काठमाडौं- राष्ट्रिय सहमति सरकार गठनको विषयमा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता भएको छ। अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटमा काँग्रेस सभापति कोइरालाले राष्ट्रिय सहमतिको सरकार गठनमा सहयोग गर्न एमाओवादीलाई आग्रह गरेका थिए। Continue reading “अध्यक्ष दाहाल र सभापति कोइरालाबीच भेटवार्ता”
Author: admin
यसवर्ष बाँके र बर्दियामा धान उत्पादन घट्यो
निरज गौतम, नेपालगन्ज- मध्यपश्चिमाञ्चल विकास क्षेत्रको अन्नभण्डार मानिने बाँके र बर्दिया जिल्लामा यसवर्ष धान उत्पादनमा कमी आएको छ। ती जिल्लाका कृषि विकास कार्यालयका अनुसार, समयभित्र अनुकूल वर्षा नभएका कारण कम क्षेत्रफलमा खेती भएका कारण उत्पादनमा कमी आएको हो। तथ्याङ्कअनुसार गत वर्ष ५२ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको बर्दिया जिल्लामा यसवर्ष समयमा पर्याप्त वर्षा नभएका कारण ४५ हजार २०० हेक्टर क्षेत्रफलमा मात्र धानखेती गर्न सकिएको हो। Continue reading “यसवर्ष बाँके र बर्दियामा धान उत्पादन घट्यो”
दाहालद्वारा प्रधानमन्त्री र उपप्रधानमन्त्रीसँग छुट्टाछुट्टै छलफल
काठमाडौं- वर्तमान राजनीतिक गतिरोध अन्त्यका विषयमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् गृहमन्त्री विजयकुमार गच्छदारसँग छुट्टाछुट्टै छलफल गरेका छन्। अध्यक्ष दाहाल निवास लाजिम्पाटमा आज भएको छलफलमा राजनीतिक गतिरोधको अन्त्य, सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा र सरकार सम्बद्ध दलहरूले अख्तियार गर्नुपर्ने रणनीतिका विषयमा कुराकानी भएको थियो। Continue reading “दाहालद्वारा प्रधानमन्त्री र उपप्रधानमन्त्रीसँग छुट्टाछुट्टै छलफल”
विवाह पञ्चमीमा अयोध्याबाट विशेष जन्ती आउने
जनकपुरधाम- यही पुस २ गते हुने सीता–राम विवाह महोत्सव (विवाह पञ्चमी) मा यसपटक भारतको अयोध्याबाट भगवान् रामको विशेष जन्ती आउने भएको छ। सीता–राम विवाह महोत्सव मूल समारोह समितिका अध्यक्ष एवम् जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसपटक अयोध्याबाट विशिष्ट साधुसन्त र महन्त भगवान् रामको जन्तीमा आउने छन्। Continue reading “विवाह पञ्चमीमा अयोध्याबाट विशेष जन्ती आउने”
जनगणनामा तेस्रो तथा समलिङ्गीको सङ्ख्या उल्लेख नभएकोप्रति आपत्ति
ललितपुर- राष्ट्रिय जनगणनाको अन्तिम तथ्याङ्कमा समलिङ्गी तथा तेस्रोलिङ्गीको सङ्ख्या उल्लेख नभएकोमा नीलहिरा समाजले आपत्ति जनाएको छ। समाजका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले आज विज्ञप्ति प्रकाशन गरी जनगणनामा समलिङ्गी तेस्रोलिङ्गीको सङ्ख्या उल्लेख नहुनु दुःखद भएको उल्लेख गरे। Continue reading “जनगणनामा तेस्रो तथा समलिङ्गीको सङ्ख्या उल्लेख नभएकोप्रति आपत्ति”
श्रीमतीको हत्या गरी फरार
काठमाडौं- बाराको बसतपुर गाविस–८ को महमद मियाँको घरमा बस्दै आएका भारत विहारका सराजुल मेसुरी गएराति आफ्नै श्रीमती सुमुनेसा मेसुरीको हत्या गरी फरार भएका छन्। उनीहरू दुवैजना केही दिनदेखि काका नाता पर्ने महमद मियाँको घरमा बस्दै आएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ। Continue reading “श्रीमतीको हत्या गरी फरार”
बाबुराम सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने एमाओवादी निर्णय
काठमाडौं- एकीकृत नेकपा (माओवादी)ले वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आज बसेको पार्टी पदाधिकारी तथा व्यूरो इन्चार्जहरूको बैठकले वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेमा भने सत्ता गठबन्धनभित्रैका जुनसुकै व्यक्तिलाई पनि अगाडि सार्न सकिने निष्कर्ष निकालेको छ। Continue reading “बाबुराम सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने एमाओवादी निर्णय”
सामा चकेवा (फोटो फिचर)
‘सामा–चकेवा’ पर्व मुख्यतया चेलीबेटी र माइति पक्षका बीच रहेको अटूट श्रद्धा एवं प्रेमको प्रतीक हो। आज पनि नेपालको खासगरी पूर्वी तराइको गाउँगाउँमा महिलाहरू यस लोकपर्वमा सहभागी हुने गर्छन्। कलामर्मज्ञहरूद्वारा यसको कथासूत्रको रोचकता, आकर्षक दृश्यात्मकता, गीत–सङ्गीत–नृत्य र यसको पारम्परिक स्वरूपलाई अवलोकन गरी यसको अभिनय पक्षलाई पारम्परिक ‘लोकनृत्य’का रूपमा व्याख्या गरेको पाइन्छ। Continue reading “सामा चकेवा (फोटो फिचर)”

