कांग्रेसद्वारा दुःख व्यक्त, तीन दिनसम्म शोकसभा गर्ने

काठमाडौं- नेपाली कांग्रेसको आज बसेको आकस्मिक बैठकले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य भीमबहादुर तमाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। जीवनभर जनताको सेवालाई केन्द्रविन्दु बनाउँदै आउनुभएका आदर्श, निष्ठावान नेता तामाङको निधनले प्रजातान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको कांग्रेसद्वारा जारी शोक विज्ञप्तिमा जनाइएको छ। Continue reading “कांग्रेसद्वारा दुःख व्यक्त, तीन दिनसम्म शोकसभा गर्ने”

राजधानीमा सामा चकेवा (फोटो फिचर)

मदन चौधरी, काठमाडौं- थारु महिला सभा र थारु महिला समाजले संयुक्तरुपमा र्‍याली निकालेर सामा चकेवा पर्व मनाएका छन्। राजधानीको तिनकुनेबाट सुरु र्‍याली जडिबुटीस्थित मनोहरा खोलामा गएर टुंगिएको थियो। एक सय पचास जना सहभागी महिलाले डालामा सामा चकेवा बोकी नदीमा लगेर सेलाएका थिए। सामा चकेवा दिदीभाइबीचको प्रेमलाई प्रगाढ बनाउने पर्वको रुपमा लिइन्छ। Continue reading “राजधानीमा सामा चकेवा (फोटो फिचर)”

कांग्रेसका वरिष्ठ नेता तामाङ रहेनन्

काठमाडौं- नेपाली राजनीतिका आर्दश नेता भीमबहादुर तामाङको आज बिहान निधन भएको छ। सदाझैँ बिहान घुमेर फर्कनुभएका तामाङको कोठामा आउनासाथ अचानक स्वास्थ्यमा समस्या देखिएको थियो। एक्कासी स्वासप्रश्वास बढेपछि तामाङलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारको क्रममा उहाको निधन भएको हो। Continue reading “कांग्रेसका वरिष्ठ नेता तामाङ रहेनन्”

छठ पर्व

डुमरवना-९, बेहरी बारामा मनाइएको छठ पर्वको फोटो फिचर हेर्नुस्।

गरिखान खोज्दा मरिजानेहरू

डी. विनोद- सर्लाहीका आत्मराम रायको गएको जेठ २० गते संयुक्त अरब इमिरेट्स (युएई) मा मृत्यु भयो। वैदेशिक रोजगारीमा युएई पुगेका उनको मृत्युको कारण बुझ्न नपाई उनको शव नेपाल आइपुग्यो। दुई महिनापछिमात्र उनको शव आफन्तले पाएका थिए। उनका आफन्त विष्णु दयाल रामयादवले उनको मृत्युपछि विभागले दिने क्षतिपूर्ति उठाएका थिए। यादव भन्छन्, ‘मृत्युको यकिन कारण पत्ता लगाउन सकिएको छैन। उनको अकालमै ज्यान गयो।’ Continue reading “गरिखान खोज्दा मरिजानेहरू”

फेसबुक : जति साथी, उति तनाव

फेसबुकमा तपाइंका मित्र कति छन्? फेसबुकको सञ्जालमा धेरै साथी हुनुलाई सामाजिक सञ्जालमा गतिलै उपस्थिति भन्ने लाग्छ भने गलत हुनसक्छ। फेसबुकमा धेरै साथी हुनु भनेको लोकप्रिय हुनुमात्र होइन, यो तनावको भारिसमेत् हो। बेलायतमा भर्खरै गरिएको एक अनुसन्धानले फेसबुकको सञ्जालमा धेरै साथीहरू हुनेहरू अरूभन्दा बढी तनावमा रहने गरेको देखाएको छ। Continue reading “फेसबुक : जति साथी, उति तनाव”

जङ्गली हात्तीको कुल्चाइबाट दुईको मृत्यु

कलैया- बारा जिल्ला सपही गाउँ विकास समितिमा जङ्गली हात्तीको कुल्चाइबाट दुई जनाको मृत्यु भएको छ। बारा जिल्ला सपही गाउँमा बिहीबार राति करिब ९ :३० बजे जङ्गली हात्तीको बथानले स्थानीय जनताको घर भत्काउन लाग्दा ज्यान जोगाउन घरबाट निस्केका सपही–८ बस्ने वर्ष २७ को सुदर्शन चौधरी र गाविस– ७ बस्ने ७० वर्षीय सुरज चौधरीको मृत्यु भएको प्रहरीबाट थाहा भएको छ। Continue reading “जङ्गली हात्तीको कुल्चाइबाट दुईको मृत्यु”

मनिषाको पाठेघरमा क्यान्सर

अभिनेत्री मनिषा कोइरालाको पाठेघर क्यान्सरको बुधबार मुम्बईमा शल्यक्रिया गरिएको छ। दुई दिनअघि मुम्बईस्थित जसलोक अस्पताल भर्ना गरिएकी उनको पाठेघर शल्यक्रिया गरिएको पारिवारिक स्रोतले पुष्टि गरेको छ। तल्लो पेटमा अचानक समस्या आएपछि मनिषालाई आइतबार राजधानीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। नर्भिकले थप उपचारका लागि दिल्ली रेफर गरेपछि मंगलबार दिउँसो उनलाई जसलोक भर्ना गरिएको थियो। Continue reading “मनिषाको पाठेघरमा क्यान्सर”

फिफा वर्ष खेलाडी को बन्ला ?

(एजेन्सी)- लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र आन्द्रेज इनिस्टा बिहीबार फिफा विश्व वर्ष खेलाडीको अन्तिम मनोनयनमा परेका छन्। बार्सिलोनाका २५ वर्षे अर्जेन्टिनी फरवार्ड मेसीले यसअघि लगातार तीनपटक यो उपाधि जितिसकेका छन्। यसपालि जनवरी ७ मा जुरिचमा हुने अवार्ड कार्यक्रममा पनि उनैलाई वर्ष खेलाडीको मुख्य दाबेदारमा लिइएको छ। राष्ट्रिय टोलीका प्रशिक्षक तथा कप्तान र पत्रकारको मतका आधारमा विजेताको टुंगो लगाइने प्रावधान छ। Continue reading “फिफा वर्ष खेलाडी को बन्ला ?”