शीतलनिवास र बालुवाटारबीच कुनै तिक्तता छैन : प्रधानमन्त्री

बागलुङ- प्रधानमन्त्री बाबुराम भट्टराईले बाहिर प्रचारमा आएजस्तो शीतलनिवास र बालुवाटारबीच कुनै तिक्तता र असमझदारी नरहेको बताएका छन्। धौलागिरि अञ्चल अस्पतालको उद्‍घाटन कार्यक्रममा प्रतिपक्ष दलहरूलाई लक्षित गर्दै प्रधानमन्त्री भट्टराईले भने, ‘राष्ट्रपतिलाई कार्यकारी अधिकार प्रयोग गर्न कसैले उक्साउँदा समस्या उत्पन्न भएको हो।’ Continue reading “शीतलनिवास र बालुवाटारबीच कुनै तिक्तता छैन : प्रधानमन्त्री”

एमालेले नेपाल नेतृत्वको वार्ता टोली क्रियाशील बनाउने

काठमाडौं- नेकपा (एमाले)को पोलिटब्युरो बैठकले सहमतीय सरकारका लागि पहलकदमी लिनका लागि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित वार्ता समितिलाई क्रियाशील बनाउने निर्णय गरेको छ। पार्टी मुख्यालय बल्खुमा दुई दिनसम्म चलेको बैठकले राष्ट्रपतिको आह्वानअनुरूप राजनीतिक सहमतिको सरकार गठन गर्न सक्रिय पहलकदमी लिने र त्यसका लागि नेता नेपाललाई जिम्मा दिने निर्णय गरिएको सचिव विष्णु पौडेलले जानकारी दिए।  Continue reading “एमालेले नेपाल नेतृत्वको वार्ता टोली क्रियाशील बनाउने”

कोइरालालाई सहमतीय प्रधानमन्त्री बनाउने प्रयास : नेता उपाध्याय

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले सभापति सुशील कोइरालालाई सहमतीय सरकारको नेतृत्व दिन विवाद नरहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कार कार्यक्रममा नेता उपाध्यायले सबै दलहरूको सहमतिमा सभापति कोइरालालाई सरकारको नेतृत्व लिनका लागि वरिष्ठ नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई प्रस्तावक र समर्थकका रूपमा समर्थन जुटाउने प्रयास भइरहेको जानकारी दिए।  Continue reading “कोइरालालाई सहमतीय प्रधानमन्त्री बनाउने प्रयास : नेता उपाध्याय”

थारु पत्रकार संघ दाङको बैठक सम्पन्न

दाङ- थारु पत्रकार संघ दाङको बैठक आज उरहरी ९ सुकौराकोतको ऐतिहासिक थारु दङगीशरण दरबारको स्थलमा सम्पन्न भएको छ। थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितको अध्यक्षता भएको बैठकले यहि आउँदो मंसिर १६ गते शनिवारका दिन ऐतिहासिक दङगिशरण दरबारमा बृहत अन्तक्रिया कार्यक्रम गर्ने भएको छ। Continue reading “थारु पत्रकार संघ दाङको बैठक सम्पन्न”

हराउँदै ‘महटावा’हरु

सन्तोष दहित, हेकुली- मलामीदेखि लिएर गाँउको विकास सम्मको अगुवाई गर्दै आएको थारु समुदायको महटवा प्रथा अहिले हराउँदै जान थालेको छ। केही वर्षअगाडि मात्र थारु गाँउमा गाँउको विकासको लागि महटवाले योजना बनाउँदै आएका थिए। यसैगरी गाँउघरमा कसैको घरमा मान्छे मरेको छ भने त्यो लासलाई जलाउने कि गाडने अर्थात् कुन ठाँउमा लाने सबै महटवाले भनेबमोजिम हुने गरेको थियो। Continue reading “हराउँदै ‘महटावा’हरु”

मिस राजवंशीका २२ प्रतिष्पर्धी बन्द प्रशिक्षणमा

अर्जुन राजवंशी, मोरङ- मिस राजवंशी २०१२ को फाइनल राउण्डमा यसपटक पनि २२ जना युवतीहरु उत्रने भएका छन्। झापा र मोरङका यी २२ जना राजवंशी युवतीको बन्द प्रशिक्षण मंगलबारबाट सुरु भएको छ। मंसिर २ गते झापाको विर्तामोड र ९ गते मोरङको विराटनगर अडिसनबाट छनौट भएका उनीहरुलाई विराटनगरको औषधी व्यवसायी संघको हलमा ११ दिने बन्द प्रशिक्षणमा राखिएको छ। Continue reading “मिस राजवंशीका २२ प्रतिष्पर्धी बन्द प्रशिक्षणमा”

एनआरटी र आरसिटी विजयी

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा न्युरोड टिम (एनआरटी) र रानीपोखरी कर्नर टिम (आरसिटी) विजयी भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा एनआरटीले त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गर्‍यो भने आरसिटीले फ्रेन्डस क्लबलाई २–१ गोलले हरायो।  Continue reading “एनआरटी र आरसिटी विजयी”

भोलिदेखि थप दस घन्टा लोडसेडिङ

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि लागू हुने गरी विद्युत् भार कटौती थप गरी हप्ताको १० घण्टाले बढाएको छ। यसअघि असोज २९ गतेदेखि हप्तामा ४६ घण्टा विद्युत् भार कटौती हुँदै आएकोमा भोलिदेखि हप्तामा ५६ घण्टा विद्युत् भार कटौती गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार परिवर्तित तालिकाअनुसार अब हप्तामा पाँच दिन आठ घण्टा, एक दिन नौ घण्टा र एक दिन सात घण्टा विद्युत् भार कटौती हुनेछ। Continue reading “भोलिदेखि थप दस घन्टा लोडसेडिङ”