Author: admin
jane ka dekahl hamke
Chaukia nache nache
तीन ठूला दलका अध्यक्षले भने- मुलुकलाई निकास दिन आतुर छौं
काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूले राष्ट्रपतिले दोस्रोपटक सहमतिका लागि दिएको समय सीमाभित्रै निकास खोज्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले आफूहरू पनि राजनीतिक सहमतिबाटै निकास खोज्न सक्रिय रहेको बताउँदै तोकिएकै समयमा सहमति हुनेमा आशावादी रहेको उल्लेख गरे। Continue reading “तीन ठूला दलका अध्यक्षले भने- मुलुकलाई निकास दिन आतुर छौं”
शरणार्थी शिविरमा आगलागी, ५० लाखभन्दा बढीको क्षति
भ्रद्रपुर- बेलडाँगी–२ स्थित भुटानी शरणार्थी शिविरमा आज दिउँसो भएको आगलागीमा १०० भन्दा बढी छाप्रो जल्नुका साथै लाखौँको सम्पति जलेर नष्ट भएको छ। सेक्टर–४बाट दिउँसो १ बजेर ३५ मिनेटमा सुरु भएको आगलागीमा परी १२५ वटा छाप्रो जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। Continue reading “शरणार्थी शिविरमा आगलागी, ५० लाखभन्दा बढीको क्षति”
राष्ट्रपतिले भने- मेरो कुरालाई गम्भीरतापूर्वक लिनूस्
काठमाडौं- राष्ट्रपति रामवरण यादवले प्रमुख तीन दलका नेतालाई आफूले दोस्रो पटक दिएको समयसीमाभित्र राष्ट्रिय सहमतिको सरकार गठन गर्न निर्देशन दिएका छन्। दोस्रो पटक दिइएको समयसीमा सकिन दुई दिनअघि आज राष्ट्रपति निवास शीतलनिवासमा उनले दलहरूबीच सहमति नभए राम्रो प्रभाव नपर्ने भएकाले एनेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेसी मोर्चाका शीर्ष नेतालाई यस विषयलाई गम्भीरतापूर्वक लिन निर्देशन दिएका हुन्। Continue reading “राष्ट्रपतिले भने- मेरो कुरालाई गम्भीरतापूर्वक लिनूस्”
सुनसरीमा सामा चकेवा
सुनसरीमा सामा चकेवा (फोटो फिचर)
सुन्सरीका थारु समुदायले यस वर्ष पनि सामा चकेवा पर्व मनाएको छ। सुनसरी एकम्बा-५, झोरापटामा मनाइएको सामा चकेवाका केही तस्बिरहरु हेर्नुहोस् : Continue reading “सुनसरीमा सामा चकेवा (फोटो फिचर)”
ट्राफिकसँग राजवंशी सुन्दरीहरु
राजवंशी सुन्दरीहरु ट्राफिक सचेतना बढाउँदै (फोटो फिचर)
बन्द प्रशिक्षणमा रहेका मिस राजवंशीका प्रतिष्पर्धीहरुले ट्राफिक सचेतनाका लागि सडकमै गएर सर्वसाधारणलाई ट्राफिक नियमबारे जानकारी गराएका छन्। झापा र मोरडका गरी २२ जना सहभागी रहेको मिस राजवंशीको फाइनल मंसिर २३ गते हुँदैछ। हेरौं केही तस्बिरहरु: Continue reading “राजवंशी सुन्दरीहरु ट्राफिक सचेतना बढाउँदै (फोटो फिचर)”

