सिरहा- सिरहामा यौनकर्मी महिलाको सङ्ख्या बढ्दै गएको छ। आर्थिक अवस्था कमजोर भएका महिलाले यसलाई पेसाका रुपमा अपनाएको देखिएको छ। इन्द्रे नी सेवा समाज गोलबजारले गरेको अध्ययनअनुसार सिरहामा २०८ जना महिला यौनकर्मी सक्रिय यौन पेसामा लागेका छन्। समाजले आज लहानमा पत्रकार सम्मेलन गरी यौनकर्मी महिलाको तथ्याङ्क सार्वजनिक गरेको हो। Continue reading “सिरहामा यौनकर्मी महिलाको सङ्ख्या बढ्दै”
Author: admin
सचिवालयद्वारा पूर्वलडाकु गाउँको अनुगमन
रत्ननगर- सेना समायोजन विशेष समितिअन्तर्गत सचिवालयको टोलीद्वारा पूर्वलडाकुहरु बसेको चितवनको पदमपुरस्थित २०० बिघा क्षेत्रमा आज अनुगमन गरेको छ। पूर्वलडाकुहरु अहिले कसरी बसेका छन्, विगतमा अवकाशवापत् दिएको रकम केमा प्रयोग गरेका छन् र अब भावी योजना के छ भन्ने बारेमा उनीहरुको घरमै पुगेर जानकारी लिएको सचिवालयले जनाएको छ। Continue reading “सचिवालयद्वारा पूर्वलडाकु गाउँको अनुगमन”
वर्तमान सत्ता गठबन्धनले मुलुकलाई अनिष्टतिर धकेल्यो : गौतम
सुन्दरीजल- पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाओवादी र मधेसी मोर्चाको वर्तमान गठबन्धनले देशलाई अनिष्टतर्फ धकेलिरहेको बताएका छन्। दिपावली, नेपाल सम्वत्, छठ र ईदको उपलक्ष्यमा नेकपा एमाले काठमाडौं ३ नं क्षेत्रीय कमिटीद्वारा आज जोरपाटीमा अयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। Continue reading “वर्तमान सत्ता गठबन्धनले मुलुकलाई अनिष्टतिर धकेल्यो : गौतम”
रोजगारी नभए बेरोजगारी भत्ता
काठमाडौं, कात्तिक २४- राज्यले युवाहरुलाई रोजगारी दिनुपर्नेर नभए बेरोजगारी भत्ताको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले माग गरेका छन्। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र ट्रेड युनियनहरुद्वारा आज यहाँ आयोजित ‘ट्रडे युनियन, युवा र आइएलओ मापदण्ड’ विषयक गोष्ठीमा सरोकारवाला युवाहरुले सरकारले युवाहरुलाई क्षमताअनुसारको रोजगारी दिन नसकेकाले नेपालका शिक्षित युवाहरु विदेश पलायन हुन परेको गुनासो गरेका छन्। Continue reading “रोजगारी नभए बेरोजगारी भत्ता”
राष्ट्रसङ्घीय परिषद् इकोसोकमा नेपाल निर्वाचित
काठमाडौं- नेपाल संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद् (इकोसोक)को सदस्यमा निर्वाचित भएको छ। राष्ट्रसङ्घको ६७ औं महासभाले नेपालसमेत १८ देशलाई उक्त परिषद्को चयन गरेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ। तीन वर्षका लागि परिषद् सदस्यमा निर्वाचित नेपालले आगामी पुस १७ गतेदेखि कार्यभार सम्हाल्ने छ। Continue reading “राष्ट्रसङ्घीय परिषद् इकोसोकमा नेपाल निर्वाचित”
एगो प्यारके फूल फुलाए के !
आवा जान तु बाह मेँ
आँख से आँख मिलाएके।
दिल मे लागल आगी के
जल्दी से भुताए के।।
मन तोहर निर्मल सागर बा
आँख दुनु गहिरी लदिया।
ओठ त लागे कमल के फूल
हम नाव त तु खेबैया।।
चल आवा जान तु बाह मेँ
ओठ से ओठ मिलाए के।
दिल मेँ लागल पियास के
जल्दी से मिटाएके।।
कौनो भूल भेल बाटे त
ओकरा तु बिसरा जइह।
लागल बा प्यार के नीँन
ओह्रनी तुँ ओह्रा दिहा।।
दिल बा हमर बेचैन बहुत
प्यार के गीत सुने सुनाए के।
उर्बर दिल के मिलन कराए के
एगो प्यार के फूल फलाए के।।
-रबि चौधरी
सन्तपुर-२ रौतहट
‘थरुहट के आवाज’ नामक किताबसे साभार
[नोट : थारु भाषाको कथा/कविता/साहित्य लेख्नुहुन्छ भने हामीलाई [email protected] मा पठाउनुहोस्।]
पोर्न स्टार लियोन भारतीय पहिरनमा
एजेन्सी- जिस्म-२ बाट बलिउडमा करियर सुरु गरेकी पोर्न स्टार सनी लियोन भारतीय पहिरनमा र्याम्पमा उत्रिएकी छिन्। लियोनसँगै अर्की अभिनेत्री सुस्मिता सेन पनि फेसन सोको र्याम्पमा उत्रिइन्। भारतको मुम्बईमा आयोजित फेसन सोमा रोहित वर्माको डिजाइन प्रस्तुत गरिएको थियो। Continue reading “पोर्न स्टार लियोन भारतीय पहिरनमा”
कांग्रेसको आमसभा (फोटो फिचर र भिडियो)
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले आज शक्ति प्रदर्शन गर्यो। वैशाखमा निर्वाचन गर्न र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दबाब दिन भन्दै कङ्ग्रेसले जन प्रदर्शनका साथ बसन्तपुरमा आमसभा गरेको हो। रत्नपार्कको शान्तिबाटीका भेला भई गणेशमानको शालिकमा माल्यार्पणपछि बागबजार, पुतलीसडक, प्रर्दशनीमार्ग, सुन्धारा, न्यूरोड हुँदै बसन्तपुरमा जुलुस पुग्दा काठमाडौँका मुख्य स्थानमा ट्राफिक जामले चर्को रुप लिएको थियो। Continue reading “कांग्रेसको आमसभा (फोटो फिचर र भिडियो)”
राष्ट्रपतिबाट सहमति कायम गर्न अध्यक्ष दाहाललाई सुझाव
काठमाडौं- राष्ट्रपति रामवरण यादवले एक दुई दिनभित्रै बजेटको विषयमा सहमति कायम गर्न एनेकपा (माओवादी) का अधयक्ष पुष्पकमल दाहाललाई सुझाव दिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज बिहान करिब एक घन्टा भएको भेटवार्तामा उनीहरूबीच बजेट, नयाँ निर्वाचनलगायत विषयमा छलफल भएको थियो। सो अवसरमा राष्ट्रपति यादवले दलहरूबीच लामो समयसम्म सहमति कायम हुन नसकेकामा चिन्ता व्यक्त गरे। Continue reading “राष्ट्रपतिबाट सहमति कायम गर्न अध्यक्ष दाहाललाई सुझाव”
काठमाडौं विश्वविद्यालयका उपकुलपतिद्वारा राजीनामा
बनेपा- काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा सुरेशराज शर्माले राजीनामा दिएका छन्। विश्वविद्यालयको ६१औँ सिनेट बैठकमा आज उनले आफू लामो समयदेखि विश्वविद्यालयमा रहेको कारण देखाउँदै राजीनामा दिएका हुन्। Continue reading “काठमाडौं विश्वविद्यालयका उपकुलपतिद्वारा राजीनामा”