तीन दल सत्तामा केन्द्रीत भए : यादव

वीरगञ्ज- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई दिग्भ्रमित पारेर प्रमुख तीन दल सत्ताका लागिमात्र केन्द्रीत भएको आरोप लगाएका छन्। ऐतिहासिक जनआन्दोलन र मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई राजनीतिक सहमतिका आधारमा संस्थागत गरी सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गनुपर्ने बेलामा प्रमुख तीनदलले सत्ता केन्द्रीत राजनीतिमात्र गरिरहेकाले समस्या जटिल बन्दै गएको सङ्घीय लोकतान्त्रिक मोर्चाद्वारा आयोजित बृहत् अन्तर्क्रिया कार्यक्रममा उनले बताए।  Continue reading “तीन दल सत्तामा केन्द्रीत भए : यादव”

प्रधानमन्त्रीले पद नत्यागेसम्म सहमति हुँदैन : खनाल

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री बाबुराम भट्टराई पदबाट नहटेसम्म सहमति सम्भव नभएको बताएका छन्। उनले ‘प्रधानमन्त्री सहमतिको मुख्य बाधक रहेकाले उहाँले पद नछाडेसम्म कुनै सहमति नहुने स्पष्ट पारे। रिपोर्टर्स क्लब नेपालले गत बुधबारबाट सुरु गरेको ‘रिपोर्टर्स क्लब नेपालको अभियान, तत्काल राष्ट्रिय सहमतिको सरकार’अन्तर्गत आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै अध्यक्ष खनालले सो कुरा बताएका हुन्। Continue reading “प्रधानमन्त्रीले पद नत्यागेसम्म सहमति हुँदैन : खनाल”

समा–चकेवा एक परिचय

बुद्धसेन चौधरी, सप्तरी- नेपाली समाजको संरचना र विकास यहाँ आदमकाल देखि वसोवास गरिआएका जाति तथा उत्तर र दक्षिणवाट आएका विविध जातिका संगालोबाट समष्टिगत रुपमा भएका हुन्। भौगोलिक विविधता र धेरै जातजाति, भाषा, संस्कृति, धर्म तथा सामाजिक विविधता नै यसको विशेषता हो। संस्कृति तथा सभ्यताका धनी मानिने आदिवासी थारुहरुको पनि आफ्नो अलगै किसिमको परम्परा र संस्कृति मध्ये ‘समाचकेवा’ पनि एक हो। Continue reading “समा–चकेवा एक परिचय”

एमाओवादीले गणतन्त्र कमजोर बनाउन खोज्यो : नेपाल

चितवन – नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा (माओवादी)ले गणतन्त्र कमजोर बनाउन खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेकपा एमाले क्षेत्र नं ५ चितवनले आज माडीको वसन्तपुरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले गणतन्त्रका प्रतिक राष्ट्रपतिलाई धम्काएर विवादमा ल्याउन खोजेको आरोप लगाउ। Continue reading “एमाओवादीले गणतन्त्र कमजोर बनाउन खोज्यो : नेपाल”

राष्ट्रपतिलाई अगाडि सारेर शक्ति केन्द्रको रूपमा स्थापित गर्न खोजे : बोगटी

भक्तपुर- संस्कृति तथा पर्यटनमन्त्री पोष्टबहादुर बोगटीले नेपाली काँग्रेस, नेकपा (एमाले)ले आलङ्कारिक राष्ट्रपतिलाई अगाडि सारेर शक्ति केन्द्रको रूपमा स्थापित गर्न खोजेको आरोप लगाउनुभएको छ। एनेकपा (माओवादी) गुण्डु गाउँ कमिटीको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले राष्ट्रपतिलाई शक्तिका रुपमा लिएर जाँदा भोलि देशलाई नै सङ्कट पर्ने दाबी गरे । Continue reading “राष्ट्रपतिलाई अगाडि सारेर शक्ति केन्द्रको रूपमा स्थापित गर्न खोजे : बोगटी”

एड्सबाट झापाका सत्रको मृत्यु

(झापा- झापामा एड्स लागेर पाँच वर्षयता मर्नेको सङ्ख्या १७ पुगेको छ। झापामा एड्सबाट सङ्क्रमित अहिले ४८ जना छन् भने एचआइभी सङ्क्रमित ३७० जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। गत चार पाँच वर्षयता परामर्श तथा जाँचका लागि जिल्लामा आउनेको सङ्ख्या १६ हजार ६०१ पुगेको छ। त्यसमध्ये ३७० जना सङ्क्रमित पाइएका छन्। जसमा महिला १५३ र पुरुष २१७ सङ्क्रमित रहेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ। Continue reading “एड्सबाट झापाका सत्रको मृत्यु”

प्याकेजमा सहमति भए कांग्रेसको नेतृत्वमा सरकार : सापकोटा

नुवाकोट- एकीकृत नेकपा (माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाले प्याकेजमा सहमति भएमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सकिने बताएका छन्। एकीकृत नेकपा माओवादी गणेस्थान गाउँ विकास समितिको प्रथम गाउँ अघिवेशनलाई आज यहाँ सम्बोधन गर्दै नेता सापकोटाले पहिचानसहितको सङ्घीयता, सङ्घीयतासहितको संविधान र संविधानसभाबाटै संविधानलगायतका बुँदामा कांग्रेसले सहमति जनाए उसको नेतृत्वमा सरकार गठन हुने बताए।  Continue reading “प्याकेजमा सहमति भए कांग्रेसको नेतृत्वमा सरकार : सापकोटा”

मन्त्री त्रिपाठीद्वारा तीनटा पुलको शिलान्यास

परासी- नवलपरासीका विभिन्न तीन खोलामा निर्माण हुने पुलको भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले शिलान्यास गरेका छन्। मन्त्री त्रिपाठीले पक्लिहवा गुठीप्रसौनी जोड्ने टुटहवा खोलामा रु दुई करोड ८२ लाखको लगानीमा ३१ मिटर लम्बाइ र ६ मिटर चौडाइ भएको पुलको शिलान्यास गरेका हुन्।  Continue reading “मन्त्री त्रिपाठीद्वारा तीनटा पुलको शिलान्यास”

कञ्चनपुरका उन्नाइसवटै गाविस कम्प्युटर प्रणालीमा

कञ्चनपुर- कञ्चनपुर जिल्लाका १९ वटै गाविस कम्प्युटरकृत गरिएका छन्। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा मानव विकास तथा सामाजिक सुरक्षा नमुना परियोजनाअन्तर्गत सञ्चालन भइरहेको कार्यक्रमअन्तर्गत यहाँका १९ वटै गाविसलाई कम्प्युटर प्रणालीमा लगिएको हो।  Continue reading “कञ्चनपुरका उन्नाइसवटै गाविस कम्प्युटर प्रणालीमा”

प्रधानमन्त्री भट्टराईद्वारा नेता तामाङप्रति श्रद्धाञ्जलि

काठमाडौं- नेपाली कांग्रेसका नेता भीमबहादुर तमाङको पार्थिव शरीरमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले श्रद्धाञ्जलि दिए। नेता तमाङको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको थियो। नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको उहाँको पार्थिव शरीरमा प्रधानमन्त्रीले फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन्।  Continue reading “प्रधानमन्त्री भट्टराईद्वारा नेता तामाङप्रति श्रद्धाञ्जलि”