्न नमानेपछि केटा पक्षले क्षतिपूर्तिको माग गरेको छ। तालाबाङ– ७ भसमाखोरका १७ वर्षीया दिलमाया पुन मगरले झन्डै दोब्बर उमेर भएका गाउँकै ३० वर्षीय स्थानीयवासीसँग बिहे गर्न नमानेपछि केटा पक्षले बिहे खर्च मागेको हो। केही वर्षदेखि दाङमा सिलाइकटाइ सिकिरहेकी मगरले बिहे गर्ने इच्छा नभएको बताएको भए पनि केटा पक्षले जबर्जस्त गर्न गर्न खोजेको बताइएको छ। Continue reading “बिहे गर्न नमानेपछि दस लाख क्षतिपूर्ति माग”
Author: admin
श्रीमती हत्या गर्ने श्रीमान् र सहयोगी चिकित्सक पक्राउ
सिरहा- कुटपिट गरी श्रीमतीको हत्या गर्ने श्रीमानसँगै सहयोगी एक चिकित्सकलाई पनि पक्राउ गरेर वडा प्रहरी कार्यालय (वप्रका) लहानले कर्तव्य ज्यान मुद्दा चलाएको छ। श्रीमतीको हत्या गर्ने तरेगना गोविन्दपुर– ७ का सहमद मियाँ र हत्या गर्न सहयोग गरेका सोही ठाउँका चिकित्सक गणेश साहलाई सोमबार पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाइएको वप्रका लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले बताए। प्रहरी स्रोतका अनुसार साह अवैधरूपमा लहान नगरपालिका–६ स्थित गणेश उपचार केन्द्र क्लिनिकका सञ्चालक हुन्। Continue reading “श्रीमती हत्या गर्ने श्रीमान् र सहयोगी चिकित्सक पक्राउ”
सर्लाहीमा अज्ञात समूहद्वारा गोली हानी हत्या
सन्तोष सिंह, सर्लाही- सर्लाहीको सुन्दरपुर चोहर्वाका एक स्थानीयलाई अज्ञात समूहले गोली हानी हत्या गरेको छ। सुन्दरपुर चोहर्वा-७ हिरापुर थारु टोलका २० वर्षीय दीपेन्द्र महतोलाई सोमबार अबेर राति गोली प्रहर गरी हत्या गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक भुवनेश्वर साहले बताए। महतोको पछाडिबाट ढाडमा गोली प्रहर गरी हत्या गरिएको उनले बताए। Continue reading “सर्लाहीमा अज्ञात समूहद्वारा गोली हानी हत्या”
बेलायती राजकुमारी गर्भवती
लन्डन, एएफपी– बेलायतका राजकुमार प्रिन्स विलियमकी पत्नी राजकुमारी क्याथरिन गर्भवती भएकी छिन्। बेलायतको औपचारिक राजप्रासाद सेन्ट जेम्स प्यालेसले सोमबार राजपरिवारको उत्तराधिकारीका पाउने समाचार दिएको हो। बेलायतकी महारानी एलिजाबेथ दोस्रोपछि प्रिन्स चार्ल्सका जेठा छोरा राजकुमार विलियम र ह्यारीपछि राजगद्दीको उत्तराधिकार चौथो पुस्तामा जानेछ। Continue reading “बेलायती राजकुमारी गर्भवती”
‘बढी एन्टिबायोटिले शिशु धेरै मोटा’
एएफपी– छ महिना मुनिका शिशुलाई एन्टिबायोटिक औषधी सेवन गराउँदा पछि ती शिशु धेरै मोटा हुनसक्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको न्युयोर्क विश्वविद्यालयको स्कुल अफ मेडिसिनका लियोनार्डो ट्रासन्डका अनुसार अत्यधिक मोटाउनुको कारण अस्वस्थ खानेकुरा र शारीरिक व्यायाम नगर्नुलाई मान्ने गरिन्छ। उनको भनाइमा अहिले भइरहेका अनुसन्धानले भने अत्यधिक मोटाउनुका कारण निकै जटिल पाइएको छ। Continue reading “‘बढी एन्टिबायोटिले शिशु धेरै मोटा’”
दाङमा थारु नृत्य
सुकौराकोटमा थारु राजाको इतिहास खोजिँदै
गजेन्द्र बोहरा, दाङ- करिब आठ सय वर्षअघि दाङमा राज्य चलाएर बसेका थारु राजा ‘दंगीशरण’को इतिहास खोतल्ने काममा राज्यले नसघाउँदा अलपत्र परेको छ। दाङको उरहरी गाविस ९ सुकौराकोटको डाँडामा कुनै बेला थारु राजाको दरवार रहेको किंदवन्दीअनुसार उनको दरवार रहेको भनिएको क्षेत्रमा पुरातत्व विभागले ३ पटक उत्खनन्समेत गरेको थियो। Continue reading “सुकौराकोटमा थारु राजाको इतिहास खोजिँदै”
भट्टराई नेतृत्वको सहमतीय सरकार एक प्रतिशत पनि सम्भावना छैन : कांग्रेस
काठमाडौं- नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा सहमतिको सरकार बन्ने कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री बाबुराम भट्टराईको पक्षमा सहमतिको वातावरण बन्दै गएको भन्ने भनाइप्रति कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेस पदाधिकारी एवम् उपलब्ध केन्द्रीय सदस्यहरुको आज सभापति सुशील कोइराला निवासमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो। Continue reading “भट्टराई नेतृत्वको सहमतीय सरकार एक प्रतिशत पनि सम्भावना छैन : कांग्रेस”
पुष्पा बनिन् सीएनएन हिरो (भिडियो)
काठमाडौं- जेलमा रहेका मातापिताको सन्तानको अधिकारका लागि कार्यरत पुष्पा बस्नेत यो वर्षका लागि सीएनएन हिरो घोषित भएकी छिन्। नेपाली समय अनुसार आज बिहान सीएनएनले विश्वभरबाट गरिएको इन्टरनेट भोटिङको परिणाम अनुसार उनलाई सीएनएन हिरो घोषणा गरेको हो। ‘यो मेरा बच्चाहरुका लागि र यो मेरो देश नेपालको लागि’, उपाधि पाएपछि छोटो मन्तव्य व्यक्त गर्ने क्रममा भावुक हुँदै पुष्पाले भनिन्, ‘मेरो लागि भोट गर्ने र मेरो सपनामा विश्वास गर्ने सबैलाई धन्यवाद।’ Continue reading “पुष्पा बनिन् सीएनएन हिरो (भिडियो)”
जनजाति महासंघले जनगणना जलायो
काठमाडौंऔ आदिवासी जनजाति महासङ्घले राष्ट्रिय जनगणना–२०६८ मा आफूहरुको सही गणना नभएको भन्दै आज थापाथलीस्थित केन्द्रीय तथ्याङ्क विभाग घेराउ गरेको छ। महासङ्घले नेपाल आदिवासी जनजाति महासङ्घमा सूचीकृत ५९ मध्ये १२ जातिको गणना नभएको भन्दै विरोध जनाएको हो। Continue reading “जनजाति महासंघले जनगणना जलायो”
